अनमोलको ‘२.० छड्के’ १९ फागुनमा

काठमाडौं । अभिनेता अनमोल केसीले नयाँ चलचित्र ‘२.० छड्के’मा ग्याङ स्टारको भूमिका निर्वाह गरेका छन् । बिगतको सिनेमा भन्दा फरक शैलीमा प्रस्तुत भएका अनमोलको यो चलचित्रको रिलिज मिति सार्वजनिक गरिएको छ । यो चलचित्रलाई आगामी १९ फागुनबाट देश विदेशका सिनेमा हलमा रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

चुपचाप छायांकन गरिएको यो चलचित्रको रिलिज मितिसँगै फस्ट लुक्सका रूपमा पोस्टर पनि सार्वजनिक गरिएको छ । पोस्टरमा अभिनेता अनमोल ग्याङस्टर लुक्समा प्रस्तुत भएका छन् ।

यो चलचित्रमा निगम श्रेष्ठको लेखन तथा निर्देशन रहेको छ । यो चलचित्रमा अनमोल केसीसँगै रोविन तामाङ, कमलमणि नेपाल, सिर्जना सुब्बालगायतको मुख्य भूमिका छ । यसअघि छड्के निर्माण गरेको निगमले त्यसको दोस्रो शृंखलाका रूपमा ‘२.० छड्के’ तयार गरेका हुन् ।

चलचित्रको छायांकन चितवन र मुस्ताङमा गरिएको निर्देशक निगमले बताएका छन् । ग्याङस्टार जनराको यो फिल्म बदलाको भवनामा केन्द्रित रहेको पनि उनको कथन छ । यो चलचित्रलाई प्रशान्त गिरी, देवकुमार श्रेष्ठ र लक्ष्मण काप्mलेले निर्माण गरेका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 60 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९