Monday, July 26, 2021
Homeअर्थनिजी क्षेत्रको भूमिका किन कमजोर ?

निजी क्षेत्रको भूमिका किन कमजोर ?

,
sharethis

काठमाडौं । विश्वभर फैलँदो क्रममा रहेको कोरोना भाइरसको संक्रमणबाट बच्न सरकारले अनेक सुरक्षा अपनाए पनि मुलुकको महत्वपूर्ण मानिएको निजी क्षेत्रका विभिन्न संघसंस्थाले अझैसम्म यस्तो संक्रमणबाट बच्न कुनै प्रभावकारी काम गर्न सकेका छैनन् । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सलगायतका व्यावसायिक प्रतिनिधिमूलक संस्थाले यस्तो संक्रमणबाट बच्न आफंै भने कुनै प्रभावकारी काम गर्न नसकेका हुन् ।

पछिल्लो समय कोरोना भाइरसले विश्व अर्थतन्त्रमा पारेको धक्काको प्रभाव नेपालमा पनि थप बढ्दै गएको र यसको असरबाट आफूहरू पीडित भएको भन्दै सरकारसमक्ष विभिन्न किसिमका राहत प्याकेज माग्न एकजुट भएका निजी क्षेत्रका प्रमुख संस्थाले कालोबजारी नियन्त्रणमा भूमिका खेल्नुको साटो मौनता साँधेर शंकास्पद व्यवहार देखाएका छन् । कोरोना भाइरसको सम्भावित जोखिम देखाएर कालोबजारी मौलाउँदासमेत निजी क्षेत्रका विभिन्न संघसंस्था मौन छन् ।

यस्तो विपत्तिको बेला निजी क्षेत्रका विभिन्न प्रतिनिधिमूलक संघसंस्थाले ग्याँस अभाव र अन्य कालोबजारी नियन्त्रणका लागि पनि अहिलेसम्म खासै केही गरेका छैनन् । नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल चेम्बरअफ कमर्सले केही माक्स दिएर सरकारसँग सहकार्य गरेजस्तो मात्र गरे पनि कालोबजारी नियन्त्रणमा यस्ता संस्थाहरूले नै अग्रसरता अपनाएर सरकारलाई सहयोग गर्नुपर्नेमा खासै प्रभावकारी काम गरेको देखिएको छैन ।

गत बुधबार उद्योग वाणिज्य महासंघले सरकारलाई १० हजार थान मास्क र ३ सय थान पर्सनल प्रोटेक्सन इक्विप्मेन्ट प्रदान गरेको थियो । यस्ता संस्थाले कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न केही गरेका देखिएकै छैन । उनीहरूले आफ्नो तर्फबाट गर्नुपर्ने सामाजिक उत्तरदायित्वसमेत बहन नगरेको सम्बन्धित सरोकारवालाको भनाइ छ । अहिले यस्ता व्यावसायिक संस्थाले के कसरी आफूहरूलाई फाइदा हुने काम गर्न सकिन्छ भनेर मात्र सरकारको ध्यानाकर्षण गराइरहेको अवस्था छ ।

महासंघकी अध्यक्ष भवानी राणाले कोरोना भाइरसको सम्भावित जोखिम रोकथामको सरकारी अभियानमा निजी क्षेत्रको साथ सधैं रहने बताइन् । उनले यस्ता गतिविधिमा निजी क्षेत्रले सरकारलाई सघाउनेभन्दा बाहेक अन्य गतिविधि गर्न कानुनी रूपमा नै अप्ठेरो हुने भएकाले निजी क्षेत्रले भूकम्पमा जस्तो सोझै केही नगरेको स्पष्ट पारिन् ।
कोरोना भाइरस प्रभावकै कारण अहिले यहाँका होटल र ट्राभल एजेन्सीलाई आफ्नो दैनिक खर्च सञ्चालनदेखि कर्मचारी पाल्न निकै मुस्किल हुन थालेको छ ।

बिस्तारै कर्मचारीलाई आधा तलब दिएर केही समय घरमा बसाउने तयारीमा रहेका होटल व्यवसायीले अहिले कर तिर्ने समय बढाई पुनर्कर्जासहितको बृहत् राहत प्याकेज ल्याउन सरकारसँग माग गरेका छन् ।

उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्सलगायत निजी क्षेत्रका प्रतिनिधिमण्डलले गत आइतबार अर्थमन्त्री डा. युवराज खतिवडालाई भेटेर यस्तो माग गरेका थिए ।
नेपालबाट वैदेशिक रोजगारीमा जाने क्रम घटेसँगै रेमिट्यान्स भित्रिन पनि छाडिसकेको छ । कोरोना प्रभावकै कारण नेपालको विकास निर्माणका गतिविधिमा ब्रेक लागेको छ । गत माघ मसान्तसम्म ७६ अर्ब रुपैयाँ विकास खर्च गरेको सरकारले त्यसपछिको एक महिनाको अवधिमा जम्मा २० अर्ब रुपैयाँ मात्र विकास खर्च गरेको छ ।

कोरोनाको असर नपरेको भए चालू आवका लागि विनियोजित विकास खर्चको लक्ष्य भेट्टाउन सरकारले माघयता हरेक महिना न्यूनतम ५० अर्ब रुपैयाँ विकास खर्च गर्नुपर्ने थियो । कोरोना प्रभावकै कारण अहिले राजस्व संकलनको लक्ष्य र मुलुकको विकास खर्च दुवै खुम्चिएको छ । पर्यटकीय गतिविधि ठप्प भएका छन् । हवाई उडान धमाधम बन्द हुँदै जाँदा पाहुना आउन छाडेपछि होटेल सुनसान छन् । विदेशी पर्यटक मात्रै होइन, आन्तरिक पर्यटक पनि कोरोना त्रासका कारण घुमघाममा निस्कन छाडेपछि होटलको व्यपार ९० प्रतिशतसम्म घटेको छ ।

कोरोनाका कारण अहिले मुलुकको पर्यटन व्यवसाय थला परेको छ भने यसको असर अन्य उद्योग तथा व्यापार पनि देखापरिसकेको छ । पूर्वाधार निर्माणको काम अघि बढ्न सकेको छैन । व्यापारिक भवन र डिपार्टमेन्ट स्टोर रित्ता हुँदै गइरहेका छन् । पर्यटन व्यवसायीले कोरोना भाइरसका कारण पर्यटक आगमन बन्द भई व्यवसाय ठप्प भएको भन्दै अहिले सरकारसँग कर्मचारी कटौती गर्न पाउनुपर्नेलगायत विभिन्न प्रकारका छुटको माग गरेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदानसम्बन्धी एकीकृत कार्यविधि–२०७५ मा पर्यटन व्यवसायका लागि दिएको कर्जा तथा ब्याज होटल व्यवसायमा दिँदै आएको पुनर्कर्जाको व्यवस्था ट्राभल, पर्यटन यातायातलगायत पर्यटनसँग सम्बन्धित क्षेत्रमा समेत दिने व्यवस्थाको माग व्यवसायीले गरेका छन् ।

यसैगरी, व्यवसायीले विभिन्न क्षेत्रअन्तर्गत सरकारलाई भुक्तानी गर्नुपर्ने कर, राजस्व, वार्षिक सवारी कर तथा स्थानीय करमा ५० प्रतिशत सहुलियत प्रदान गर्ने व्यवस्थाको समेत माग गरेका छन् ।

यसैबीच, नेपाल राष्ट्र बैंकले पनि कोरोना भाइरसको प्रभाव बढ्दै गएपछि यसको असरबाट प्रभावित भएका उद्योगी व्यापारीलाई उनीहरूले मागेका राहत सहयोग गर्न सहुलियत विधि खोज्न थालेको छ । राष्ट्र बैंकले कोरोना भाइरस प्रभावित उद्योगी व्यापारी पहिचान गरी उनीहरूलाई राहत दिने विधि खोज्न सुरु गरेको हो ।
राष्ट्र बैंकका कामु गभर्नर चिन्तामणि शिवाकोटीले कोरोनाका कारण खासगरी ठूलो व्यापारिक समूह जोखिममा पर्ने देखिएपछि राष्ट्र बैंकले त्यस्ता ठूला व्यवसायीलाई राहत दिने विधि खोज्न सुरु गरेको बताए । यस विषयमा अहिलेसम्म अध्ययन भएको जानकारी गराउँदै उनले विस्तृत अध्ययन भएपछि मात्रै सहुलियतबारे भन्न सकिने बताए ।

नेपाल बैंकर्स संघका अध्यक्ष भुुवन दाहालले पनि कोरोना भाइरसका कारण मुलुकको उद्योग व्यवसायमा पारेको असरको अध्ययन गर्ने विषयमा शुक्रबार राष्ट्र बैंकमा छलफल भएको बताए । विशेषगरी व्यापारिक समूहबाट सहुलियतको माग आएको जानकारी गराउँदै दाहालले भने, ‘अब कोरना भाइरस प्रभावको असरबारे क्षेत्रगत अध्ययन गरिनेछ ।’
डिजिटल कारोबारमा बैकर्स संघको जोड

नेपाल बैंकर्स संघले सकभर आमग्राहकलाई बैंकमा नआउन आग्रह गरेको छ । कोरोना भाइरसबाट उत्पन्न हुन सक्ने सम्भावित जोखिम न्यूनीकरण गर्न संघले ग्राहकलाई सकेसम्म बैंकमा नआउन आग्रह गरेका हुन् । ‘संक्रमण हुन सक्ने यो अवस्थामा आमग्राहकलाई डिजिटल कारोबार बढाउनसमेत संघले आग्रह गरेको छ ।

संघले गरेको यो आग्रहसँगै डिजिटल बैंकिङ कारोबार गर्दा शुल्क नलाग्ने व्यवस्था पनि गरेको जनाएको छ । नोटबाट पनि कोरोना बढ्न सक्ने सम्भावना देखिएपछि यसबाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न नोटको सट्टा कार्ड तथा विद्युतीय कारोबारको माध्यम प्रयोग गर्न समेत सबैमा आग्रह गरेको संघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

बैंकका शाखामा भिडभाड कम गर्न तथा विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न बैंक तथा वित्तीय संस्थाले इन्टरनेट र मोबाइल बैंकिङलगायत विभिन्न विद्युतीय माध्यमबाट गरिने कारोबारमा कुनै पनि बैंक तथा वित्तीय संस्थाको कार्ड नेपालभित्र अन्य कुनै पनि बैंक तथा वित्तीय संस्थाकोे एटीएम प्रयोग गर्दा कुनै शुल्क नलिने व्यवस्था गरेको छ । यसैगरी, बैंकर्स संघको बैठकले कोरोना भाइरसका कारण हुन सक्ने जोखिमबाट बच्न माथिल्लो तहका कर्मचारीलाई छुट्टाछुट्टै भवनमा बसेर वा घरमै बसेर काम गर्न पनि सुझाएको छ ।

(Visited 210 times, 1 visits today)
Loading comments...

आजको समाचार

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

जसपा आधिकारिकता विवादको टुंगो आज

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) आधिकारिताबारे निर्वाचन आयोगले आज (सोमबार) निर्णय गर्दै छ । आयोगको निर्णय आउन निश्चित भएसँगै जसपा अध्यक्षद्वय उपेन्द्र यादव...

चुस्त र प्रभावकारी मन्त्रिमण्डलको खाँचो

प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार बनेसँगै मन्त्री माग्नेहरूको थेगिनसक्नु भीड लागिरहेको छ । आफैंमा उदार स्वभावका प्रम देउवा र विभिन्न पार्टीहरूको जोडबलमा बनेको...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

साताका लोकप्रिय समाचार

भाेली सार्वजनिक बिदा

काठमाडाैं । सरकारले बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा)...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

प्रदेशको सार्वजनिक खर्च प्रणाली र बजेटबीचको अन्तरसम्बन्ध

सरकारले विभिन्न क्षेत्रमा गर्ने सार्वजनिक खर्चको समष्टि रूप नै सार्वजनिक खर्च प्रणाली हो । प्रणाली भन्नेबित्तिकै हामी आगत, प्रक्रिया र अपेक्षित प्रतिफल बुझ्दछौं ।...

जसपा विवादको फैसला सोमबार

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी नेपालभित्र देखिएको आधिकारिकतासम्बन्धी विवादको टुंगो आगामी सोमबार लगाउने भएको छ । आयोगले हाल विवाद निरुपणका लागि इजलास गठन...

महिला टिमको बन्द प्रशिक्षण सुरु

काठमाडौं । एएफसी महिला एसियन कप–२०२२ छनोटका लागि नेपाली राष्ट्रिय महिला फुटबल टिमको प्रारम्भिक बन्द प्रशिक्षण सुरु भएको छ । अखिल नेपाल फुटबल संघ...

ट्रेन्डिङ

पत्रकार कुट्ने साह पुनः विवादमा

जनकपुरधाम । पत्रकार कुटपीट प्रकरणमा पक्राउ परी रिहा भएका एकजना होटेल व्यवसायी धर्मेन्द्र साह पुनः अर्को विवादमा परेका छन । गुठीको जग्गा भाडामा लिएर...

सिमानामा स्वास्थ्य जाँच

इलाम। पूर्वको नेपाल–भारत सीमा पशुपतिनगर नाकामा स्वास्थ्य जाँच गरिन थालेका छ । विश्वव्यापी फैलिरहेको कोरोना भाइरस जाँचका लागि बुधबारदेखि नेपाल भारत सिमा इलामको पशुपतिनगरमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)