फेरिएको तिहार : अघिल्लो पुस्तालाई छक्क पार्दै

भैलिनी आइन् आँगन….
…….
‘हरियो गोबरले लिपेको ……’ ।

तिहार लागेदेखि सञ्चार माध्यममा यो गीत बजिरहेको छ । प्रत्येक फोनकलमा यही गीतको धुन सुनिन्छ । तर अब कहाँ पाउनु हरियो गोबर ? कङ्क्रिटको घर कङ्क्रिटकै आँगनमा पूजा सामग्री पसलबाट ल्याइएको एकमुठी रातो माटोमा गेरु मिसाएर लक्ष्मीका पाइला बनाउन थालिएको सहरमा धेरै भयो । “भर्खर संसार चिन्दै गरेका केटाकेटीलाई हरियो गोबर’bout बुझाउन कक्षा नै चलाउनुपर्ने देखिन्छ”, अहिले चन्द्रागिरि नगरपालिका–१५ हुन पुगेको तीनथाना गाउँविकास समितिका तत्कालीन अध्यक्ष गोपीचन्द्र कार्की बताउछन् ।

केही वर्ष अघिसम्म स्वदेशी मौलिकपन बचाएको ठानिने काँठमा समेत हरियो गोबरले लिप्नुको साटो आयातित रङ प्रयोग गरेर विभिन्न आकृति (रङ्गोली) बनाउने गरिएको छ । खासगरी युट्युबमा हेरेर त्यस्तै सिको गर्ने चलन अहिले सबैतिर छ । हरियो गोबर मात्र होइन ‘हरियो गोबरले लिपेको ……’ भन्दै भैलो खेल्न आउने पनि हराए ।

बाटो छेउमा रहेको कार्कीको घरमा रातभर देउसीभैलो खेल्ने समूह पुग्थे । गत वर्ष दुई वटा समूह मात्र छिरेपछि परिवारमा कुरा भयो ‘अब देउसीभैलो लोप हुने भयो’ । यसपालि त अझ राति झण्डै ११ वर्षसम्म बस्दा पनि कोही आएनन् ।

आफ्नो बाल्यकाल र किशोर अवस्था सम्झँदै कार्की भन्छन्, “दसैँ सकिनासाथ टोल छिमेकमा जम्मा हुने र देउसीभैलोका लागि कसले लालटिन किन्ने ? कसले मट्टितेल किन्ने आदि जिम्मेवारी बाँडफाँट हुन्थ्यो । रातभरि देउसी खेलिन्थ्यो । एउटा घरबाट एकमाना जति धान, त्यतिनै चामल, सेलरोटी र १०/१५ पैसाको दक्षिणा मिल्थ्यो । त्यसैलाई भाग लगाएर टीकाका दिन दिदीबहिनीलाई दक्षिणा दिथ्यौँ र जम्मा भएको धान चामल उपयोग गर्न एक दिन वनभोज जाने चलन थियो । अब ती सबै सम्झनामा मात्र भए ।”

यस्तै अनुभूति छ, अहिले दक्षिणकाली नगरपालिकामा पर्ने तत्कालीन शेषनारायण गाविसका अध्यक्ष शशी शर्मा पौडेलको पनि । विसं २०५१ मा उनप् गाविस अध्यक्ष रहँदा रातभर देउसीभैलो हुने र त्यसमा केही विकृति पनि देखिन थालेको थियो । दक्षिणाको लागि मोलमोलाई गर्ने भने जति नदिए जे पायो त्यही बोलेर हिँड्ने प्रवृत्ति देखा परेको थियो । त्यसपछि गाउँका केही पाका मानिस जम्मा गरेर राति ११ बजेसम्म मात्र देउसीभैलो खेल्न पाउने र दक्षिणासमेत २५ रुपैयाँभन्दा बढी माग्ने निर्णय भएको उनले बताए ।

त्यसलाई कार्यान्वयन गर्न गाविसले प्रहरी परिचालन मात्र गरेन, गाविस पदाधिकारी सबैलाई अनुगमनमा खटायो । पछि त्यसलाई गाउँमै एक सामुदायिक भेला गरेर ५१ रुपैयाँसम्म पु-याउने निर्णय भएको पनि उनी बताउनुछन् । तर देउसीभैलो विस्तारै सेलाउँदै गएको अनुभव उनको छ । समयअनुसार बाजागाजा, साउण्ड सिस्टम आदि थपिँदै जानु स्वाभाविक भए पनि लोप नै हुने अवस्था आउन भने दिन नहुने उनकाे भनाइ छ ।

सबैभन्दा धेरै त रङ्गीन बत्तीले तिहारको फरकपन अनुभूत गराउँछ । “उज्यालो र बत्तीको पर्वका रूपमा मानिने तिहारमा यति धरै बत्ती कहाँ बल्थे र ?” आफ्नै बालककाल सम्झँदै ७१ वर्षीय शर्माले भने । उनका अनुसार त्यतिबेला आजका विद्युत्तीय बत्तीको कल्पना नगरिएको मात्र होइन काँठमा मैनबत्ती पनि थिएन । केराको सुत्लालाई काटेर त्यसमाथि एकछिन बालेको बत्ती नै त्यतिबेलाको तिहारको उज्यालो थियो । त्यतिबेला तरकारीमा भुटन हाल्नसमेत तेल नपुग्ने बेला पालामा दियो तेल हालेर धेरैबेर बत्ती बाल्नसमेत अधिकांश मान्छेले सक्ने थिएनन् । सहर पुग्दा शून्य वाटको चिमको एक लहर केही व्यापारीको घरमा देखिन्थ्यो ।

“त्यो नै हाम्रा लागि अचम्मको कुरा हुन्थ्यो”, उनले भने । तीनथानामा केही मानिसले घर ढलान गर्दा माथिल्लो टपमा तिहारका लागि होल्डर फिट गर्न थालेका थिए । अहिले त्यो पनि पुरानो चलन हुन थालेको कार्की बताउछन् ।

भाइलाई दिइने मसला र फलफूलमा पनि निकै मात्रामा परिवर्तन भएको महसुस वयोवृद्धहरू गर्दैछन् । अहिलेभन्दा निकै परिमाणमा मसला र गाउँघरकै सुन्तला, अम्बा र हलुवावेद फलफूलका रूपमा प्रयोग हुन्थ्यो । “सिङ्गो फर्पिङ बजारमा एउटै फलफूल पसल थिएन”, शर्मा भन्छन् । उनका अनुसार तिहारको विशेष मसला भनेकै कटुस हुन्थ्यो । राससबाट

तपाइको प्रतिक्रिया
(Visited 76 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९