आर्मीका सोमबहादुर र एफिएफकी रमिताको राष्ट्रिय कीर्तिमान

पोखरा । नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्स ४ सय मिटर दौडमा नयाँ कीर्तिमान कायम भएको छ । पोखरा रंगशालामा मंगलबार पुरुषतर्फ नेपाल आर्मीका सोमबहादुर कुमालले ४७.९५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै राष्ट्रिय कीर्तिमान कायम गरेका हुन् । सन् १९९० मा चीनको बेइजिङमा आशाराम चौधरीको ४८.३२ सेकेण्डको रेकर्ड उनले तोडेका हुन् ।

एपिएफका आशीष चौधरीले ४९.४० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रजत पदक जिते भने आर्मीर्क प्रकाश दनुवारले ४९.९० सेकेन्डमा दुरी पूरा गरीमा कास्यमा सीमित भए ।

महिलातर्फ एपिएफकी रमिताकुमारी थारैले ५८.१० सेकेन्डमा ४ सय मिटर दुरी पूरा गर्दै कीर्तिमान कायम गरिन् । उनले २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको रेकर्ड तोडेकी हुन् । त्यसबेला तुलसाले ५९.५७ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी थिइन् ।

आर्मीकी निर्मला थापाले रजत र एपिएफकी कल्पना श्रेष्ठले कास्य जित्न सफल भए । थापाले १ मिनेट ०.१४ सेकेन्ड र श्रेष्ठले १ मिनेट ०.७० सेकेन्डमा दुरी पूरा गर्दै पदक जितेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९