अध्यक्ष ओलीले लगाए तीन बहिनीसँग भाइटीका

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बहिनीहरुको हातबाट भाइटीका लगाए । बिहीबार भाइटीकाको अवसरमा शुभ साइतमा उनले तीन बहिनीहरू विष्णुमाया ढकाल, कौशल्या कोईराला र विष्णुकुमारी पौडेलको हातभाटा भाइटीका लगाएका हुन् ।

ओलीले बालकोटामा भाइटीकाको शुभसाईत ११ बजेर ३७ मिनेटमा आफ्ना बहिनीहरुबाट भाइटीका ग्रहण गरेका हुन् । त्यस अवसरमा उनले बहिनीहरुले दिएका भाइमसला ग्रहण गर्दै बहिनीहरुलाई पनि सप्तरंगी टीका लगाई दिइदिएका थिए ।

यमपञ्चकका पाँच दिन यमराजले यमुनाको घरमा वास गर्छन् भन्ने हाम्रो धार्मिक विश्वास छ । भाइ तिहारको दिन दियो, कलश र गणेशको पूजा गर्ने, यमराजको आह्वान गर्ने, बिमिरो, ओखर, तेल, मखमलीको माला, दुबोको टीका, कटुस आदिको प्रयोगमा आफ्ना दिदिबहिनी र दाजुभाइको सुख–समृद्धि, अरोग्य एवं दीर्घायुको कामना गर्ने गरिन्छ ।

टीका ग्रहणपछि सञ्चारकर्मीहरुसँगको संक्षिप्त प्रतिक्रियाका क्रममा अध्यक्ष ओलीले भाइटीकाले दिदिबहिनीहरुसँग मिल्ने अवसर जुटाएको बताए । उनले हरेक चाडपर्वहरुको महत्व फरकफरक हुने भन्दै चाडपर्वहरुको संरक्षण र संवद्धर्न गर्न जरुरी रहेको बताए । उनले हजारौं वर्ष लगाएर संरक्षण गरिएका चाडपर्व र इतिहासहरुलाई सबै नेपालीहरुले संरक्षित गर्नु र संवद्र्धन गर्नु अहिलेको आवश्यक्ता भएको बताए । उनले आजको समय किंवदन्तीको नभइ, तथ्य र तथ्यांकको भएकाले चाडपर्वमा रहेका कमजोर पक्षहरुलाई हटाउनुपर्ने बताए ।

अध्यक्ष ओलीले नेपाली चाडपर्वहरु महत्वपूर्ण र विशेषताहरुले भरिएको भन्दै यसको संरक्षणमा जुट्न पनि आह्वान गरे ।

तपाइको प्रतिक्रिया
(Visited 66 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग अनुचित : अध्यक्ष ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९