सन्ठी नहुँदा थारुको हुके हुक्का लोप हुने खतरा

उदयपुुर । उदयपुरमा सनपाटको खेति हुन छाडेपछि सनपाटको सन्ठी नहुँदा थारु समुदायमा लक्ष्मी पुजाको दिन खेलिने हुके हुक्का खेल लोप हुने अवस्थामा पुगेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडी सम्म खेल्ने गरेता पनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुँदै गएको हो ।

किसानहरुले सनपाटले बजार भाउ नपाउदा सनपाट लगाउन छोडेपछि सन्ठीको अभावमा यो खेल लोप भएको थारु पण्डित बासुदेव चौधरीको भनाई रहेको छ । सनपाठ खेतिबाट उत्पादन भएका सनपाटलाई गाड्ने ताल तलैया र व्यवस्थित पोखरीको अभावमा पनि यसको खेती गर्न छोडिएको त्रियुगा नगरपालिका–३, मोतिगडाका पुर्व वडा अध्यक्ष अबधेशप्रसाद चौधरी बताउँछन् ।

सन्ठी नहुँदा यस वर्ष कसरी हुके हुक्का खेल्ने स्थानीयबासीहरुको चिन्ता रहेको छ । गत वर्ष हुके हुक्का खेल्नको लागि अन्यत्र जिल्लाबाट सन्ठी ल्याएर हुके हुका खेलेको त्रियुगा नगरपालिका–३ का बस चालक सरोजकुमार चौधरीले बताए । उनले भने, ‘गत साल सुनसरीको इनरुवाबाट एक भारी सन्ठी किनेर ल्याएको थिए तर, यस वर्ष सम्भव छैन ।’ पौराणिक किवदन्ती अनुसार परापूर्वकालदेखि खेल्दै आएको हुके हुक्का एक मुठा सन्ठीमा दुई चारवटा कुचोको सिन्कालाई बावियोले बाधेर यो खेल खेलिन्थ्यो । घरको देउता कोठाको दलिनमा धान, चामल माथि दियो राखी विधिवत पुजा आजा गरी खेल्ने चलन थियो, पण्डित चौधरीले भने, ‘तर सन्ठीको अभावले यो खेल लोप भयो ।

थारु समुदाय प्रकृतिको पुजक भएकाले देउता घरको दलिनमा राखेको दियोमा हुके हुक्का बाली थारु शब्दमा अनधन लक्ष्मी घर ढुक दरिदर बहार हो अर्थात अन्न धन सहित लक्ष्मी घर पसुन र दरिद्र बाहिर हुन् भन्दै तीन पल्टसम्म मन्त्र पढेर हुके हुक्का सल्काउने चलन रहेको त्रियुगा नगरपालिका– १ जोगिदहका वडाध्यक्ष मनोेज चौधरीको भनाई रहेको छ । यसरी सल्कि सकेको हुके हुक्कालाई तीन फेरासम्म देउता घरको चारै तिर घुमाएर दोबाटो वा खाली चौरमा लगि खेल्ने चलन रहेको छ । आगोको राप तापले दरिद्र भाग्ने किम्बदन्ती अनुरुप हुके हुक्काको प्रचलन रहेको र दियो अर्थात हुका बाली लक्ष्मीलाई स्वागत गर्ने मान्यता अनुरुप यो खेल खेल्ने गरिन्छ । यस खेलले किसानहरुले आफुले लगाएको नयाँ अन्नबाली भित्राउने दिन आयो भनेर संकेत्त गर्ने गर्दछ ।

नयाँ अन्नबाली राम्ररी सप्रियोस भनी हुके हुक्काको बाल्न बाँकी एक भाग जम्मा पारी दोबाटोमा जलाउने र बलेको आगोमा तीन पटक सम्म नाघेर आ–आफनो घर जाने चलन रहेको बताउँछन । एउटा एउटा जलेको हुके हुक्का खेत वा बारीमा लगाएको अन्नबालीमा गाड्ने चलन समेत रहेको थारु समुदाय बताउँछन । तिनै बलेको एउटा हुके हुक्काको ठुटाले दरिद्र वा कुनै किसिमको छोइछुत नलागोस भन्दै घरमा ल्याई राख्ने प्रचलन रहेको पण्डित चौधरीको भनाई रहेको छ । पहिला पहिला त्रियुगा आसपासमा धेरै सनपाटको खेति हुदा हुक्के हुक्का खेल्ले चलन थियो । तर अहिले सनपाटको खेति हुन छाडेपछि खेल सनपाट अभाव र युवा पुस्ताले चासो नदिदा लोप हुने अवस्थामा पुगेको हो । त्रियुगा नगरपालिका, र्चाैदण्डीगढी नगरपालिका र बेलका नगरपालिकाको त्रियुगा नदि आसपासमा थारु समुद्धायको बसोबास रहेको छ । सनपाटको धागोबाट सञ्चालन हुने उद्योगहरु बन्द भएकाले सनपाट खेति बन्द भएकाले थारु समुदायको साँस्कृतिक पर्व हुक्के हुक्का खेल बन्द भएका हुन ।

तपाइको प्रतिक्रिया
(Visited 40 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९