जुम्लामा समाजवादीका जिल्ला अध्यक्षसहित एमालेमा समाहित

जुम्ला । निर्वाचनको मुखैमा जुम्लाका नेकपा एकीकृत समाजवादी जुम्लाका अध्यक्ष सहितकाे बहुमत सदस्य नेकपा एमालेमा फर्किएका छन् । आज जुम्लामा पत्रकार सम्मेलन मार्फत नेकपा एकीकृत समाजवादी का अध्यक्ष आदि प्रसाद न्याैपाने र एमालेका जिल्ला अध्यक्ष शान्तिला महत दुबै जनाले संयुक्त विज्ञप्ति निकालेर दुबै पार्टी एक भएकाे घाेषणा गरेका छन् ।

नेकपा एमालेबाट विद्राेह गरेर माधवकुमार नेपालकाे नेतृत्वमा पार्टी विभाजन भएपछि एकीकृत समाजवादीकाे सबैभन्दा धेरै प्रभाव जुम्ला जिल्लामा परेकाे थियाे। विद्राेहकाे अाैचित्य पुष्टि नहुँदा बहुमत कार्यकर्ता एमालेमा फर्किन राजी भएकाे समाजवादी का अध्यक्ष आदि प्रसाद न्याैपानेले बताए । नेकपा एमालेलाई प्रतिगमनकाे आराेप लगाएर समाजवादीमा लाग्दा विद्राेहकाे औचित्य नदेखिएपछि बामपंथी आन्दोलनलाई एकीकृत गर्न समाजवादीमा एमालेमा समाहित भएकाे उनले बताए ।

यद्यपि नेकपा एकीकृत समाजवादीले जुम्ला जिल्लाका ५ नेतालाई पार्टीबाट निष्कासित गरेको दावि गरेकाे छ । महासचिव बेदुराम भुसालले सोमबार विज्ञप्ति जारी गर्दै पार्टी विरोधी शक्तिहरूसँग साँठगाँठगर्दै पार्टीविरुद्ध षड्यन्त्रमा संलग्न भएकाले कारबाही गरेको बताएका छन् ।

एमालेबाट प्रतिनिधि सभाका उम्मेदवार रतननाथ याेगी रहेका छन् । भने प्रदेश (क) मा धिरेन्द्रराज गिरी र प्रदेश (ख) मा टेकराज पछाई उम्मेदवार बनेका छन्। पार्टी एकतापछि जुम्लामा एमाले बलियाे हुने धेरैले आंकलन गरेका छन्।

तपाइको प्रतिक्रिया
(Visited 148 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन : रबि लामिछाने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
पर्सामा एमालेले बिरासत तोड्यो