अमेरिकामा नेपाल सम्वत मनाइयो

फिलाडेल्फिया । नेवाः अर्गनाइजेशन अफ अमेरिका नर्दन क्यालिफोर्नियाद्वारा नेपाल सम्वत ११४३ को अवसरमा न्हुँदा भिन्तुना तथा म्हः पूजा कार्यक्रम सम्पन्न गरेको छ ।

नेवाः अर्गनाइजेशन क्यालिफोर्नियाका सचिव सुरज मालीका अनुसार शान्तारोजा सहरमा आयोजना गरेको कार्यक्रममा नेवारी संस्कृति झल्किने गीत, संगीत र खानासमेतको व्यवस्था गरिएको थियो ।

झन्डै ३ सय जना विभिन्न क्षेत्रका व्यक्तित्वको उपस्थितिमा सो कार्यक्रम मनाइएको थियो । कार्यक्रममा नेपाली, भारतीय र गैरनेवारी समुदायका व्यक्तित्वको उपस्थिति रहेको थियो । सो कार्यक्रममा म्हः पूजा र लाखे नाँचले नेपालकै सम्झना गराएको सामाजिक कार्यकर्ता रविसिंह बस्नेतले बताए ।

विदेशमा बसे पनि नेपाली कला संस्कृतिको निरन्तरता दिनेमा आफूहरु लागिपर्ने अर्गनाइजेशनका अध्यक्ष देवेन्द्र श्रेष्ठ एवम् अध्यक्ष बुद्ध महर्जनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 120 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देही १ बाट एमालेका छविलाल विश्वकर्मा निर्वाचित, घनश्याम भूसाल पराजित

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९