मध्य तराईका जलाशय बेहुली झैं सिँगारिदै

वीरगन्ज । एक पछि अर्को तरेली परेर आएका महान् पर्वहरु मध्ये तराईमा भव्य रुपले मनाइने छठ पर्वको अन्तिम तयारी जोडतोडका साथ गरिदै छ । सूर्यको उपासना गरी मनाइने यो पर्व पवित्रताको प्रतिकका रुपमा मनाइन लागेको हो ।

ब्रतालु हरेक घरका सबै सदस्य नयाँ बस्त्र धारण गरी खानामा समेत परेज ( सतर्कता ) अपनाई शुद्धाशुद्धी भएर पर्व मनाउँछन् । त्यसैले यति वेला मध्य तराईको वीरगन्ज लगायतका बजारमा लत्ताकपडा र आवश्यक सरसामान किन्न सर्वसाधारणको थामी नसक्नुको भीड बढेको छ । बजारमा घरेलु खाद्य पदार्थको विक्री बढी हुने भए पनि स्वदेशी सामानको पर्याप्तता नहुँदा आर्थिक भार थेग्न साह्रै गाह्रो भएको सर्वसाधारणले बताए । दशैं तिहारको भन्दा पनि अहिले आर्थिक भार बढी भएको यहाँका सवाधारणले बताए ।

छठपर्वमा सरसामान किन्नेको बजारमा थामी नसक्नुको भीड


अहिले पर्साको सदरमुकाम तथा मुलुककै आर्थिक नगरी वीरगन्ज बजारमा सरसामान किन्नेको भिड खपिनसक्नु भएको छ । आर्थिक नगरी वीरगन्जको सस्तो बजारका रुपमा चिनिने वीरगन्ज सिटी मार्केटमा त सर्वसाधारण प्रवेश गर्न सक्ने अवस्था समेत छैन । सर सामानको मुल्य भने गतबर्षको तुलनामा निकै आकासिएको त्यहाँ पुगेका सर्वसाधारणले बताए । बजारमा न कुनै बजार अनुगमन न त कसैको रेखदेख छ । त्यसैले पनि बजारमा मनपरी मूल्य छ । किन्नै पर्ने बाध्यताले सर्वसाधारणको ढाड सेकिएको उनीहरुको तर्क छ ।

यता व्यापारीहरुले भने बल्ल बर्षभरी कुरेर बसेको घाटा सन्तुलन भएको बताए । रेडिमेन्ट सामानको मात्र प्रायः बाहुल्यता रहेको वीरगन्जको सिटी मार्केटका व्यापारी नितेन्द्र साह तेलीले यो पटक बल्ल व्यापारीका लागि कायापलट भएको तर्क गरे । ‘यो पर्वका समयमा काठमाण्डौंदेखि यहाँ सम्मका प्रायः सबै व्यापारीको स्टकमाल खपत भयो’ उनले भने । त्यहिका गोविन्दा फेन्सिस्टोरका चन्दन कुमार रौनियारले पनि यो पटक बल्ल राम्रो व्यापार भएको बताए । अर्का व्यापारी पिन्टु रौरियारले पनि प्रफूल्ल हुँदै भने ‘राम्रो व्यापार भइरहेको छ ।’ वीरगन्ज सिटी मार्केटका संरक्षक पिन्टु रौनियारले पनि मुख्य बजारमाभन्दा कम फाइदामा सामान विक्री गर्ने सस्तो बजारका रुपमा रहेको वीरगन्ज सिटी मार्केटको विक्री निकै राम्रो भएको दावी गरे ।

रेडिमेन्ट लत्ताकपडा विक्री वितरण गर्ने प्रायः सबै व्यापारीको लागि यो पर्वका सिजनमा व्यापार सोचेभन्दा राम्रो भए पनि अन्य व्यापारीका हकमा ठिकै मात्र रहेको वीरगन्ज उद्योग बाणिज्य संघले जनाएको छ । महंगीको सन्दर्भमा भने राज्यको अनुदार नीति र आयातमुखी अर्थतन्त्रले सर्वसाधारणलाई पर्वका वेला निकै सकस भएको संघका अध्यक्ष सुवोध गुप्ताले बताए । सामानको बढि मूल्यको सबैभार अन्त्वतोगत्वा आम सर्वसाधारणको टाउकोमा नै परेको संघका पदाधिकारीहरुले तर्क गरे ।

जलाशय सिंगारिए

यता छठपर्वको महत्वपूर्ण दिन आइतबार सँझीया घाटका लागि पर्सा, बारा लगायत मध्यतराईका नदी, तलाउ, पोखरीहरु बेहुलीझैं सिंगारिएका छन् । पर्साको पनि सदरमुकाममा रहेको जिल्लाकै आकर्षणको केन्द्र विन्दु घडीअर्वा पोखरी परिसर पनि बेहुली झैं सिंगारिएको छ । यो पोखरी सिंगार्न टेन्ट पण्डाल सजावटी बत्ति र साउण्डमा मात्र ७ लाख २५ हजार खर्च गरिदै छ । यो पोखरी परिसरमा छठ पर्वलाई लक्षित गरी खोलिने पुरस्कार मात्र ५ लाखको तय गरिएको खडिअर्वा पोखरीस्थित छठ पूजा व्यवस्थापन समितिका अध्यक्ष हिरालाल साहले बताए । छठपर्व सम्पन्न गर्न यो पोखरिपरिसरमा २ सय जति सुरक्षाकर्मी र स्वयम् सेवक परिचालन गर्ने निर्णय भइसकेको पनि उनको भनाई छ ।

वीरगन्ज महानगरको समेत मुटुमा रहेको यो पोखरीमा हुने छठपर्वको भव्यताका लागि एउटा पोखरी साजसज्जा सहित सबै खर्च १६ लाख ४१ हजार लाग्ने अनुमान गरिएको अध्यक्ष साहले बताए । गतबर्ष पनि घडीअर्वा छठपूजा व्यवस्थापन समितिले यो पोखरीमा १४ लाख ३६ हजार ८ सय ८० रुपैयाको खर्च व्यवस्थापन गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 56 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

थापाथलीका सुकुम्वासीमाथि बल प्रयोग अनुचित : अध्यक्ष ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९