‘५० वर्ष नपुग्दै श्रीमान् गुमेकाले अर्को विवाह गर्नू’

काठमाडौं । अभिनेता सरोज खनालको सुझाव छ, ‘५० वर्ष नपुग्दै कुनै महिलाले श्रीमान् गुमाउँछन् भने त्यस्ता एकल महिलाले अर्को विवाह गर्नुपर्छ ।’

‘बगान’को प्रसंगमा राजधानीको जिज्ञासामा उनले थपे, ‘यदि यो उमेरमा मेरो निधन भएको खण्डमा मेरी श्रीमतीलाई अर्को विवाह गर्न अनुमति दिएको छु ।’ खनालले पहिलोपटक ‘बगान’बाट निर्देशनमा समेत हात हालेका छन् । आगामी १२ फागुनबाट देशव्यापी रिलिज हुने चलचित्रमा उनले ‘एकल महिलाले दोस्रो विवाह गर्नुपर्ने’ मुद्दा उठान गरेका छन् ।

यति मात्र हैन, अग्रज अभिनेता हरिवंश आचार्यको दोस्रो विवाहका लागि पनि आपूmले नै पहल गरेको खनालको कथन छ । ‘हरिवंश दाइको अहिलेकी श्रीमती नाताले मेरो भदैनी पर्छिन् । उनको पतिको दुर्घटनामा निधन भएपछि एकल भएकी थिइन् ।’

उता, पहिलो पत्नीको निधनपछि आचार्य पनि एकल भएको अवस्थामा विवाहका लागि पहल गरेको उनी सम्झन्छन् । ‘मसँगै वसुन्धरा भुसाल दिदीले दोस्रो विवाहका लागि दुवैसँग पहल गरेपछि उहाँहरू राजी हुनु भएको थियो,’ उनले भने, ‘यसरी रमिला र हरिवंशको दोस्रो विवाह गर्न प्रेरित गरेका थियौं ।’

हास्य अभिनेता आचार्यद्वारा अभिनित ‘महापुरुष’ले अहिले निकै राम्रो व्यापार गरिरहेको छ । चलचित्रमा उनले पत्नी गुमाएको एकल पुरुषको भूमिका निर्वाह गरेका छन् ।

‘हरिवंशले दोस्रो विवाह गरेजस्तै फिल्ममा पनि त्यस्तै गरेका छन् । ठिक त्यसैगरी बगानमा पनि हामीले एकल आमालाई उनीहरूको खुसीका लागि दोस्रो विवाह गरिदिनुपर्छ भनेर जोडदार आवाज उठाएका छौं,’ खनाल भन्छन् ।

जीवनका साढे तीन दशक लामो समय अभिनेताका रूपमा काम गरेका सरोजलाई यसअघि धेरै फिल्ममा निर्देशन प्रस्ताव आए तर गरेनन् । उनी निर्देशक बन्नुभन्दा पनि चलचित्रबाट समाज रूपान्तरण गर्न चाहन्थे । यही कारण निर्देशनमा उत्रिएको बताउ“छन्, उनी । ‘अहिले लाखौंको संख्यामा एकल महिला तथा आमा हुनुहुन्छ, बगानले उहाँहरूको दोस्रो विवाहको मुद्दा सशक्त रूपमा उठाउने भएकैले निर्देशन कार्य रोजेको हुँ,’ खनालको प्रस्टोक्ति छ ।

खनालको अभियानमा अग्रज कलाकार नीर शाहको पनि ठूलो देन छ । कथा मन परेपछि शाह ‘बगान’मा खेल्न तयार भए । यसअघि हरेक पटक एकल (विधवा) महिलाको ‘दोस्रो विवाह हुनुपर्छ’ भनेर आवाज उठाउँदै आएका शाह ‘बगान’मा भने त्यसको विरोधी भूमिकामा छन् ।

‘नीर दाइलाई यो भूमिका मन पर्दैन कि जस्तो लागेको थियो । तर, एकल महिलाको विवाह रोक्ने ती खलचरित्रको प्रतिनिधित्व गरेर म उनीहरूलाई केही सन्देश दिन्छु भनेर उहाँ बगान खेल्न तयार हुनुभयो,’ खनाल सम्झन्छन् ।

तपाइको प्रतिक्रिया
(Visited 235 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९