पदभन्दा जनताको साथ महत्वपूर्ण

संघीय तथा प्रादेशिक निर्वाचनमा नेताको दौडधूप निकै बढिरहेको छ । सबै नेता तथा उम्मेदवारले घरदैलो अभियानलाई तीव्रता दिइरहेका छन् । निर्वाचन जितेपछि जनताको घरदैलोमा जान चटक्कै बिर्सने नेता अहिले भने जनताको साखुल्य बनिरहेका छन् । जनतासँगै खेतमा रमाउने, खेल्ने, नाच्ने जस्ता काम गरिरहेका छन् । यस्तो कार्य सधंैजसो भइदिए कति जाती हुन्थ्यो होला । नेता र जनताको सम्बन्ध चुनावका बेलामा मात्रै होइन सदाबहार रूपमा हुनुपर्छ तर चुनाव पछि सबै नेताले यस्तो कार्य बिर्सने गरेका छन् ।

नेताहरू कसले जित्ने कसले हार्ने टुंगो छैन । अझै गठबन्धनमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री सभामुख, उपसभामुखलगायतका पदमा कसले कुन लिने भन्ने’bout समेत भित्री रूपमा सहमति भइसकेको खबर पनि आइरहेका छान् । यसरी जनतालाई विकास, सुशासन र समृद्धि दिने स्पष्ट खाका बनाउनभन्दा पनि भोलि कुन पदमा बस्ने र सकेसम्म धनार्जन गर्ने दाउमा नेताहरू र सत्ताधारीहरू लागिरहेको देखिन्छ । यस्तै प्रदेशमा को मुख्यमन्त्री बन्ने भन्ने विषयहरू पनि अहिल्यै छलफल हुन थालेका छन् ।

पार्टीहरूको घोषणापत्रमा के उल्लेख गरिएको छ, आगामी ५ वर्षमा देशले के कस्तो गति लिनेछ भन्नेभन्दा पनि पदीय भागबन्डामा रमाउनु अलोकतान्त्रिक चरित्र हो । यसले नेताको सत्ता र सरकार निर्माण गर्ने तथा एक अवधिका लागि जनतामाथि राज गर्ने लालसा र आकर्षण देखाए पनि जनतामा भने कसलाई जिताउने र कसलाई हराउने भन्ने उत्तिकै चासो देखापरिरहेको छैन । यसले जनताको आमआकर्षण बढ्न नसकेको तर नेताको पदलोलुप प्रवृत्ति छताछुल्ल भएर सतहमा आएको स्पष्ट संकेत गरिरहेको छ । नेता जुनसुकै पार्टीका भए पनि उनीको उम्मेदवारी जनताबाट स्वीकृत हुनबाँकी छ । स्वीकृत र जनअनुमोदित भएपछि पनि सबैका आआफ्ना दल छन्, ती दलले निर्णय लिन बाँकी छ । यस्तो अवस्थामा यो मुख्यमन्त्री, त्यो प्रधानमन्त्री र मन्त्री जस्ता कुरा र प्रचारहरू पदलोलुप प्रवृत्तिका परिचायक मात्र हुन् ।
हरेक कुरा र कामको आआफ्नो सिलसिला हुन्छ । निश्चित प्रक्रिया हुन्छ ।

यी प्रक्रियाहरू आफंैमा अग्नि परीक्षा हुन् । यसका लागि प्रचुर मात्रामा धैर्यताको आवश्यकता हुन्छ । जनता चूपचाप रहनुयही धैर्यता र जिम्मेवारीले काम गरिरहेकाले नै हो । तर, दलका उम्मेदवार स्वघोषित रूपमा जे मन लाग्छ, उही प्रचार गर्दै हिंडिरहेको देखिन्छ । निर्वाचनमा दलका नीति, योजना र कार्यक्रम जहाँ पनि निकै कमजोर देखिएका छन् । जनताको आशा र भरोसा जगाउने खालका नीति तथा कार्यक्रम कहीं पनि देखिँदैनन् । तर, नेतालाई विभिन्न लालसाले निकै उचालिरहेको छ र त्यो मनगढन्ते मनोविज्ञानले निकै उछाल ल्याइरहेको छ । यसले जनताको मनोविज्ञानमा गहिरो नकारात्मक असर पारिरहेको छ । उसो त नेताका कारण राज्यव्यवस्था र राज्य प्रणाली नै धरापमा पर्ने हो कि भन्ने आशंका उठिरहेको छ । त्यसमाथि नेताको स्वघोषणा र लालसाले भरिपूर्ण अभिव्यक्ति जनताका माझमा आउँदा उनीलाई जनताले भोट नदिए पनि त हुँदो रहेछ भन्ने मनोविज्ञान जब्बर हुँदै जान थालेको छ । यसको अर्थ यो पनि हुन्छ कि उनीहरू सेटिङमा निर्वाचित भइसकेका छन् र जनताले दिने मत तथा अभिमत केवल हात्तीका देखाउने बाहिरी दाँत मात्र हुन् ।

यसले त बहस यतिसम्म पनि निम्त्याउन सक्छ कि अब्राहम लंकनले दिएको प्रजातन्त्रको परिभाषा अब लाज छोप्ने बस्त्र जत्तिको हैसियतमा पनि बाँकी रहेको छैन । किनकी उम्मेदारको हैसियत जनताले दिएको मत तथा अभिमतको आधारमा बन्ने र गुम्ने गर्दछ । जनताबीच पुगेर अनुमोदित भएर आउनु पूर्व नै ‘म यस्तो उस्तो’ भनी दिइने हवाला कि त हावादारी हुन्छ कि त ‘सेटिङ’ मा ! त्यसैले उम्मेदवारले बुझ्नैपर्छ पहिला निर्वाचनबाट छानिनुपर्छ अनि त्यसपछि मात्रै पदीय भागबन्डाको कुरा गर्दा ठीक होला ।

तपाइको प्रतिक्रिया
(Visited 62 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग अनुचित : अध्यक्ष ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९