गठबन्धनका उम्मेदवार जिताउन शीर्षनेताको निर्देशन

पोखरा । सत्ता साझेदार पाँचदलीय गठबन्धनका शीर्षनेताले आसन्न चुनावमा कुनै पनि शंका उपशंका नराखी आफ्ना उम्मेदवारलाई जिताउनुपर्नेमा जोड दिएका छन् । एउटै दलको बहुमत नआउने हुँदा गठबन्धन गर्नुपरेको दाबी गर्दै उनीहरुले कार्यकर्तालाई गठबन्धनका उम्मेदवार जिताउने गरी चुनावी प्रचारमा लाग्न कार्यकर्तालाई निर्देशनसमेत दिए ।

मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा चुनावको सन्दर्भमा पाँचदलीय गठबन्धनले पोखरामा शुक्रबार प्रदेशस्तरीय कार्यकर्ता भेला गरेको हो ।

पोखरा सभागृहमा भएको भेलालाई सम्बोधन गर्दै कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन आजको आवश्यकता भएको जिकिर गरे । उनले भने, ‘कुनै पार्टीको बहुमत आउन सक्दैन । त्यसैले पार्टीहरू मिल्नुपरेको हो । गठबन्धनका साथीहरूलाई शंका पैदा गर्ने, मतभिन्नता ल्याउने कुनै पनि काम नगरौं ।’

उनले गठबन्धनमा सबैको जित भएको र यसलाई कायम राख्दा सबैको पालो आउने पनि बताए । ‘हाम्राबीचमा सबै पार्टीका साथीहरूले कसैले टिकट पाउनुभएन होला, कतिले पाउनुभयो होला, सबै पार्टीमा त्यस्तै छ,’ उनले भने, ‘सबैको पालो आउँछ । गठबन्धनको सरकार बन्यो भने सयौं ठाउँ हुन्छन् ।’

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गठबन्धन दलका उम्मेदवारलाई सबै दलका उम्मेदवारले राख्नु पर्ने बताए । उनले निर्वाचनमा हसियाँ हथौंडामा भोट हाल्दिनँ, रुखमा भोट हाल्दिनँ, कमलमा भोट हाल्दिनँ भनेको सुनेको बताउँदै गठबन्धनलाई भोट हाल्नु पर्ने बताए । उनले गठबन्धनलाई विश्वास नगर्ने हो भने गठबन्धनभित्रको कसैले पनि चुनाव नजित्ने उल्लेख गर्दै प्रतिगमनको खतरा परास्त गर्न पनि आफ्ना उम्मेदवारलाई भोट हाल्नु पर्ने बताए ।

संविधान र लोकतन्त्रको रक्षाका लागि गठबन्धन गरेको भन्दै प्रचण्डले यसको लाभ पनि दलहरुले पाएको बताए । ‘स्थानीय तहको निर्वाचनमा सबभन्दा बढी कांग्रेसले लाभ लिएको छ भने अरूले पनि लिएका छन् तर सोचेजस्तो भएन,’ उनले भने, ‘गठबन्धनलाई भोट हाल्दिनँ भन्दा पाप पलाउन सक्छ, पाप धुरीबाट कराउँछ ।’

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले गठबन्धनका उम्मेदवारलाई जिताउन सबै इमानदार हुनुपर्ने बताए । आगामी चुनाव पाँच दलका लागि अग्निपरीक्षा भएको उनको भनाइ थियो । पाँच दलको साझा उद्देश्य जनताको सेवा गर्ने, उत्पादन वृद्धि र स्वदेशमा रोजगारी सिर्जना गर्ने आवश्यक रहेको उनले बताए ।

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्र बचाउन कांग्रेसको नेतृत्वमा गठबन्धन बनेको बताए । उनले कांग्रेस र कम्युनिस्ट लोकतन्त्र बचाउन सँगै आएको’bout जनतालाई बुझाउन कार्यकर्तालाई अनुरोध गरे ।

नेकपा (एकीकृत समाजवादी) का गण्डकी अध्यक्ष केशवलाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा कांग्रेस गण्डकी सभापति शुक्रराज शर्मा, जनता समाजवादी पार्टीका गण्डकी अध्यक्ष आमोद, गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल लगायतले सम्बोधन गरेका थिए ।

कास्कीमा प्रतिनिधिसभा सदस्यका लागि कास्की १ मा कांग्रेस, २ मा एकीकृत समाजवादी र ३ मा माओवादी केन्द्रले बाँडेर लिएका छन् । ६ प्रदेशसभा सदस्यका लागि कास्कीका (क) क्षेत्रमा माओवादी केन्द्र र (ख) मा कांग्रेसले टिकट पाएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 173 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

सुदूरपश्चिमको सत्ताले नाउपामा रडाको, रन्जिता पक्षका दुई सांसद पनि दुई तिर !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
भक्तपुरमा ओलीको वडामा कांग्रेसको प्यानल नै विजयी