गुजरात पुल दुर्घटनाः मृतकमध्ये ४७ बालबालिका, ९ जना पक्राउ

नयाँ दिल्ली । आइतबार राति भारतको गुजरातमा एउटा झोलुंगे पुल चुँडिदा ज्यान गुमाउनेमध्ये ४७ बालबालिका रहेका छन् । ज्यान गुमाउनेमा एक दुई वर्षीय बच्चासमेत रहेका छन् । आइतबार छठको समयमा मानिसहरुको ठूलो समूह जम्मा भइरहेका बेला पुल चुँडिएको थियो ।

ब्रिटिशकालीन उक्त पुल पुनःनिर्माणको एक सातापछि चुँडिएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल चुँडिएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गे पुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिसहरु भेला भएका बेला चुँडिएको थियो ।

करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुनः खोलिएको थियो ।

यसैबीच, उक्त घटनासँग सम्बन्धित नौ जनालाई पक्राउ गरिएको गुजरात प्रहरी स्रोतले जनाएको छ। गुजरात पुल दुर्घटनाका लागि जिम्मेवार व्यक्तिहरू विरुद्ध प्रहरीले उजुरी गरेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 277 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

'गणेशमानले पोष्ट गरेको भिडियोमा सत्यता छैन'

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कैलालीमा चार पालिका प्रमुख जितेर ठूलो दल बन्दै रेशम चौधरीको उन्मुक्ति पार्टी