देशलाई अझै बिगार्ने कि सिँगार्ने ?

अहिले नेपालको राजनीति सीमित व्यक्ति र समूहको हितमा मात्र सीमित छ । विगत लामो समयदेखि आधा दर्जन नेतागणले राज्यसत्ता कब्जा गरिरहेका छन् । यिनीहरू एकआपसमा यो वा त्यो रूपमा लडिरहेका छन् । यिनीहरूमा द्वन्द, कलह, गुट, फुट र स्वार्थ हाबी छ । जनता साँढेको जुधाइ बाछाको मिचाइमा छन् । राज्यको ढंग र राजनीतिक दलहरूको कार्यशैली देख्दा आम जनता वाक्कदिक्क भएका छन् । यिनीहरूको कार्यशैलीलाई इनफ इज इनफ भन्ने तहसम्म पुगेको छ । नेपाली समाजले अहिलेको नेतृत्वको कार्यशैली र असक्षमतालाई अब त अति भो ! भन्ने गरेको भए तापनि मतदान गर्ने दिन उही रुख, सूर्य, हँसिया हथौडातिर नै छाप लगाएको देखिन्छ । राजनीतिक दलहरूले गाउँस्तरसम्म भातृ संगठनहरूको सञ्जाल फैलाएकाले निर्वाचनमा नयाँ दल वा सक्षम व्यक्तिको हातमा राज्यसत्ता जान सकेको छैन । यस सन्दर्भमा अस्तित्वमा रहेका दलका शीर्ष भनिनेहरू निकम्मा भएकाले देशलाई अहिलेको अवस्थाभन्दा अझै बिगार्ने हो भने पुरानै दलका यिनै असक्षमलाई मतदान गरौं । देशलाई सिँगार्ने हो भने राजनीतिक दल वा व्यक्ति विशेषको छनौट गर्दा मतदाताको सोच बदलिन जरुरी छ । सक्षमलाई मतदान गर्न अनिवार्य भएको छ ।

नेतृत्वको चयन समाजको चेतनाअनुसार नै हुने गर्छ । हाम्रो देशको सन्दर्भमा हेर्दा उक्त भनाइ सार्थक देखिन्छ । अहिले सहरी क्षेत्रका मतदातामा ठिक र बेठिक छुट्याउन सक्ने क्षमताको विकास भएको देखिन्छ । तथापि, आम मतदाताको राजनीतिक दलहरूसँगको मायाजाल अत्यन्त गहिरो छ । यो मायाजालले देश बर्बाद बनाएको छ । नेपाली समाजको विडम्बना के छ भने सबैले परिवर्तन चाहन्छन् । विकास चाहन्छन् । राज्यका अत्यन्तै गैरजिम्मेवार कार्यको विरुद्धमा आवाज बुलन्द पनि पारेको सुनिन्छ । तर, जब निर्वाचन आउँछ अनि उनै असक्षम एवं भ्रष्टलाई मत दिन्छन् । विगत तीन दशकदेखि उही असफल नेतृत्व, उही भ्रष्ट व्यक्ति वा विदेशीको इसारामा नाँच्ने कठपुतली नेतालाई सत्तामा पु¥याएको इतिहास छ ।

नेपाली जनताले कहिले नेपाली कांग्रेस, कहिले एमाले र कहिले माओवादीलाई मतदान गरी पालैपालो सत्तामा पु-याएको इतिहास छ

त्यसो त नेपाली जनताले कहिले नेपाली कांग्रेस, कहिले एमाले र कहिले माओवादीलाई मतदान गरी पालैपालो सत्तामा पु¥याएको इतिहास छ । यिनीहरू सबै जुन जोगी आए पनि कानै चिरेका जस्ता प्रमाणित भए । वृद्ध नेताहरू दलको शीर्ष स्थानमा भएकाले राजनीतिमा पनि पुरानो कार्यशैली रह्यो । प्रजातन्त्रका लागि लामो सङ्घर्ष गरेका पुराना दलका नेताहरू अहिले व्यक्तिगत स्वार्थ, पद, प्रतिष्ठा र पैसाका लागि भिडिरहेछन् । जनताले केही व्यक्तिको सत्ताको सङ्घर्षका समाचार, गठजोड, भ्रष्टाचार, ढुकटीको दोहनबाहेक विकास, समृद्घि र विधिको शासनका कुरा सुन्न, देख्न र अनुभव गर्न पाएका छैनन् । देश र जनताका पक्षमा काम गर्ने दृष्टिकोण नै नभएका नेतागण र दास मनोवृत्ति भएका कार्यकर्ताका कारण मुलुक राजनीति दुष्कर्मको भुमरीमा रुमलिरहेको छ । देशलाई माया गर्ने सचेत नागरिकहरूको मन सिसाझैं चर्किएको छ । आधा दर्जनको संख्याका नेताको कुबुद्धिका कारण नेपालीहरूले दुःख पाइरहेका छन् । तसर्थ, मतदाताले भ्रष्ट, असक्षम र पीडक राजनीतिकर्मीहरूलाई पाखा लगाउन अवसर आएको छ । यसै गरांै ।

बिहानीले दिउँसोको संकेत गर्छ भनेझैं गणतन्त्रका १६ वर्षमा अहिलेको नेतृत्वले गरेका काम र यिनीहरूको क्षमताले भविष्यको प्रस्ट संकेत गर्छ । हरेकपटक बन्ने सरकार अनेक प्रकरणमा मुछिने गरेको इतिहास साक्षी छ । २०७४ सालको आम निर्वाचनपछि मतदाताहरूको अब त केही हुन्छ कि भन्ने अपेक्षा थियो । परन्तु, जनचाहनामा तुसारापात भयो । राजनीतिक दलहरूमा तिक्तता, कुण्ठा, इष्र्या, आडम्बर, आग्रह, पूर्वाग्रह, गुट, फुट, विभाजन, भ्रष्टाचार, कमिसन, परिवारवाद हुँदै विदेशीको इसारामा नाँच्ने कठपुतलीको भूमिका रही कुशासक बन्नेबाहेक देश र जनताका लागि काम गरेको देखिँदैन । यिनीहरूले देशको शिक्षा, स्वास्थ्य, प्रशासन, बाटाघाटालगायतका हरेक क्षेत्र लथालिंग बनाएका छन् । महंगीले आकाश छोएको छ । यही हो लोकतान्त्रिक भनिने सरकारले गर्ने कार्य ? लोकलाज हँुदैन ? देशको माया छैन ? जनतालाई खिसिट्युरी गर्ने ? अनि मतदाताहरूले यस्तो नेतृत्वलाई फेरि मतदान गरेर देशलाई अझै बिगार्ने ? हरेक नागरिकले सोच्ने बेला आएको छ ।

यो देशको विडम्बना के छ भने ठूलो संख्यामा नागरिकहरू स्वतन्त्र छैनन् । राजनीतिक दलहरूका भातृ सङ्घसङ्गठनहरू देशव्यापी रूपमा सङ्गठित छन् । शिक्षक, प्राध्यापक, कर्मचारी, डाक्टर, वकिल, नागरिक समाज, बुद्धिजीवी, व्यापारी, व्यवसायीलगायतका नागरिकहरू कुनै न कुनै दलमा आस्था राख्छन् । समाजको पढेलेखेका, जानेबुझेको तप्का पनि दलहरूसँगको मायाजालमा फसेको देखिन्छ । यिनीहरूको मायाजालले गुण र दोषको आधारमा दलसँग सम्बन्धविच्छेद नगर्दासम्म नयाँ राजनीतिक दल वा योग्य व्यक्ति विशेषलाई सत्तामा पुग्न सजिलो छैन । यसरी हेर्दा प्रजातन्त्रलाई जनताद्वारा नै बिगार्ने कार्य भइरहेको देखिन्छ । अब यस्तो नहोस् ।
देश हामी सबैको हो । यहाँ कोही व्यक्ति वा राजनीतिक दलको आलोचना वा पूर्वाग्रह होइन । केवल देश बनाउन सक्षम दृष्टिकोण भएको सक्षम राजनीतिक दल र व्यक्ति देशको आवश्यकता हो । सबैको चाहना हो । यो साझा चाहनालाई पूरा गर्न सबैको विवेक आवश्यक पर्छ । तसर्थ, इतिहासको मूल्याङ्कन गरौं । भविष्यको आँकलन गरौं । अनि, मतदान गरौं । लोकतन्त्रका नाममा देश नबिगारौं ।

मुलुकमा राजनीतिक व्यवस्था बदलिए पनि नीति निर्माण गर्ने तहमा रहेका नेतागण कपट, बेइमान, आत्मकेन्द्रित भएकाले जनताको अवस्था बदलिएन

२०७४ सालको आम निर्वाचनपछाडि नागरिकहरू राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको पर्खाइमा रहेका थिए । तर, दलका नाइकेहरू आन्तरिक शक्ति सङ्घर्षमा लागे । कमाउ धन्दामा लिप्त भए । जनआवाज सुनेनन् । यिनीहरूले राजनीतिलाई सत्ता उपभोगको साधन मात्र सोचे । अभ्यास गरे । २०७२ सालको नेपालको संविधानमा विकासको मूल फुटाउने नाममा एकात्मक राज्य प्रणालीलाई सङ्घात्मकतामा लगियो । अनावश्यक प्रान्तहरू निर्माण गरी जनप्रतिनिधि तथा कर्मचारी बढाएर देशको ढुकुटी स्वाहा पार्ने काम भयो । शासकीय शैली झन्झन् झन्झटिलो बनाइयो । सङ्घीयताको आर्थिक बोझले देशको अर्थतन्त्र धान्न नै नसक्ने अवस्थामा पु¥याइयो । यस्तो राजनीति कर्म गर्ने प्रथम नाइके माओवादी र यिनीहरूको एजेन्डा बोक्ने कांग्रेस र एमालेको कारण देश भद्रगोल भएको छ । यिनीहरूको राजनीतिक सञ्जालबाट बाहिर आउन सक्ने नेपाली समाजको चेतना देखिँदैन । यिनै दलभित्रबाट असल व्यक्तिको खोजी, वैकल्पिक दलमा मतदान र देशलाई आजको अवस्थामा पु-याउने आधा दर्जनको संख्यामा रहेका असफल नेतागणलाई राजनीतिबाट बिदा नगरी देशको प्रगति असम्भव रहेको जानकार बताउँछन् । जानकारहरूका कथनका पछाडि थुप्रै प्रमाण छन् । यस सन्दर्भमा मतदाताले भ्रष्टहरूलाई किनारा लगाउनै पर्छ । यसो गरिएन भने मुलुकलाई मतदाताले नै बिगारेको ठहर्नेछ । मुलुक अझै बर्बाद हुनेछ ।

देशलाई कमजोर बनाउने, जनतालाई गरिब बनाउने, युवालाई बेरोजगार बनाउने, किसानलाई रुवाउने, सत्तामुखी राजनीति गर्ने र आप्mनो दुनो सोझाउने सीमित नेताको चव्रmव्यूहमा सिंगो मुलुक फसिरहेको छ । देशलाई नेताहरूको व्यक्तिगत टकराब र स्वार्थको वरिपरि रोटेपिङजस्तो कहिलेसम्म घुमाइरहने ? यो मुलुकका सचेत नागरिक, लेखक, विश्लेषक, प्रबुद्घ वर्ग, प्राज्ञिक क्षेत्रका व्यक्ति एवं व्यक्तित्वले मतदातालाई सचेत बनाउन भूमिका खेल्नपर्ने बेला आएको छ । राजनीतिक घटनाक्रमहरू नितान्त व्यक्तिगत र समूहगत स्वार्थको नांगो नाचका रूपमा विकसित भइरहेका छन् । अहिलेको नेतृत्वले न त आप्mनो दल चलाउन सकेको छ, न त राज्य र यसका संयन्त्र नै । केही नेताको कार्यशैलीले लोकतन्त्रको साख घटाएको छ । कुनै पनि व्यवसाय नभएका नेताको काठमाडांैमा घरघडेरी, गाडी, बंैक ब्यालेन्स वा ऐसआरामको जीवन छ । अरबौं रुपियाँका भ्रष्टाचार, कमिसनलगायत देशको आर्थिक ढुकटी कब्जा गरेका यिनीहरूसँग न त देश विकास गर्ने भिजन छ, न त इच्छाशक्ति नै । अनि फेरि पनि यिनीहरूलाई मतदान गर्ने ?

मुलुकमा राजनीतिक व्यवस्था बदलियो तर यहाँका निर्णायक ठाउँमा रहेका नेतागण कपट, बेइमान, आत्मकेन्द्रित भएकाले जनताको अवस्था बदलिएन । विधि नमान्ने, गुट चलाउने, आर्थिक चलखेल गर्ने, सुविधामा रमाउने, संवैधानिक निकायहरू कब्जा गर्ने, निम्नस्तरको बोली व्यवहार प्रदर्शन गर्ने, अलोकतान्त्रिक आचरण देखाउने, विदेशीहरूसँग लम्पसार पर्ने नेताहरू नै यो मुलुकको समस्या हो । राजनीतिक दलहरूमा मौलिक सिद्घान्त, निष्ठा, जबाफदेहिता भन्ने नै देखिँदैन । त्यसैले, यो निराशालाई भोटमार्फत निराकरण गरौं । जनतालाई निराश बनाउने राजनीतिक पीडकहरूलाई भगाऔं । सक्षमहरूलाई जिता‌‌आैं ।

तपाइको प्रतिक्रिया
(Visited 73 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९