रहेनन संगीतकार सपनसेन गुप्ता

मुम्बई । भारतका एक समयका चर्चित संगीतकार सपन सेन गुप्ताको शनिबार निधन भएको छ । उनले मुम्बईको पवईस्थित आफ्नो निवासमा अन्तिम सास लिए । ९० वर्षको उमेरमा उनको निधन भएको हो ।

सपन–जगमोहन सन् १९६० र ७० को दशकका चर्चित संगीतकार जोडी थिए । उनले केही मनमोहक गीतहरू दर्शकलाई दिएका छन् । पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले ट्वीटरमा शोक व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘बङ्गालका मेरा संगीतकार सपन सेनगुप्ताको निधनले म गहिरो दुःखमा छु । उहाँले अतुलनीय विरासत छोड्नुभएको छ र धेरैको हृदयमा जीवित रहनेछ । म उहाँको आत्माले शान्तिको कामना गर्दछु र उहाँका परिवार, साथीहरू र अनुयायीहरूप्रति हार्दिक समवेदना प्रकट गर्दछु ।’

उल्लेखनीय कुरा के छ भने, सपन–जगमोहन जोडीले ५० भन्दा बढी हिन्दी फिल्म, २० वटा पञ्जाबी फिल्म, सात वटा बंगाली फिल्म र पाँच वटा भोजपुरी फिल्ममा संगीत दिएका थिए ।

उनले धेरै टिभी सिरियलमा संगीत पनि दिएका छन् । अन्तिम समयमा सपन सेनगुप्ताले संगीतबाट सन्यास लिएका थिए । एक अन्तर्वार्तामा उनले भनेका थिए, ‘अहिले चलिरहेको काम हामी गर्न सक्दैनौँ ।’ अर्का लोकप्रिय संगीतकार एस.डी.बर्मनसँगै उनको विशेष स्नेह र सम्बन्ध थियो ।

तपाइको प्रतिक्रिया
(Visited 242 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महाराजगन्ज नगरपालिकामा उपमेयर पदका उम्मेदवारको मृत्यु