कांग्रेसले आज निर्वाचन घोषणापत्र सार्वजनिक गर्ने

काठमाडौं । आगमी ४ मंसिरका लागि तय गरेको निर्वाचन प्रयोजनका लागि नेपाली कांग्रेसले आज निर्वाचन घोषणा पत्र सार्वजनिक गर्ने भएको छ । निर्वाचन घोषणापत्र बिना नै मत माग्न सुरु गरेको कांग्रेसको घोषणापत्र प्रधानमन्त्रीसमेत रहेको पार्टी सभापति शेरबहादुर देउवाले सार्वजनिक गर्नेछन ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार स्थानिय तह निर्वाचन प्रयोजनका लागि जारी गरेको घोषण पत्रमा केही थपघट गरी संकल्प प्रस्ताव तयार पारिएको छ । ‘निरन्तरतमा नविनता’ नाराका साथ संविधान कार्यन्वयन, लोकतन्त्रको सुदृढीकरण, संघीयताको सवलीकरणलाई प्राथमिकतामा राखिएको महामन्त्री शर्माले जानकारी दिए ।

तीन खण्डमा तयार पारिएको उक्त घोषणा पत्र तिहार अघि नै सार्वजनिक गर्ने भनिए पनि प्रावधिक कारण देखाउँदै आज सार्वजनिक गर्न लागिएको केन्द्रिय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 260 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

गाजा सम्झौता कायम रहने विषयमा ट्रम्प ‘विश्वस्त छैनन्’

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मतदाता शिक्षाको अभावमा वीरगञ्जमा ५३ प्रतिशत मत बदर