चुनाव छेकोमा कांग्रेस सभापती र उपसभापती एमालेमा प्रवेश !

बैतडी । बैतडीको मेलौली नगरपालिका वडा न. ५का कांग्रेस सभापती प्रमानन्द पन्त एमाले प्रवेश गरेका छन् ।
पन्तलाई एमाले केन्द्रीय सदस्य एंव जिल्ला इन्चार्ज पूरनसिंह दयाल र केन्द्रीय सदस्य एंव जिल्ला सह–इन्चार्ज लिलाधर भट्टले टिका लगाई पार्टी प्रवेश गराएका हुन् ।

मेलौलीमा भएको एक कार्यक्रममा उनलाई पार्टी प्रवेश गराईएको एमाले जिल्ला कमिटी सचिवालय सदस्य बलभद्र दयालले बताए ।
नव प्रवेशी पन्तलाई पार्टीमा उचित जिम्मेवारी प्रदान गरिने एमाले नेताहरुले बताएका छन् । उनी यसअघि कांग्रेसका नगर उपसभापती समेत थिए ।

यसैगरी शिवनाथ ६ का पार्टी उपसभापती बहादुर चन्द, क्षेत्रिय अधिवेशन प्रतिनिधि संकर चन्द र बीर बहादुर चन्द, कृयाशिल सदस्य कालुबहादुर चन्द, बिरेन्द्र बहादुर चन्द मान बहादुर चन्द, गोरी बहादुर चन्द, हरी बहादुर चन्द, दिपेन्द्र बहादुर चन्द, हिरा बहादुर चन्द, सुक्र बहादुर चन्द र रमेश बहादुर चन्दले एमाले प्रवेश गरेको पार्टी केन्द्रीय सदस्य भट्टले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

कांग्रेसबाट समानुपातिकतर्फ को-को पुरुष सांसद बन्लान्, यस्तो छ हिसाब किताब

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९