तीन महिनामा १८ अर्ब ६४ करोड नाफा १२ बैंकमा ह्रास

काठमाडौं । ‘क’ वर्गका २६ वटै वाणिज्य बैंकले चालू आर्थिक वर्षको पहिलो त्रैमासमा बैंकहरूको नाफा सामान्य रूपमा बढेको छ । बैंकहरूले साउन, भदौ र असोजमा १८ अर्ब ६४ करोड ६८ लाख नाफा कमाएका हुन् ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ५.९४ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको असोज मसान्तसम्ममा यी बैंकले १७ अर्ब ७० करोड ५७ लाख रुपैयाँ नाफा कमाएका थिए । तीन महिनामा बैंकहरूको निष्क्रिय कर्जा बढेका कारण नाफा बढेको देखिएको छ ।

वाणिज्य बैंकका अवस्था

राष्ट्रिय वाणिज्य बैंक, नेपाल इन्भेस्टमेन्ट बैंकको निष्क्रिय कर्जा घटेको छ भने सेन्चुरी कमर्सियल बैंकको स्थिर रहेको छ । यस अवधिमा सबैभन्दा बढी नाफा कुमारी बैंकले कमाएको छ । सो बैंकको निष्क्रिय कर्जा ०.४६ प्रतिशतबिन्दु बढेको छ ।

पहिलो त्रैमासमा औसतमा वाणिज्य बैंकले ७२ करोड रुपैयाँ नाफा कमाएको देखिएको छ । प्रथम त्रैमासमा एनआईसी एसिया बैंकले १ अर्ब ७५ करोड रुपैयाँ नाफा कमाएको छ ।

एनआईसी एसियाको नाफा पोहोरभन्दा ४८ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १८ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो ।

नबिल बैंकले १ अर्ब ५७ करोड रुपैयाँ नाफा गरेको छ । नेपाल बंगलादेश बैंकलाई गाभेपछि बैंकले पहिलोपटक एकीकृत नाफा सार्वजनिक गर्दै यति नाफा कमाएको हो ।

सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंकले प्रथम त्रैमाससम्ममा १ अर्ब २४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । बैंकको नाफामा साढे १८ प्रतिशतको वृद्धि भएको छ ।

सबैभन्दा फराकिलो वृद्धिदर कुमारी बैंकले लिएको छ । पोहोर असोजको तुलनामा ८५ प्रतिशत बैंकको नाफा बढेको छ । कुमारीले चालू आवको पहिलो त्रैमासमा १ अर्ब नाफा कमाएको छ । गत वर्षको सोही अवधिमा उसले ५४ करोड नाफा कमाएको थियो ।

यस अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले ६८ प्रतिशत नाफा बढाउँदै ८१ करोड नाफा जोडेको छ । नेपाल एसबीआई बैंकको नाफामा पनि ६७ प्रतिशतभन्दा बढ्दा १ अर्ब ७५ करोड नाफा आर्जन भएको छ ।

सिभिल बैंकले तीन महिनामा ४१ करोड कमाउँदा नेपाल इन्भेस्टमेन्ट बैंकले १ अर्ब १४ करोड नाफा जोडेको छ । हिमालयन बैंकले भने ५३ करोड नाफा कमाएको छ । सेन्चुरी बैंकले भने ३१ करोड नाफा कमाएको छ । बीओकेले पनि गत वर्षको तुलनामा १२ प्रतिशत नाफा बढाउँदै २८ करोड नाफा कमाएको छ ।

प्रभु बैंकले गत वर्षको भन्दा ७ कराड नाफा बढाउँदै ७० करोड पु¥याएको छ । १ अर्ब १८ करोड नाफा कमाएको ग्लोबल आईएमईले गत वर्षको तुलनामा ६ प्रतिशत बढी नाफा कमाएको छ ।

नाफामा ह्रास आउने बैंकहरूमा एनसीसी बैंक, सानिमा बैंक, लक्ष्मी बैंक, प्राइम कमर्सियल बैंक, एनएमबी, माच्छापुछ«े बैंक र नेपाल बैंक रहेका छन् । त्यस्तै, सिटिजन्स इन्टरनेसनल, मेगा बैंक, सिद्धार्थ बैंक, कृषि विकास बैंक र सनराइज बैंकको पनि गत वर्षको तुलनामा नाफामा कमी आएको छ ।

सनराइज बैंकको भने साढे ६२ प्रतिशतले बैंकको नाफामा ह्रास आएको छ । पोहोर ४३ करोड कमाएको बैंकले अहिले साढे १६ करोड रुपैयाँ मात्र कमाएको छ । सनराइजसँगै १२ बैंकहरूको खुद नाफामा गिरावट आएको छ ।

कुल खुद नाफामा वृद्धि भए पनि यस वर्ष गत वर्षभन्दा १२ बैंकहरूको खुद नाफा घटेको हो ।

यस वर्ष सर्वाधिक नाफा एनआईसी एसिया बैंकले गरेको छ भने गत वर्षको तुलनामा यस वर्ष कुमारी बैंकको नाफा सर्वाधिक वृद्धि भएको छ । एनआईसी एसिया बैंकले भने गत वर्षभन्दा यस वर्ष ४८ दशमलव ३१ प्रतिशत बढी १ अर्ब ७५ करोडभन्दा बढी खुद नाफा गरेको हो ।

गत वर्ष १ अर्ब ८७ करोडभन्दा बढी रहेको एनआईसी एसिया बैंकको सञ्चालन नाफा यस वर्ष २ अर्ब ५२ करोडभन्दा बढी रहेको छ । यस अवधिसम्म एनआईसी एसिया बैंकको वितरणयोग्य नाफा ४ अर्ब २० करोडभन्दा बढी रहेको छ ।

सबैभन्दा बढी प्रतिशतमा नाफा कमाउनेमा कुमारी बैंक रहेको छ । यस वर्ष कुमारी बैंकको नाफा ८५ दशमलव १९ प्रतिशत बढेको हो ।

बैंकको सञ्चालन नाफा गत वर्ष ७६ करोड ९४ लाखभन्दा बढी रहेकोमा यस वर्ष १ अर्ब ४३ करोडभन्दा बढी रहेको छ । सर्वाधिक खुद नाफा बढाएको कुमारी बैंकको वितरणयोग्य नाफा २६ करोड ४६ लाखभन्दा बढी रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 399 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

इलाममा गर्भवती विमलाको शव गाडिएको अवस्थामा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
दैलेखकाे आठविसमा एमालेका बडुवाल र थापा निर्वाचित