सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठक हुने


काठमाडाैं । गृह मन्त्रालयले यही ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई सुुव्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले सातै प्रदेशमा प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गर्ने भएको छ ।

सोहीअनुसार आइतबार बाग्मती प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा बैठकको सुरुवात हुनेछ । गृहसचिव विनोद प्रकाश सिंहले निर्वाचनलाई भयरहित र सुव्यवस्थित वातावरणमा सम्पन्न गर्न सुरक्षा निकायलाई प्रभावकारी रूपमा परिचालन गर्नेगरी आवश्यक तयारी थालिएको जानकारी दिए । सोही तयारीअनुसार प्रदेशस्तरीय सुरक्षा बैठक थालिएको र सातै प्रदेशमा छलफल गरी सुरक्षा अवस्थालाई मजबुत पारिने सचिव सिंहले बताए ।

गृह मन्त्रालयले निर्वाचनमा आवश्यक सुरक्षा प्रदान गर्न विभिन्न खाले रणनीतिसमेत तय गरिरहेको छ । प्रदेशस्तरीय सुरक्षा बैठकले सुरक्षा रणनीति तय गर्नसमेत सहयोग पु¥याउने गृहले जनाएको छ ।

गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले निर्वाचनका लागि सातै प्रदेशको सुरक्षा अवस्था बुभ्mन तथा त्यहाँको सुरक्षा अवस्था प्रभावकारी बनाउने उद्देश्यले प्रदेशस्तरीय सुरक्षा बैठकको आयोजना गरिएको बताए । गृहसचिवको अध्यक्षता र गृहमन्त्रीको प्रमुख आतिथ्यतामा हुने सो सुरक्षा बैठकमा केन्द्रीय सुरक्षा निकायका प्रमुख, प्रदेशस्तरीय सुरक्षा निकाय प्रमुख, प्रदेशअन्तर्गतका सबै जिल्लाका तीनवटै निकायका सुरक्षा प्रमुखहरू, प्रमुख जिल्ला अधिकारीहरू, प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री र सचिवलगायतको उपस्थिति रहनेछ ।

सो सुरक्षा बैठकमा गृह मन्त्रालयले निर्वाचन केन्द्रित आवश्यक सुरक्षा रणनीति’bout समेत मातहतका निकायसँग छलफल गर्नेछ । बैठकमा प्रदेश तथा जिल्लामा देखा पर्नसक्ने सुरक्षा चुनौतीको आँकलन गर्दै समाधानका लागि आवश्यक उपायसमेत खोजी गरिने गृह प्रवक्ता पोखरेलले जानकारी दिए ।

प्रदेशस्तरीय सुरक्षा बैठकमा आएका सुरक्षासम्बन्धी सुझावका आधारमा गृह मन्त्रालयले निर्वाचनमा आवश्यक पर्ने थप रणनीति तय गर्ने जनाइएको छ । सुरक्षा बैठकमा प्रदेश तथा जिल्लामा देखिएका सुरक्षा ग्पाप र समस्या’bout समेत छलफल गरी सुरक्षाका कमीकमजोरीलाई हटाइने र सुरक्षा सम्बन्धमा देखिएका समस्या समाधानका उपायको पहिचान गरिनेछ ।

गृह प्रवक्ता पोखरेलका अनुसार आइतबार बाग्मती प्रदेशमा प्रदेशस्तरीय बैठक सम्पन्न गरेपछि अन्य प्रदेशमा पनि क्रमशः सोहीअनुसारकै सुरक्षा बैठकको आयोजना गरिनेछ । तिहारलगत्तै बाँकी ६ प्रदेशमा प्रदेशस्तरीय सुरक्षा छलफल सम्पन्न गरिने प्रवक्ता पोखरेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 253 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
आयोगले तोकेको समय सकिएको तीन दिनपछि उमेदवारी दर्ता