आचार संहिता पालनामा सबैको ध्यान जाओस्

निर्वाचन आचार संहिताअनुसार मतदानका लागि बाँकी रहेका अबका केही दिन दलहरूको निर्णायक प्रचारप्रसारको दिन हुनेछन् । निर्वाचन आयोगको खर्चको सीमाभित्र रहेर र आयोगसँग आवश्यक अनुमति लिएर राजनीतिक दल र तिनका नेताहरू देश दौडाहामा जान थालेका छन् । यसरी देश दौडाहामा जाँदा पनि नेताहरूले पारदर्शी किसिमले आप्mना प्रचार कार्यक्रम सम्पन्न गर्न सक्नुपर्छ ।

यसबीचमा ठूला ठूला सभा र ¥यालीका आयोजना हुनेछन् । यसरी ¥याली र सभाको आयोजना गर्दा निकै सभ्य किसिमले आयोगले जारी गरेको निर्वाचन आचार संहिताको परिधिभित्र रहेर सम्पन्न गर्नुपर्छ । तडकभडक र अत्यधिक खर्चिलो कार्यक्रम गर्नु हँुदैन । निर्वाचन आयोगले पनि दल र नेताहरूलाई कार्यक्रम गर्न अनुमति दिइएको भन्दै छाडा छाड्नु हँुदैन । उनीहरूका हरेक गतिविधिमाथि सूक्ष्म निगरानी र अनुगमन गर्नुपर्छ ।

निर्वाचन नजिकिँदै गरेको भएपछि जनतामा निर्वाचनप्रति उत्साह जोस र जाँगर खासै देखिन सकेको छैन । त्यसैले, पनि अब राजनीतिक दलहरूले आम जनतालाई निर्वाचनप्रति उत्साह जगाउने किसिमले प्रचारप्रसार अभियानलाई व्यापक बनाउन सक्नुपर्छ । चुनावी माहोल जति धेरै सिर्जना गर्न सकिन्छ, त्यति नै बढी भोट खस्ने अवस्था रहन्छ । निर्वाचन आयोगले पनि मतदाता शिक्षा कार्यक्रमलाई देशव्यापी बनाएर धेरैभन्दा धेरै नागरिकलाई भोट हाल्न जाने वातावरण बनाउन सक्नुपर्छ ।

बिहीबार १७ कात्तिकदेखि देशव्यापी खुला प्रचार सुरु भएकाले पनि यस अवधिमा धेरैभन्दा धेरै आचार संहिता उल्लङ्घनका घटना घट्न सक्छन् । आचार संहिता उल्लङ्घनका घटना पनि नयाँ नयाँ हुन सक्छन् । निर्वाचन आयोगले यसका ’boutमा आवश्यक ध्यान पु¥याउनै पर्छ । आचार संहिता उल्लङ्घन गर्नेलाई नागरिक तहबाट पनि आवश्यकताअनुसार सचेत पार्नुपर्छ ।

सूचना तथा सञ्चारको जमाना भएकाले सामाजिक सञ्जाल तथा पत्रपत्रिका र श्रव्यदृश्यबाट जनताबीचमा केही प्रचारप्रसार भने पुगिसकेको छ । यद्यपि, दलहरू आप्mनो घोषणापत्र लिएर बल्ल जनतासमक्ष पुग्न थालेका छन् तर जनता पहिलेका जस्ता छैनन् । घोषणापत्रको कृत्रिम र गुलियो चास्नीमा जनता भुल्ने छैनन् । उनीहरू अहिले आफैं पार्टीका मानिस, आफंै प्रचारकर्ता, आफंै संगठक र आफंै आलोचक तथा समीक्षकको हैसियतमा छन् । ‘आँ.. गरे अलङ्कार बुभ्mने’ हैसियतमा छन् उनीहरू ! उनीहरू अहिले राजनीतिक दलहरूले जे भन्यो, त्यही नपत्याउने र अन्य सम्बन्धित पक्ष र निकायहरूले के भन्छन् भनेर चासो दिने र तुलनात्मक अध्ययन गर्नसक्ने हैसियतमा छन् ।

यति मात्र होइन कि, राजनीतिक दलहरूले के गर्न हुने र नहुने भन्ने कोणबाट जनताले आचार संहिता कोट्याएर समालोचनात्मक तरिकाले हेर्न र व्याख्या गर्न थालिसकेका छन् । वास्तवमा आचार संहिता जनहितका लागि हो । किनकि, यो निर्वाचन, मतदान, जनमत र यसको परिणामसँग जोडिएर आएको छ । राजनीतिक दलहरूले मिच्न खोज्ने, निर्वाचन आयोगले सीमा देखाउन र खबरदारी गर्न खोज्ने दुवै कुरालाई जनताको चासो, चिन्ता र सहभागिताले सन्तुलनमा ल्याउन सक्नुपर्छ ।

जनताको जनमत भनेको कनै पनि लिखित धारा वा विधा होइन । यो निकै चलायमान, क्रियाशील र परिवर्तनीय हुन्छ । यसले उच्च लचकताका साथ समयानुकूल कदम पनि चाल्न सक्छ । तर, यसका लागि जनतालाई स्वतन्त्र परिवेश स्थापना गरिनुपर्छ । कुनै किसिमको धाक, धम्की, लोभ प्रलोभन पार्नु हुँदैन । राजनीतिक दल तथा सबै उम्मेदवारले आचार संहिता पूर्ण रूपमा पालना गरेको खण्डमा जनताले पनि आफ्नो मत र विवेक प्रयोग गरेर निर्धक्कका साथ मतदान गर्न सक्नेछन् । त्यसैले, आचार संहिताको पालना र कार्यान्वयनमा सबै पक्षको ध्यान जान जरुरी छ ।

तपाइको प्रतिक्रिया
(Visited 175 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

शेरको सवारी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महानगरका मेयर उम्मेदवारले ७ लाख ५० हजार रुपैयाँ मात्रै खर्च गर्न पाउने