तिहारका लागि के घर के डेरासँग नालापानी

काठमाडौं । तिहारलाई लक्षित गरेर शुक्रबारबाट दुई वटा नेपाली चलचित्र रिलिज हुँदैछन् । शुक्रबार चलचित्र के घर के डेरा र अर्को चलचित्र नालापानी प्रदर्शनमा आएको हो । के घर के डेरा हास्य प्रधान जनरामा रहेको छ भने नालापानी ऐतिहाँसिक युद्ध जनराको चलचित्र हो ।

चलचित्र के घर के डेरामा दयाहाङ राई, विपिन कार्की, सुरक्षा पन्त, वर्षा राउत, रविन्द्र झा, लक्ष्मी गिरी, आशान्त शर्मा, प्रभाकर न्यौपाने, सरोज अर्याल, कोशिस क्षत्री, भोलाराज सापकोटा, घनश्याम जोशी सहितका कलाकारको मुख्य भूमिका रहेको छ । शरद श्रेष्ठ, राजीव श्रेष्ठ र किरण महर्जनले निर्माण गरेको फिल्मका कार्यकारी निर्माता युवराज कार्की हुन् ।

त्यसो त चालिसको दशकमा पनि चलचित्र के घर के डेरा निर्माण भएको थियो । जसमा हरिबँश आचार्य र मदनकृष्ण श्रेष्ठको मुख्य भूमिका थियो । तर त्यो चलचित्रमा अहिलेको के घर के डेराको कथाबस्तु फरक रहेको यसका निर्देशक दीपेन्द्र के खनालको कथन छ ।

काठमाडौंमा घर हुने र डेरामा बस्नेतहरुबीचका भिन्नता र समस्यालाई यो चलचित्रमा उठान गरिएको निर्देशक खनालले बताएका छन् । डेरामा बस्नेताहरुले भोग्नु परेको सास्तीलाई अझ सिनेमामा महत्वका साथ उठाईएको पनि उनले जनाएका छन् ।

यो चलचित्र मुलुकका ६ दर्जन भन्दाबढी सिनेमा हलबाट रिलिज हुँदै गरेको पनि निर्देशक खनालको कथन छ । चलचित्रले सन्देशसँग दर्शकलाई पूर्ण मनोरञ्जन दिने पनि उनको जिकिर छ ।

यस्तै शुक्रबारबाटै रिलिज हुने अर्को नेपाली चलचित्र ‘नालापानी’ पनि नालापानीको युद्ध कथामा केन्द्रित छ । यो चलचित्र मुलुकका पाँच दर्जन भन्दा बढी सिनेमा हलबाट आउने निर्देशक अधिकारीले जिकिर गरेका छन् । आफ्नो सिनेमा राष्ट्रभक्ति धारको भएकाले सबैले हुर्नु पर्ने उनको दाबी छ ।

यो फिल्ममा सन् १८१४ मा देहरादुनस्थित नालापानी गढीमा भएको अंग्रेज–नेपाल युद्धमा नेपाली फौजका तर्फबाट कप्तानी गरेका वीर बलभद्र कुँवरले लडेको ऐतिहासिक लडाईंको कथा उल्लेख छ ।

निर्देशक अधिकारीले ९ वर्षको अध्ययन र अनुसन्धान गरेर फिल्म निर्माण गरेको बताएका छन् । आफ्नो चलचित्रले नेपाली वीरताको गाथा बोकेको पनि निर्देशक अधिकारीले दाबी गरे ।

यो चलचित्रमा अर्जुनजंग शाही, सन्तोष पन्त, देशभक्त खनाल, मनोज शाक्य, विशाल पहारी, विजय विष्फोट, पूजना प्रधान, गीता अधिकारी र विदेशी कलाकारहरू एन्ड्रोइन डंकन, रेचल मोलेस, पल विकिन्सन, सामलगायतको अभिनय छ ।

तपाइको प्रतिक्रिया
(Visited 46 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

महानगरको सुकुमुबासी बस्ती हटाउने कार्यमा भूमि आयोगले रोक लगायो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९