सावधान, हानिकारक मिठाइ पर्ला !

चाडपर्वको महत्वपूर्ण बढाउन खानेकुराको विविध परिकारले समाजमा पहिलो स्थान राख्छन् र मौलिक विशेषता पनि हुन् । खानपानका सन्दर्भमा छउन्जेल ‘भोजपुरे ख्वाइ, सिद्धिएपछि ‘सिद्रा सुकाइ’ मध्यम वर्गीय परिवारमा व्याप्त छ । यसैका कारण कयौं स्वास्थ्य समस्या निम्त्याइरहेका छन् । रङको चाड होली भए पनि रङको बढी चर्चा तिहारमा हुने गर्छ । खाद्यवस्तुमा रङको महत्व, गुणस्तर तथा स्वास्थ्य असर’bout धेरै लेख, समाचार, कार्यक्रम र पसलमा अनुगमन पनि हुने गर्छन् । चाडबाडमा विशेषगरी तिहारमा तत्पश्चात् न कार्बाही नै हुन्छ, न परीक्षणको नतिजा आउने गर्छ ।

उपभोक्तामा चेतनाको कमीले गर्दा खाद्य पदार्थ किन्दा लेबल नहेर्ने, गुणस्तरहीन वा अखाद्य पाइए उजुरी नगर्ने प्रवृत्तिका कारण पनि बजारमा यस्ता खाद्य पदार्थको विक्री वितरण बढ्दो छ । व्यापारी भनेका मुनाफाखोर हुन, धोती र टोपीको हुन्छु भनी कसैले व्यापार गर्दैन, धर्म निभाउने बेग्लै कुरा हो । व्यापारीले दूषित र मिसावटयुक्त पदार्थ उत्पादन, विक्री वितरण जानाजानी र शिक्षाको कमीले अञ्जानवस गर्ने गरेको पाइन्छ । उत्पादन मिति, उपभोग मिति, लेबल, तोकिएबमोजिमको मात्रा भए नभएको तथा मिति सिद्धिएको, पोषक तत्व र रसायन भए नभएको हेरिँदैन ।

मिठाइका भेराइटी यति धेरै छन्— सबैको नाम थाहा पाउन सकिँदैन । नयाँ नयाँ मिठाइ, मिठाइ पसल आकर्षक रूपमा आएका छन् । मिठाइ पसल र मिठाइ सजाइएका मात्र हुँदैनन्, आकर्र्षक प्याकिङ, डिजाइन तथा स्तरीय सेवाले पनि ग्राहक तान्न सफल भएका छन् । चम्किने सबै वस्तु हिरा हँुदैनन् भनेजस्तै व्यापारिक क्षेत्रमा पनि आकर्षक देखिने सबै राम्रा हँुदैनन् भन्ने तथ्यलाई ध्यान दिनु पर्छ । खुला सामान र प्याक गरिएका सामानमा हुनसक्ने भिन्नता जान्नै पर्छ । प्याक गरिएका, आकर्र्षक, रंगिएका सामान केही सस्तो, कम गुणस्तरको, फरक फरक किसिमको थुप्रै सामान मिसाइएको, तौलमा समेत आकाश पातालको फरक पर्न सक्छ र धन, मन र जनको नाश हुन्छ । चाँदीको लेप वा वर्कमा केड्मियम वा क्रोमियम मिसाइने भएकाले पनि एलर्जी र पाचन क्रियामा गडबडी देखिन्छ । तसर्थ, बजारमा भएका रंगीन, आकर्र्षक मिठाइ देखेर मन लोभ्याउँदा सेकेन्डका लागि मिठो स्वादिलो भए पनि मिनेट, घण्टा र दीर्घकालीन बेफाइदा पु¥याउँछ । सिल्भर वा चाँदी वर्क भएको मिठाइमा पहेंलोपना आए मिसावट भएका मानिन्छ ।

चित्ताकर्षक अखाद्य रङ मिसाइएको मिठाइ स्वादका लागि जति मिठो भए पनि गुणस्तरहीन र रंगीन मिठाइले भने स्वास्थ्यलाई राम्रो गर्दैैन र हानिकारक हुन्छन् । जेरीलाई छिटो पकाउन र फुलाएर ठूलो बनाउन फर्निचर रंगाउन प्रयोग गरिने हाइड्रो प्रयोग गर्दा श्वास प्रश्वास, मिर्गाैलामा असर र क्यान्सरसम्म हुन्छ । रङमा सिसा, पारो, तामाजस्ता तत्व पाइन्छन् । तामाको आयनले श्वास प्रश्वास प्रणालीमा प्रत्यक्ष असर, मांसपेशीलाई क्षतविक्षत पार्छ । यसैमा पारो थपिए विषाक्तता दुई गुणा बढ्छ । पारोयुक्त लवणले शरीरका म्युकसलाई जमाई घा“टी खसखसाउने, श्वास प्रश्वासमा समस्या, आन्तरिक सुजनजस्ता समस्या उत्पन्न गराउ“छ । पारोले मुख्यतः निष्कासन प्रणाली, मिर्गाैलामा असर तथा तामाजन्य विषादीको संग्रहमा मद्दत पु¥याउँछ । सिसाले कोषको वंशाणु डीएनए र आरएनएसँग अन्तरक्रिया गरी क्षतविक्षत बनाउँछ । शरीरबाट सजिलै बाहिर नआउने र भित्र पनि नष्ट नहुने यस्ता तत्व लामो समयसम्म शरीरमा रही मन्द विषको काम गर्छन् । त्यसैगरी, अत्यधिक चिनी र चिनीयुक्त सिरपले रगतमा चिनी, बोसोको मात्रा बढाउने, पेट बढ्ने, मधुमेह, दा“तका समस्या हुन्छन् । स्याक्रिनले ब्रेन ट्युमर, क्यान्सर ल्याउ“छ । खाने सोडाको अधिक प्रयोगले पाचन प्रणालीमा नकारात्मक असर पार्छ । पिठोको अमिलोपना कम गर्न प्रयोग गरिने एमोनियम कार्बाेनेटयुक्त पदार्थ पनि स्वास्थ्यका लागि हानिकारक हुन्छ ।

रङका ’boutमा धेरै चर्चा र केही जानकारी भए पनि प्रयोगमा व्यापकता देखिएको एडिटिभ, पिजर्भेटिभ, स्टेबलाइजरको ’boutमा धेरैलाई थाहा नै छैन । खाद्यवस्तुमा एडिटिभले स्वाद र सुगन्ध बढाउने तथा पिजर्भेटिभले लामो समय सुरक्षित राख्नेबाहेक कुनै पोषण र खाद्य महत्व राख्ने गरेको पाइँदैन । एडिटिभको कारण कयौं किसिमका एलर्जी र विकार हुन सक्छ । छाला चिलाउने, पसिना बढी आउने, अनुहारको रङ उड्ने, डाबर आउने, आन्द्रामा पीडा, वाकवाकी, बान्ता, झाडापखाला, दम, खकार, पिनास, मांसपेशीमा पीडा, जोर्नीमा पीडा, थकान, कमजोरी, व्यवहार र मनस्थितिमा परिवर्तन, हाइपर एक्टिभिटी, माइग्रेन, मुटुको धड्कनमा समस्याजस्ता स्वास्थ्य समस्या खाद्य पदार्थमा एडिटिभ हुँदा हुने गर्छ । अखाद्य प्रिजर्भेटिभ बीएचएले बालकलाई चन्चले बनाउँछ भने ईडीटीएले दम, दाग, पखाला, उल्टी, नसासम्बन्धी समस्या र पेटको क्यान्सरसमेत बनाउन सक्छन् । मिठाइलाई सड्नबाट जोगाउन प्रयोग गरिने प्रिजर्भेटिभले जिब्रोमा स–साना खटिरा, पेट पोल्ने, मुखमा अमिलो पानी आउने, सास गन्ध आउने, दन्त सड्ने बनाउने गरेको पाइन्छ ।

मिठाइमा खुवाको खपत बढी हुने भएकाले उपभोक्ताको मागलाई धान्न र बढी मुनाफा कमाउन खुवामा आरारोट, उसिनेको आलु र सुजी मिसाउ“छन्, जसले पेटमा खराबी गर्छ । स्थानीय एक हलुवाइका अनुसार अशुद्ध खुवाबाट बनाइएको मिठाइ केही दिनमै बिग्रन्छ । यस्ता मिठाइ खा“दा पेट दुख्ने, पखाला लाग्ने, अपच हुने, वान्ता आउने, हंैजा लाग्नेसम्म हुन्छ र निम्न गुणस्तरको घिउको प्रयोगबाट घा“टीमा समस्या उत्पन्न हुनुका साथै श्वास प्रश्वाससम्बन्धी रोग देखा पर्छ । रङ मिश्रित तथा दूषित घिउ तेलको प्रयोगले बनेका खाद्य पदार्थले रक्तकोषिकालाई विषाक्त बनाई तथा भई शरीरमा रगत कम हुने समस्या एनिमिया,अण्डकोषमा असर परी पुरुषको वीजकोष मार्दै लिंग सानो हुँदै जाने तथा पुरुषत्व नाश हुने, मिर्गौला तथा कलेजोमा घाउ हुने, रोग लाग्ने, फोक्सोमा र छालामा दीर्घरोगका साथै क्यान्सरजस्तो भयानक रोग देखिन सक्छ । गर्भवतीमा गर्भपतनसम्म हुन सक्छ ।

धेरै चिल्लो
धेरै तेल, घिऊ वा तारेको, भुटेका खाद्य पदार्थमा बोसो बढी हुने भएकाले मोटोपना, मुटु तथा धमनीका रोग, उच्चरक्त चाप, मधुमेह, अपच, कब्जियत वा पखाला, आन्द्राको रोग, पित्तथैलीमा समस्या, पत्थरी, आन्द्राको क्यान्सर बनाउँछ । मसलादार, पिरो तरकारी तथा अमिलो अचारले एसीडीटी बढाई घाटी, छाति पोल्ने र अल्सर गराउ“छ । चिल्लो पिरो खानाले पेटको माथिल्लो मुख (ढकन) खुली पेट पोल्ने समस्या, अम्लपित्त,अल्सर उत्पन्न हुन्छ । त्यसैमा अझ पेट पोलिरहने ग्यास्ट्रिक भएका र अल्सर भएका व्यक्तिले चिल्लो, पिरो, मसलादार खानेकुरा खानु नै हुँदैन । तेल र चिल्लो पदार्थ जति धेरैपटक ततायो, उति नै त्यसमा ट्रान्सप्mयाट उत्पन्न हुन्छ र स्वास्थ्यका लागि बढी हानिकारक र क्यान्सर बनाउन सक्ने हुन्छ ।

खानपानको असंयम, अनिद्रा आदिले नियमित गर्ने गरेको शारीरिक श्रम, व्यायाम पनि कम हुन्छ, जसले गर्दा अपच, अमिलो, झुसिलो डकार, वायुले पेट ढुस्स आउने, फुल्ने, आउँ, पखाला, रिंगटा लाग्ने, आँखा पोल्ने बिझाउने, रातो हुने, बान्ता हुने, खानामा अरुचि हुने, चिडचिडाहट, ज्वरो, हैंजा, कमलपित्त, ग्यास्ट्रिक, आमाशय र आन्द्राको घाउ अल्सर, उच्च रक्तचाप, मुटु, मिर्गौला, कलेजोसम्बन्धी र मधुमेह इत्यादिको खतरा बढ्ने हुन्छ । नियमित खाइरहेका औषधि खान बिर्सनु हुँदैन । दिनहँु एक घण्टा परिश्रम पर्नेगरी हिँड्न, व्यायाम वा योग गर्न तथा सक्रिय क्रियाकलाप गर्न भुल्न हँुदैन । ’cause, भर्खर समस्या सुरु भएका, उमेर पुगेका र वंशाणुगत दृष्टिले खतरा भएकालाई रोगले च्याप्ने र जटिलता ल्याउने तथा दीर्घरोगीमा हृदयाघात, पक्षाघात, मस्तिष्कघात तथा मृत्यु गराउने बेला चाडबाड हो ।

खानपान, जीवनशैली र आदतलाई नियन्त्रणमा राखी चाडपर्व मनाउन सबै सचेत होऔं । मिठाइ वा खानामा प्रयोग गर्न सकिने भनी सरकारले आठवटा प्राकृतिक तथा ११ वटा कृत्रिम वा सिन्थेटिक रङ स्वीकृत गरेको छ । तर, यी रङ अखाद्य रङजस्तो जताततै पाइँदैन र महँगो पनि छन् । खाद्य रङ पनि प्रतिकिलो मिठाइमा २ सय मिलिग्रामसम्म प्रयोग गर्न सकिन्छ, त्योभन्दा बढी भए यसले पनि स्वास्थ्यमा हानि गर्छ भने अखाद्य रङले क्यान्सरसम्म । उपभोक्ता आफंै जागरुक नहुने, जस्तो वस्तु र सेवा लिए पनि चुप लागि बस्ने, अनुचित कार्यको उजुरी नगर्ने, मेरो जस्तो अवस्था अरूले भोग्नु नपरोस् भनी प्रतिवाद नगर्ने भएकाले उपभोक्ता संघसंस्था पनि सक्रिय रूपमा अधिकार रक्षाका लागि नलड्ने प्रवृत्ति छ । उपभोक्ता अधिकार कानुनमा सीमित छ । तसर्थ, हिजोआज रङ प्रयोग नगरिएका खाद्यपदार्थ, फलपूmल र मिठाइ खानु राम्रो हुन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 68 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९