अर्घाखाँचीमा एकमात्र महिला उम्मेदवार

अर्घाखाँची । आगामी मंसिर ४ गते हुने संघ र प्रदेशको निर्वाचनको लागि अर्घाखाँचीमा एक जना मात्र महिलको उम्मेदवारी परेको छ । अर्घाखाँचीमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा सदस्य पदका लागि २५ जनाले उम्मेदवार दिएका छन ।

प्रतिनिधि सभा सदस्यका लागि गठबन्धनको तर्फबाट नेपाली कांग्रेस नेतृ पुष्पा भुसाल गौतमको एकमात्र महिलाको उम्मेदवारी परेको हो । जिल्लामा प्रतिनिधि सभा सदस्यका लागि ११, प्रदेश सभा (क) का लागि ७ र प्रदेश सभा (ख) का लागि ७ जना उम्मेदवार रहेको मुख्य निर्वाचन अधिकृत डाक्टर श्रीकृष्ण भट्टराईले जानकारी दिए ।

२०६४ सालको संविधान सभाको निर्वाचनमा क्षेत्र नम्बर २ बाट जितेकि भुसालले यसपालि संघको निर्वाचनमा एकमात्र निर्वाचन क्षेत्र भएपछि पहिलो पटक प्रत्यक्ष चुनावमा प्रतिस्पर्धामा छिन् । भुसाल २०७४ सालको निर्वाचनमा समानुपातिक सासंद बनेकी र पुर्व उपसभामुख समेत हुन् ।

हाल केन्द्रिय सदस्य समेत रहेकी छन ।२ ०२८ सालबाट राजतितिमा सक्रिय उनी १७ वर्ष त्रिभुवन विश्वविद्यालयमा प्राध्यापनसमेत गरेकी थिइन् । राजनीतिशास्त्रमा स्नातकोत्तर गरिकी छिन् ।

मुख्तय अर्घाखाँचीमा संघको निर्वाचनमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेस नेतृ पुष्पा भुसाल गौतम र एमाले सचिव तथा पुर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिच प्रतिस्पर्धा हुने भएको छ । तीन पटकसम्म प्रतिनिधि सभामा निर्वाचित नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी नेकपा माओवादी केन्द्रबाट २०६४÷७० र २०७४ सालको निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय जनमोर्चा गठबन्धनबाट निर्वाचित भएका थिए । पहिलो पटक भुसाल र रायमाझी एउटै निर्वाचन क्षेत्रबाट चुनाव लड्दै छन् । स्थानीय निर्वाचनको तुलनाको आधारमा गठबन्धन करिव ५ हजार पाँच सय मतले अगाडी भएपनि चुनाव निकै प्रतिस्पर्धा हुने देखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 326 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
निर्वाचन आज र भोलि मतदाता परिचयपत्र वितरण गर्ने