हिजो आजका कुरा हलमा आएपछि गीत रिलिज

काठमाडौं । शुक्रबारदेखि देशव्यापी सिनेमा हलमा आएको चलचित्र ‘हिजो आजका कुरा’लाई दर्शकले राम्रो साथ दिएको यसका निर्माता तथा कलाकार सन्तोष पन्तले बताएका छन् ।

मंगलबार यो चलचित्रको नयाँ गीत ‘तिमी पहिले…’को भिडियो रिलिज गर्दै आफ्नो सिरियलको स्वालाई चलचित्रमा ल्याउँदा दर्शकलाई हिजो आजको कुरा मन परेको उनले जिकिर गरे ।

मंगलबार रिलिज गरेको यो गीतको भिडियोमा अभिनेत्री ऋचा शर्मा र अभिनेता दिब्यदेवको अभिनय छ । जसमा उनीहरुको प्रेम भावलाई प्रस्तुत गरिएको छ । यो गीतले चलचित्रको कथा भन्ने भएकाले रिलिज अघि गीतको भिडियो सोही कारण सार्वजनिक नगरिएको यसका निर्देशक साकार पन्तले बताएका छन् ।

प्रेमील भावको गीतमा हर्कुलस बस्नेत र सन्ध्या जोशीको स्वर छ । जसमा हर्कुलसकै शब्द,संगीत रहेको छ । यो गीत सोलुखुम्बुको हिमाली भेगमा खिचिएको हो । रबि सायमिले खिचेको गीतको कलर र सम्पादन बिनय कंसाकारले गरेका हुन् ।

पन्त फिल्म प्रोडक्सनको ब्यानरमा निर्मित फिल्मको कथा बरिष्ट अभिनेता पन्तकै हो भने पटकथा सन्दिप किस्नाको छ । रवि सायमीले खिचेको फिल्मको कार्यकारी निर्माता प्रतिभा पन्त,सह–निर्माता बैकुष्ठप्रसाद उपाध्याय (अशोक) र सचितकुमार मिश्र छन् ।

नेपाली युवाको बिदेश मोह, सन्तान बिदेशीनाले बृद्धबृद्धाले भोग्नु परेको एक्लोपन,बैबाहीक जीवनका असमझादारी,पुनर्विबाहलगायतका थुप्रै ब्याबहारिक बिषयहरुलाई प्रस्तुत गरिएको फिल्मले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ ।

यो चलचित्रमा सन्तोष पन्त, साकार पन्त, रमा थपलिया, केकी अधिकारी,ऋचा शर्मा,दिब्यदेव,रिमा बिश्वकर्मा,स्व.जयनन्द लामा,लक्ष्मी भुसाल,जेविका कार्की, रमेश अधिकारी, मञ्जु श्रेष्ठ,बिनय कुँइकेल,अनुष्का अधिकारी,निराजनप्रसाद अर्याल,सबिन शाक्य,कमला रेग्मी, रिहान केसीलगायतले अभिनय गरेका छन ।

तपाइको प्रतिक्रिया
(Visited 217 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

१८ महिनापछि प्रतिनिधि सभाबाट भन्सार विधेयक पारित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा नेमकिपाको ‘क्लिन स्विप’