बृद्धभत्ता लिएर फर्किएका दाइले भाईलाई भीरबाट धकेलेर गरे हत्या


अर्घाखाँची । अर्घाखाँचीमा बुधबार भिरबाट लडेर मृत अवस्थामा फेला परेका पुरुषको हत्या भएको खुलेको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर १ खलाधारा भीरबाट धकेलेर हत्या गर्दा साम्नेगाँउ का ७० वर्षका वीरबहादुर गमालको मृत्यु भएको थियो ।

वीरबहादुर गमाल र उनका ७४ वर्षीय दाइ हिमबहादुर गमालले बैंकबाट वृद्व भत्ता बुझेपछि हिँड्दै घर फर्केका थिए । घर फर्किदै गर्दा बेलुकी ७ बजेको समयमा बाटोमा पैसाको लेनदेको विषयमा दाई र भाई बिच विवाद हुँदा धकेला धकेल हुँदा भिरबाट लडेर भाइको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी निरीक्षक अर्जुन पौडेलले जानकारी दिए ।

हिमबहादुर गमाललाई पक्राउ गरी जिल्ला अदालत अर्घाखाँचीबाट ५ दिन म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । गमालको शव बाटोदेखि ७० मिटर तल खसेको अवस्थामा फेला परेको थिया । उनीहरुले भुमिकास्थान नगरपालिका वडा नम्बर ४ धारापानीमा रहेको शाईन रेशुङ्गा बैंकबाट बृद्ध भत्ता बुझेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 487 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

नेतृ रेखा थापाद्वारा राप्रपाको विशेष महाधिवेशन माग

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदान गर्न जाँदा मोबाइल र क्यामेरा लैजान नपाइने