सन्दीप लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस


काठमाडौं । नेपाली क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा आज पनि थुनछेक बहस हुने भएको छ ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा बुधबार र बिहीबार थुनछेक बहस भए पनि नसकिएपछि आज फेरि बहस हुन लागेको हो । बिहीबार सन्दीपका तर्फबाट वरिष्ठ अधिवक्ताहरू कृष्ण सापकोटा,सविता भण्डारी, लव मैनाली, रमन श्रेष्ठ र अधिवक्ता सुवास पाठकले बहस गरेका थिए ।

प्रहरीले सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेको थियो । मंगलबार सन्दीपको बयान गराइएको थियो ।
बहस सकिएपछि थुनछेक आदेश जारी हुनेछ। अदालतले मुद्दाको पुर्पक्षका लागि सन्दीपलाई थुनामा पठाउने कि धरौटी वा साधारण तारेखमा राख्ने भन्ने आदेश जारी गर्नेछ । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा उनी पक्राउ परेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 107 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्याङ्जा क्षेत्र नं २ बाट धनराज गुरूङ विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९