आवधिक निर्वाचन र कर्मशील शीर्ष नेता

सम्बन्धित क्षेत्र वा विषयवस्तुका ज्ञाता एवं विज्ञकै रूपमा चर्चित बनेका व्यक्तिमध्ये पनि उच्चतम एवं अग्रक्रममा पर्ने व्यक्तिलाई शीर्षस्थ व्यक्ति भनिन्छ । हरेक विषयवस्तुका वा क्षेत्र सम्बन्धित व्यक्ति शीर्षस्थ हुन सक्छन् । जस्तो शीर्षस्थ विद्वान्, शीर्षस्थ समाजसेवी, शीर्षस्थ लेखक, शीर्षस्थ कलाकार तथा शीर्षस्थ नेता आदि । शीर्षस्थता विषयवस्तुको ज्ञान र जनविश्वासको प्रभावमा आधारित रहने विशेषण हो । तर, समाजका अन्य विषयवस्तु सम्बद्ध व्यक्तित्व हालसम्म शीर्षस्थका रूपमा परिचित हुन सकेका छैनन् । तथापि, राजनीतिक क्षेत्रका भने दलगत केही अलग–अलगै शीर्षस्थ नेताका रूपमा चिनिएका व्यक्ति छन् ।

शीर्षस्थताको क्षेत्र पनि असीमित एवं व्यापक हुन्छ । सम्बन्धित विषयमा ख्याति प्राप्त गरेका प्रभावशाली र कदरयोग्य सर्वोत्कृष्ट व्यक्तिलाई मात्र शीर्षस्थको विशेषण प्रदान गरिने भएकाले यस्ता व्यक्ति राष्ट्रकै गौरवशाली व्यक्तित्व ठानिन्छन् । उनीहरू सर्वमान्य हुन्छन् । यस्ता व्यक्तिको शीर्षस्थता सम्बन्धित क्षेत्र र समूह विशेषसँग मात्र सम्बन्धित हुँदैन किनकि शीर्षस्थता आफैंमा सर्वव्यापी महŒवको हुन्छ । यस आलेखमा हाल राजनीतिक क्षेत्रमा शीर्षस्थ भनी परिचित हुँदै आएका केही व्यक्ति सम्बद्ध शीर्षस्थताका ’boutमा चर्चा गरिएको छ । बिपि कोइराला र गणेशमान सिंहपछि मुलुकको राजनीतिक क्षेत्रमा अन्य कोही शीर्षस्थ व्यक्ति देखापरेका छैनन् ।

केवल दलीय मान्यताका केही शीर्षस्थ व्यक्ति नै अहिले शीर्षस्थका रूपमा परिचित हुँदै आएका छन् । यसमध्ये राष्ट्रिय मान्यता प्राप्त केही प्रभावशाली दलमै हेर्ने हो भने नेपाली कांग्रेसमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादर देउवा, एमालेका अध्यक्ष पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललगायतका अन्य केही व्यक्ति दलीय शीर्षस्थ नेताका रूपमा चिनिन्छन् ।

तर, उल्लेखित शीर्षस्थ नेता राष्ट्रिय राजनीतिका सर्वमान्य शीर्षस्थ नेता भने होइनन् । आ–आप्mनो पार्टीले पार्टीगत मान्यता दिएका शीर्षस्थ नेता मात्रै हुन् । पछिल्लो समयमा पार्टीले मान्यता दिँदै आएका यिनै शीर्षस्थ नेताकै शीर्षस्थताउपर पार्टीभित्रै प्रश्न उठ्न थालेको छ । उनीहरूको शीर्षस्थताको आधार पनि उनीहरू आप्mनै व्यवहार र कार्यशैलीका कारण खस्कँदै गएको छ । यही पृष्ठभूमिमा हाम्रो राष्ट्रिय राजनीतिमा देखापरेका नकारात्मक कार्यशैली, शीर्षस्थताकै ’boutमा प्रश्न उठ्ने कारण, दलीय शीर्षस्थताबाट राष्ट्रिय राजनीतिकै शीर्षस्थ स्थानमा पुग्न नसक्नुका कारण तथा शीर्षस्थताको विशेषणलाई अक्षुण्ण राख्न अपनाउनुपर्ने राजनीतिक व्यवहार र कार्यशैलीका ’boutमा आलेखलाई केन्द्रित गरिएको छ ।

सत्ता हत्याउनकै लागि गरिने राजनीति वास्तविक विकासप्रेमी राजनीति हुनै सक्दैन । विकासप्रेमी राजनीति सत्ता ओगट्न मात्र केन्द्रित हुँदैन । विकासप्रेमी राजनीति त सधैँ जनहित र देश विकासको कार्यमा केन्द्रित रहन्छ । मुलुकको विकास र जनहितको कार्य एउटै सिक्काका दुई पाटाजस्तै हुन् । एकको अनुपस्थितिमा अर्काको अस्तित्व नै रहँदैन । संक्षेपमा विकास र समृद्धि भनिने यही विषयवस्तुको जड नै स्वच्छ र पारदर्शी राजनीति नै हो ।

शीर्षस्थ राजनीतिज्ञ बन्न राजनीतिक सागरको गहिराइमा पुगेर जनअपेक्षा पहिचान गरी पूरा गर्न सक्नुपर्छ

यसैले, शीर्षस्थ राजनीतिज्ञको कार्य क्षेत्र र उपस्थितिले सिंगो राष्ट्रकै विविध पक्षलाई समेटी सम्बोधन गरेको हुनुपर्छ । शीर्षस्थ राजनीतिज्ञमा सामान्य र सतही राजनीतिक ज्ञान मात्र होइन, देश र देशवासीकै ’boutमा गहन र विस्तृत अध्ययन एवं विश्लेषण गर्न सक्ने क्षमता हुनुपर्छ । अर्काको भरमा उभ्याइएको व्यक्ति शीर्षस्थ हुँदैन । यसर्थ, राजनीतिज्ञले जानकारी राख्नु नपर्ने कुनै विषयवस्तु नै हुँदैन । त्यसैले, ‘शीर्षस्थ राजनीतिज्ञ बन्न सहज छैन, राजनीतिक सागरमै डुब्नुपर्छ । गहिराइमा पुगेर मात्र हुँदैन, जनअपेक्षा पहिचान गरी पूरा गर्न सक्नुपर्छ ।’

यो नितान्त स्तम्भकारको निजी दृष्टिकोण मात्रै भएकाले सबैका निम्ति मान्य नहुन सक्ला । तथापि, सिंगो मुलुककै विविध पक्ष’bout गहन अध्ययन गर्ने, समस्या पहिचान गर्ने तथा समाधानार्थ आवश्यक पर्ने दीर्घकालीन कार्ययोजना लागू गराउँदै देश र जनताको जीवनस्तर उकास्ने खुबी भएको उदारवादी व्यक्ति शीर्षस्थ राजनीतिज्ञ मानिन्छ ।

हाल मुलुकमा कस्ता राजनीतिज्ञ छन् ? उनीहरू राष्ट्रिय राजनीतिका शीर्षस्थ व्यक्ति किन बन्न सकेनन् ? यस’boutमा पनि चर्चा गरौँ । मुलुकमा लोकतन्त्रको उदयसँगसँगै छलकपट, अस्वस्थ प्रतिस्पर्धा, दिग्भ्रमित प्रचार–प्रसार र स्वार्थ केन्द्रित राजनीति पनि क्रमशः मौलाउँदै आयो । आधारभूत राजनीति बुझेका केही सीमित व्यक्ति मात्र राजनीतिमा अगाडि आए । अधिकांश दलीय शीर्षस्थ नेताकै यसम्यान संसद्मा पु¥याइए । यो अवस्थामा कथित शीर्षस्थ नेताको मनोबल बढ्नु स्वाभाविक हो । यसपछि त शीर्षस्थ नेताकै निर्णय संसद्को निर्णय हुन थाल्यो ।

नेताको दृष्टिकोण र आदेश अक्षरशः पालन हुन थाल्यो । नेतामा स्वेच्छाचारिता बढ्दै गयो । अन्ततः सम्पूर्ण लोकतान्त्रिक प्रक्रिया नै शीर्षस्थ नेताकै हातमा आयो । सर्वोच्च जनप्रतिनिधिमूलक संस्था संसद्लाई नै लगाम लगाएर नेताले नै एकक्षत्र निर्णय गर्दै आए । शीर्षस्थ नेता आश्रित भक्तले नेताविरुद्ध आवाजसम्म उठाउन सकेनन् । यही पृष्ठभूमिमा नेताको स्वार्थले सर्वोच्च महत्व पाउँदै आयो । यसबाट देश र जनतालाई भन्दा नेतालाई फाइदा भयो ।

समष्टिमा राष्ट्रिय राजनीति नै नाफाखोरी बन्यो । कनिष्टदेखि वरिष्ठ नेता पनि लाभमा आशक्त बन्दै गए । यस्तो आर्जनमुखी राजनीतिमा उद्योगपति, व्यापारी, कालोबजारिया, तस्कर, भ्रष्ट, कमिसनखोर, ठेकेदारसमेतका व्यक्ति पनि नेतामा गनिन थाले । यस्ता छद्मभेषी नेताको व्यवहारले वास्तविक नेताकै मानमर्दन ग¥यो । भाषणको जुहारी, एकअर्काको आरोप–प्रत्यारोप तथा मौखिक विकासको गति त चुलिएर शिखरमै पुग्यो ।

तर, देशको विकास र जनताको हित भने हुन सकेन । नेताको यस्तो रवैया देखेर चिन्तित नहुने कोही भएन । नेताको स्वार्थसँग साझेदारी गर्दै आएका एवं नेताद्वारा पालितपोषित केही सीमित व्यक्ति, नेता आश्रित समूह र नकाबधारी राजनीतिज्ञको नाममा परिचित अपराधी भने नेताको पूजारी र भक्त बने । अन्य सर्वसाधारण सबै नेताको विकल्पमा एकत्रित बन्दै आए । यही जनदृष्टिकोणले काठमाडौंमा बालेन साहको र धरानमा हर्क साम्पाङको उदय गरायो ।

मेयर बालेन साहले छोटो समयमा गरेको धेरै कार्यले काठमाडौंवासीलाई मात्र होइन देशवासीलाई नै प्रभावित बनाएको छ । नेतृत्व स्वच्छ, पारदर्शी र कर्मशील भए विकास र समृद्धि वीरबलको खिचडी हुँदैन भन्ने कुरा बालेन साहको कार्यले पुष्टि गरेको छ । मुलुकमा अहिले चाटुकार होइन, कर्मशील र विकासप्रेमी नेताको आवश्यक छ । प्रधानमन्त्री हुँदा दल, नेताको सहयोगी एवं आश्रित समूहको, चाकडीदारको, दलीय नेता कार्यकर्ताको, आर्थिक लाभको स्रोत मानिने उद्योगपति, व्यापारीको, भ्रष्ट, तस्कर मात्र होइन, अपराधीकै प्रधानमन्त्रीका रूपमा चिनिएका तर सिंगो राष्ट्र र जनताको प्रधानमन्त्री बन्न नसकेका स्वार्थी र स्वेच्छाचारी व्यक्तिको कार्यशैलीबाट सर्वसाधारण नागरिक अहिले आजित बनेका छन् । यसर्थ, जनता अहिले नयाँ प्रधानमन्त्रीको खोजीमा छन् । नयाँ उत्साहित एवं कर्मशील व्यक्तिले देश चलाएको हेर्न लालायित छन् । कर्मशील व्यक्तिलाई सत्ता सुम्पन आतुर छन् ।

कर्मशील शीर्षस्थ व्यक्तिलाई आगामी निर्वाचनमा छानेर संघीय एवं प्रदेश संसद्मा पु-याउन आम मतदाताले विशेष ध्यान पु-याउनुपर्छ

प्रधानमन्त्री बनिसकेका अहिलेसम्मका व्यक्तिको कार्य जनमुखी नभएको मूल्यांकन जनताले गरिसकेका छन् । त्यस्ता व्यक्तिलाई विस्थापित गर्न सर्वसाधारण नागरिक नै अहिले एकत्रित बन्दै छन् । जनताको हित र देशको विकास परम्परागत प्रवृत्तिको स्वेच्छाचारी र लाभमुखी व्यक्तिबाट हुन सक्दैन भन्ने कुरा जनताले बुझिसकेका छन् । त्यस्ता व्यक्ति कामकार्यका शीर्षस्थ होइनन्, लाभ र स्वार्थका शीर्षस्थ हुन् भन्ने कुरा उनीहरूकै कार्यशैलीले प्रमाणित गरिसकेको छ ।

पुनः उनीहरूकै हातमा राज्य सत्ता पु¥याइएमा मुलुक डुब्छ भन्ने कुरामा जनता सचेत देखिएका छन् । मुलुकलाई अहिले परम्परागत प्रवृत्तिका रैथाने स्वार्थी व्यक्ति होइन, कर्मशील शीर्षस्थ व्यक्तिको आवश्यकता छ । मेयर बालेन साह शैलीकै इमानदार नेता राष्ट्रिय राजनीतिमा स्थापित भए मात्रै मुलुकमा सुधार आउँछ । राष्ट्रिय राजनीति नै स्वच्छ पारदर्शी र सुधारवादी भए परिवर्तन आउन समय लाग्दैन भन्ने कुरा पनि हर्क साम्पाङ र बालेन साहकै कार्यशैलीले पुष्टि गर्दै आएको छ ।

शीर्षस्थता विविध विषय र क्षेत्रसँग सम्बन्धित हुन्छ भन्ने कुरा माथि नै उल्लेख भइसकेको छ । यसमध्ये पनि राजनीतिक शीर्षस्थता अन्य सबै शीर्षस्थताको जड अर्थात् जननी मानिन्छ । किनकि, राजनीतिक शीर्षस्थताभित्रै अन्य शीर्षस्थताको उदय हुने, राजनीतिक शीर्षस्थताले नै त्यसको पालनपोषण र संरक्षण गर्ने, हुर्काउने, बढाउने तथा फुलाउने, फलाउने कार्य गर्छ । यसर्थ, अन्य शीर्षस्थताको जड राजनीतिक मानिन्छ । यस अर्थमा राजनीतिक शीर्षस्थताको दृष्टि नपुग्ने, जानकारी नलिने, अनुगमन र मूल्यांकन नगर्ने राज्यको कुनै क्षेत्र नै हुँदैन ।

मुलुकको विकास र समुन्नतिभित्र पर्ने महत्वपूर्ण क्षेत्रमध्ये आर्थिक क्षेत्र, सामाजिक क्षेत्र, यस्तै सांस्कृतिक, शैक्षिक, औद्योगिक, परराष्ट्र र कुटनीति, प्रशासनिक एवं राजनीतिक क्षेत्र अग्रस्थानमा पर्छन् । यसमध्ये पनि राजनीतिक क्षेत्रले अन्य विविध क्षेत्रलाई संरक्षण र संवद्र्धन गर्नुपर्छ । शीर्ष राजनीतिज्ञले सबै क्षेत्रको गहन अध्ययन, अनुगमन र विश्लेषण, संरक्षण संवद्र्धन गर्ने शीर्षस्थ नेतृत्व सबै क्षेत्रको ज्ञाता हुन आवश्यक छ । सतही ज्ञान मात्र भएको व्यक्तिले विषयवस्तुको अन्तरसम्बन्धित रहस्य, नकारात्मक पक्षको पहिचान तथा सुधारका निम्ति अवलम्बन गर्नुपर्ने प्रक्रियाका ’boutमा जानकारी लिन सक्दैन । सम्बन्धित क्षेत्रको ज्ञान नभएको व्यक्तिले सुधार गर्न सक्ने अवस्था हुँदैन । पद ओगट्नु मात्र राजनीतिक सफलता होइन । विकृतिको अन्त्य र सुधारको अनुभूति राजनीतिक उपलब्धि हुने भएकाले अनपढ व्यक्ति राजनीतिका लागि योग्य हुँदैन ।

तल्लो तहको सरकारी सेवामा प्रवेश गर्न सामान्य लेखपढ गर्न सक्ने भए पुग्ने साविकको व्यवस्था अहिले आठ कक्षा उत्तीर्ण हुनैपर्ने भएको छ । तर, राज्य सञ्चालन गर्ने राजनेता बन्न, राष्ट्रप्रमुख बन्न तथा कार्यकारी प्रधानमन्त्री हुन कुनै शैक्षिक योग्यता नै चाहिँदैन । अनपढ व्यक्ति पनि राष्ट्रपति बन्न सक्छ । त्यस्तै, पदासीन अनपढ व्यक्तिलाई सल्लाहकार र सहयोगीहरूले नै बद्नाम गराउँदै आएका छन् । अनपढ व्यक्तिले समाजको विविध क्षेत्रदेखि राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रसम्मको बृहत्तर अवस्था कसरी बुभ्mलान् ? यो सार्वजनिक सरोकारको गम्भीर सवाल हो । अहिले त सामान्य लेखपढ गर्न सक्ने वा सालेप भन्नाले बीए वा स्नातक तहको अध्ययनलाई लिनुपर्छ । यसैको अनुपातमा विविध क्षेत्रको गहन अध्ययन गर्ने दक्ष, मुलुक’boutको ज्ञाता, कर्मशील, इमानदार व्यक्ति मात्र नेता बन्न लायक हुन्छ । यस्तै व्यक्तिमध्येबाटै विकास र समृद्धिमा लागिपर्ने सबैभन्दा दक्ष, जनविश्वास प्राप्त व्यक्ति नै शीर्षस्थ राजनीतिज्ञ भन्न लायक हुन्छ ।

यसैले, छलकपट, स्वार्थ र लुटको शीर्षस्थ होइन, अहिले मुलुकको विकास र जनताको हित गर्ने दक्ष, योग्य र इमानदार व्यक्तिको आवश्यकता मुलुकमा खड्केको छ । काठमाडौंका मेयर बालेन साह र धरानका हर्क साम्पाङ यसैको उपज हुन् । यस्तै कर्मशील शीर्षस्थ व्यक्तिलाई आगामी निर्वाचनमा छानेर संघीय एवं प्रदेश संसद्मा पु-याउन आम मतदाताले विशेष ध्यान पु-याउनुपर्छ ।

तपाइको प्रतिक्रिया
(Visited 204 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमभित्र ‘पावर सेयरिङ’ बैठक तीब्र

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९