त्रिवेणी स्पिनिङ उद्योगमा प्रहरीले गोली चलायो

बारा । बाराको जीतपुर सिमरा उपमहानगरपालिका– ९ छातापिपरास्थित त्रिवेणी स्पिनिङ उद्योगमा मजदुर र प्रहरीबीच झडप हुँदा प्रहरीले गोली चलाएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले १ राउण्ड गोली र ३४ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ ।
झडपमा नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिना, प्रहरी निरीक्षक राजकिशोर साह तेलीलगायत ११ जना प्रहरी कर्मचारी घाइते भएका छन् ।

भिडलाई तितर बितर गर्न प्रहरी तर्फबाट ३४ राउण्ड अश्रु ग्यास सेल र सर्ट गनबाट १ राउण्ड फायर गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

त्रिवेणी स्पिनिङका प्रमुख कार्यकारी अधिकृत, महाप्रबन्धक, प्रशासन अधिकृतलगायत १३ जनाको उद्धार गरेको प्रहरीले जनाएको छ । झडपमा संलग्न रहेको आरोपमा ७ जना मजदुर पक्राउ परेका छन् ।

उद्योगमा दशैं तिहारको बोनस नदिएको विषयलाई लिएर कामदार कर्मचारी र व्यवस्थापन पक्षबीच विवाद बढेको थियो । बिहीबार सोही विषयमा कर्मचारी र व्यवस्थापनबीच छलफल भएको थियो ।

प्रहरीले उद्योगसंग मिलेर ज्यादती गरेको मजदुरहरुको भनाई छ । ‘प्रहरीको लाठिचार्जले हाम्रा एक दर्जन भन्दा बढि मजदुर घाईते भएको छ ।’ एक जना मजदुरले भने ।

तपाइको प्रतिक्रिया
(Visited 90 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९