विराटनगर । विराटनगर निवासी ८५ वर्षीय दुर्गादेवी नेपाललाई ‘गोधूलि पुरस्कार’ प्रदान गरिएकाे छ । साेमबार काठमाडौँमा आयाेजित एक कार्यक्रममा ‘गोधूलि पुरस्कार’ प्रदान गरिएकाे हाे ।
ताम्रपत्र सहित दस हजार रूपैयाँ राशिको सो पुरस्कार ग्रहण गर्न उनी ओछ्यानबाट उठेकी थिइन् । गोधूलि साहित्य प्रतिष्ठानका कार्यबाहक अध्यक्ष ललिता दोषीको सभापतित्वमा सञ्चालित कार्यक्रममा प्रा.डा.उषा ठाकुरले श्रीमती नेपाललाई पुरस्कार प्रदान गरिन् ।
दुर्गादेवी नेपाल दसौँ वर्षदेखि विभिन्न रोगले ग्रस्त छिन् । उनी आफ्नी छोरी इन्दिरा प्रसाईसँगै काठमाडौँमा बसोवास गर्दै आएकी छिन् । विभिन्न रोगका कारण श्रीमती नेपालको शरीरमा बाह्र पल्ट शल्यक्रिया भइसकेको छ । स्कुलको ढोका नदेखे तापनि नेपालले ‘उनैको माया’ कवितासङ्ग्रह र ‘बगेको खोला’ आत्मकथा लेखेकाे गोधूलि साहित्य प्रतिष्ठानका संयाेजक प्रकाश समीरले जानकारी दिए ।