नेपाल–भारत उद्योग वाणिज्य संघ र भारतीय राजदूत क्वात्राबीच भेट

काठमाडौं । यस नेपाल–भारत उद्योग वाणिज्य संघका अध्यक्ष सिर्जना राणाको नेतृत्वमा गएकोे कार्यसमिति सदस्य टोलीले नेपालका लागि नवनियुक्त भारतीय राजदूत महामहिम विनयमोहन क्वात्रासँग भारतीय राजदूतावास, लैनचौरमा औपचारिक शिष्टाचार भेट गरेको छ । भेटघाटको क्रममा संघले गरेका कार्यहरूलगायत आगामी दिनहरूमा गर्ने कार्यहरू तथा नेपाल–भारत व्यापार तथा लगानीका क्षेत्रमा रहेका विभिन्न पक्षहरू’bout छलफल भएको थियो ।

भेटघाटका अवसरमा संघका अध्यक्ष राणाले नवनियुक्त भारतीय राजदूत महामहिम विनयमोहन क्वात्रालाई नेपालमा स्वागत गरे । उक्त अवसरमा अध्यक्ष राणाले नेपाल–भारत द्विपक्षीय व्यापार तथा लगानीको क्षेत्रमा नेपाल–भारत उद्योग वाणिज्य संघले विगत २५ वर्षदेखि योगदान दिँदै आएको धारणा राख्दै अबका दिनमा पनि संघ नेपाल–भारत व्यापार तथा लगानी विकासको क्षेत्रमा सक्रिय नै रहने धारणा राखे ।

अध्यक्ष राणाले दोस्रो नेपाल–भारत पर्यटन संयुक्त कार्यदलको बैठक सन् २०१८ जुलाई ६ मा काठमाडौंमा सम्पन्न भएको तथा प्रत्येक दुईदुई वर्षमा नेपाल र भारतले आलोपालो गरी नेपाल–भारत पर्यटन संयुक्त कार्यदलको बैठक आयोजना गर्ने प्रावधान भएको जानकारी गराउँदै यो वर्ष भारतमा हुने संयुक्त कार्यदलको बैठकका लागि भारतीय राजदूतावासको सक्रिय सहयोगका लागि अध्यक्ष राणाले अनुरोध गरे ।

उक्त अवसरमा नेपाल–भारत उद्योग वाणिज्य संघका उपाध्यक्ष सुनिल केसीले संघले अबका दिनहरूमा नेपाल–भारत साझेदारी सम्मेलन (पार्टनरसिप समिट), काठमाडौं–कोलकाता मञ्च (के टु के फोरम), भारतको नयाँ दिल्लीमा एउटा इनोभेसन हाउसको स्थापना गर्ने जसको माध्यमबाट नेपालका नवउद्यमी (स्टार्टअप)हरूका लागि लगानीकर्तासँग समन्वय गर्न सघाउने एवं भारतीय लगानी नेपालमा भित्र्याउने कार्यक्रमलगायतका कार्यक्रमहरू गर्ने योजना बनाएबमोजिम संघले कार्य गर्दै गरेको र उक्त कार्यहरूमा राजदूतावासको सहयोग आवश्यक रहने अनुरोध पनि गरेका थिए ।

सो अवसरमा राजदूत विनयमोहन क्वात्राले नेपाल–भारत उद्योग वाणिज्य संघले हालसम्म गरेका कार्यहरूको प्रशंसा गर्दै नेपाल–भारत दुई पक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका क्षेत्रमा संघले गर्ने कार्यहरूमा दूतावास सहकार्य गरी अघि बढ्न तत्पर रहेको कुरा जानकारी दिए ।

तपाइको प्रतिक्रिया
(Visited 276 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रधानमन्त्री प्रचण्ड र देउवाबीच भेटवार्ता

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पहिचान, संघीयता, सुशासन र सदाचारमा जोड