तोसिमाको उम्मेदवारी कायम राख्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । लाभको पदमा बसेको भन्दै निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा उम्मेदवार कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

कार्कीले निर्वाचन आयोगविरद्ध हालेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश डा. कुमार चुडालले उम्मेदवारी कायम राख्न अन्तरिम आदेश दिएका हुन् ।

तोसिमाले सोमबार निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन् । आयोगले प्रतिनिधिसभातर्फ ललितपुर ३ की उम्मेदवार डा कार्कीको मनोनयन खारेज गरेपछि त्यसविरुद्ध उनले उत्प्रेषण आदेश माग्दै सर्वोच्चमा रिट दिएकी हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय ललितपुरले विवरणसहित निर्णयका लागि पेस गरेकोमा आयोगले कार्कीको उम्मेदवारी खारेज गरेको थियो ।

तपाइको प्रतिक्रिया
(Visited 119 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्याङ्जा–२ सङ्घ र प्रदेश दुवैमा कांग्रेसको अग्रता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९