आईटममा आयो लाखेको ऐया बाबा

काठमाडौं । नयाँ चलचित्र ‘लाखे’ १८ कात्तिकबाट देशव्यापी रिलिज हुने भएको छ । यो चलचित्रको गीत ‘ऐया बाबा तिम्रो पिरेम..’को भिडियो काठमाडौंमा एक समारोहबीच सार्वजनीक गरिएको छ । गीतको भिडियो आईटम शैलीमा उतारिएको छ ।

यो गतिमा सदीक्षा कट्टेल र हर्कुलस बस्नेतको स्वर रहेको छ । गीतमा शब्द,संगीत हर्कुलसको हो । गीतको भिडियोको कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् । चलचित्रको कथा अनुसार आफुले यसलाई आईटम डान्सको रुपमा रुपमा प्रस्तुत गरेको कविराजको कथन छ ।

यो चलचित्रमा सौगात मल्ल,अनुप बिक्रम शाही,अर्पण थापा,आर्यन अधिकारी,वर्षा राउत,रोहित रुम्वा,संजोग राणा,सुशील सिटौला,प्रशान्त ताम्राकार,रक्षा बुढाथोकी,कालु राना,सुगन तण्डुकार र बाल कलाकार सिस्टम भण्डारी मुख्य भूमिकामा रहेको छ । यो गीतको भिडियो रिलिज कार्यक्रममा सौगात मल्ल, अनुपबिक्रम शाही, आर्यन अधिकारी,सुशील सिटौला, रक्षा बुढाथोकीलगायतले चलचित्रमा आफ्नो भूमिका’bout प्रकाश पारे । लाखेको यो गीत पनि सबैलाई मन पर्ने उनीहरुको कथन छ ।

चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गरेका हुन् । आफ्नो फिल्म एक्सन र थ्रिलर जनराको रहेको निर्देशक बस्नेतले बताए । सिजन अर्यालको कथा रहेको फिल्म सुजन प्रजापतिले खिचेका हुन् । फिल्मको द्धन्द्ध पनि निर्देशक सम्राटले नै निर्देशन गरेका छन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्मका गीतमा दीपक बज्राचार्य र हर्कुलस बस्नेतको संगीत छ ।

यो चलचित्रलाई डिपी भण्डारी, हरि मल्ल ठकुरी र गणेश मल्ल ठकुरी (जिएम) ले निर्माण गरेका हुन् । औरियन प्रोडक्सनले ग्लोवल मिडिया एण्ड रिसर्च सेन्टरसँगको सहकार्यमा निर्माण गरेको फिल्मको पटकथा आकाश बरालले हुन भने सम्वादमा उनलाई अनुप न्यौपाने सघाएका छन् । फिल्मलाई आरआर फिल्मस्ले बितरण गर्दैछ ।

तपाइको प्रतिक्रिया
(Visited 47 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रत्यक्षतर्फ प्रदेशसभा: ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९