बेलायतमा नयाँ प्रधानमन्त्रीका लागि ऋषि र पेन्नीबीच मात्रै प्रतिस्पर्धा

लन्डन । बेलायतमा नयाँ प्रधानमन्त्री चयनको लागि अब दुई जना बीच मात्रै प्रतिस्पर्धा हुने भएको छ । नयाँ प्रधानमन्त्रीका लागि दाबी पेश गर्नुभएका पूर्व प्रधानमन्त्री बोरिस जोनसन प्रतिस्पर्धाबाट बाहिरिएपछि अव ऋषि सुनक र पेन्नी मोर्डान्टबीच मात्रै प्रतिस्पर्धा हुने भएको हो ।

सम्भवत आज साँझसम्ममा बेलायतको नयाँ प्रधामन्त्री को भन्ने विषय टुंगो लाग्नेछ । जोनसनले आफू प्रतिस्पर्धाबाट बाहिरिएको घोषणा गर्दै सन् २०२४ मा हुने आम निर्वाचनपछि प्रधानमन्त्रीका प्रतिस्पर्धा गर्नु उपयुक्त हुने लागेको बताउनु भयो ।

जोनसन बाहिरिएपछि बेलायतको नयाँ प्रधानमन्त्रीमा ऋषि सुनकको सम्भावना बलियो बनेको बताइएको छ । बेलायतका मुख्य अखवारहरु डेली एक्सप्रेस, द सन र द मिररले सुनक नै नयाँ प्रधानमन्त्री बन्ने ठोकुवा गरेका छन् ।

प्रधानमन्त्रीको प्रतिस्पर्धामा रहनु भएकी पेन्नी मोर्डान्टले मनोनयनका लागि सय जना सांसदको समर्थन जुटाउनै मुस्किल रहेको बताइएको छ । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले डेढ महिनामा नै पदबाट राजिनामा दिएपछि नयाँ प्रधानमन्त्रीको खोजी शुरु भएको हो ।

तपाइको प्रतिक्रिया
(Visited 230 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पहिचान, संघीयता, सुशासन र सदाचारमा जोड