बिरामी घरको उपचार , स्किल सेवाको संस्कार

हामी मान्छे बिरामी भयो भने हस्पिटल जान्छौ तर घर बिरामी भए कँहा जाने त ? हो जसरी हामी बिरामी भयौ भने हामीलाई अप्ठयारो हुन्छ त्यस्तै गरी पनि बिरामी हुन्छ । बिरामी घरमा बस्नु आफु र आफनो परिवारको लागि जोखिमपुर्ण हुने गर्दछ ।

सुन्दा पनि अनौठो लाग्दै छ होला घर पनि बिरामी हुन्छ भनेर तर, भित्ता रसाउने वा फुल्ने , पानी चुहिने, Seepage, चर्कने , पेन्ट उप्कने , आदि बिरामी घरको लक्षण हुन ।

तपाईंको घर,अफिस एंव व्यवसायिक भवनको सुरक्षा गर्ने उद्धेश्यले स्किल सेवा अर्थात तपाईको घरको डाक्टरको स्थापना भएको हो । घरमा प्राय जसो दैनिक रुपमा देखिने समस्याको एकमुष्ट समाधान स्किल सेवा हो । त्यसैले पनि ग्राहकहरूले नै जुराइिदनु भएकाे उपनाम हाे । – तपाइकाे ङरकाे डाक्टर

दक्ष, योग्य, विषेशज्ञ प्राविधिक जनशक्तिले हाइ–टेक डिभाइसको प्रयोगबाट घरको चेकजाँच गरी समस्या पत्ता लगाउने ,समस्याको कारण पत्ता लगाउने र समस्याको समाधान गर्नमा स्किल सेवा हमेशा अग्रपङ्गितिमा रहेको छ ।

बिशेष गरि उपत्यकाको ३ जिल्ला काठमाडौ,भक्तपुर र ललितपुरमा आफनो अनवरत सेवा दिई रहेको छ भने उपत्यका बाहिर पोखरामा पनि गुणस्तरीय सेवा सञ्चालन भैरहेकाे छ । संस्थापक रामशरणा बिक्रम थापा थप्छन्र ‘तुलनात्मक रूपमा काठमाणडाैँमा भन्दा पाेखरामा समस्यायूक्त घर बढी छन् समस्या चेकजाँच गराउन चाहनुहुने धेरै ग्राहक सम्म समयमै सेवा समेत दिन सकिरहेका छैनाैँ ।’ कम्पनीले अन्य मुख्य शहरहरुमा पनि आफनो शाखा विस्तार गर्ने कार्यलाई निरन्तरता दिइरहेको छ । करिब ४०० भन्दा बढी पार्ट टाइम स्टाफ र ६० भन्दा बढी स्टाफ फुल टाइम काम गरी रहेकाे यस कम्पनीकाे मूख्य कायार्लय काठमाण्डाैँकाे बबरमहलमा छन भने पाेखरा शाखाकाे कार्यालय जिराे किलाे, बिशालमार्गमा रहेकाे छ ।

३० हजार भन्दा बढी बिरामी घरहरुको जेकजाँच गरी सकेकाे यस कम्पनी नेपालकै पहिलाे रजिष्टार Home Inspection कम्पनी हा । ‘कम्पनीमा प्राय टे्क्निकल क्षेत्रका साथीहरू हुनुहुन्छ,हामी ३ संस्थापक पनि टेक्निकल फिल्डकै छाैँ त्यसैले गर्दा पनि कम्पनीकाे अन्य ब्यवस्थापन पाटाेमा हाम्रा केही कमजाेरी हुन सक्छन् तथापी प्राबिधिक पाटाेमा भने हामी नम्बर १ दाबी गर्न सक्छाैँ ।’ सिइव रमेश तिमिल्शिना भन्छन् ।

स्किल सेवाकाे सेवा लिनका लागि कम्तिमा ५ दिन अघि नै बुक गराउन पर्दछ। बुकिङ कन्फर्म भैसके पश्चात तय भएकाे मिति र समयमा इन्जियरहरू Hi-Tech Device सहित Home Inspection का लागि पुग्नेछन् र घरधनीले बता भएकाे समस्या बमाेजिम पूरा घरकाे निरिक्षण गर्दछन् । घर inspection गरेकाे ४८ घण्टा भित्र घरधनीले एउटा रिपाेर्ट पाउनेछन् ।

जसमा समस्या, समस्याकाे स्राेत,समस्याकाे कारण, त्यस समस्याले निम्ताउन सक्ने सम्भाबित क्षति र समस्या समाधान गराउन लाग्ने खर्च समेत उल्लेख गरिएकाे हुन्छ । यी सबै बिधि र प्रकृयामा हुने Inspectionकाे सेवा शुल्क रू २००० पर्दछ । अाफ्रनाे घर जाचँ गराउन चाहनेहुने घरधनीले स्किलसेवाकाे अफिसियल नम्बर र वेबसाइड skillsewa.com माफर्त समेत बुक गराउन सक्नेछन् । स्किल सेवाले कम्तिमा ५ बर्षकाे वारेन्टी दिइ समस्या समाधान गर्ने गर्दछ।

यी सँगै स्किलसेवाका फरक फरक सेवाका प्याकेजहरू छन्

सिपेज इन्सपेक्सन

घरका भित्ताबाट पानी भित्र छिर्नु ,छत चुहिनु , फुल्नु आदि समस्या सिपेज हो । जसले गर्दा तपाई को घरको भित्ता वा छत कमजोर मात्र नभई बस्न योग्य हुदैन । फलस्वरुप तपाईको घर जीर्ण, भद्धा, कुरुप बन्ने गर्दछ ।

दक्ष ईन्जिनियर तथा सिपेज इन्सेपेक्टरहरुले हाइ–टेक डिभाइसको प्रयोग गरी घरको चेकजाँच गर्ने गर्दछन । समस्याको मूख्य कारण पत्ता लगाई त्यसको समाधान दिगो समाधान पनि गर्ने गरिन्छ । घरको चेकजाँच गराए पछि विस्तृत रिर्पाट प्राप्त गर्नुका साथसाथै कम्पनीसँग समस्या समाधान गराउन पनि सक्नु हुनेछ । स्किल सेवाले सिपेज चेकजाँच गरेर रिपोर्ट बनाए बापत कमरसियल घरहरुको रु ४००० र आवासीय घरहरुको हकमा रु २००० सेवा शुल्क लिने गर्दछ ।

संरचनागत इन्सपेसन

यो संरचनात्मक इन्जिनियरद्धारा गरिने निरीक्षण हो । घर वा भवनको भार वहन गर्ने तत्वहरु जस्तै जग ,जोइन्ट, बीमहरू, ट्रसहरू, वा स्तम्भको सुदृढता पुष्टि गर्नका संरचनागत इन्सपेसन गर्ने गरिन्छ ।

संरचनागत इन्सपेसन गर्दा भविष्यमा हुन सक्ने भुकम्प,हावाहुरी, आगलागि जस्ता सम्भावित जोखिमबाट आफनो घर परिवारलाई सुरक्षित राख्न सकिन्छ ।

कम्पनीका बिशेषताहरु,
तालिम प्राप्त जनशक्ति चेकजाँच गरिेने,
ब्जेट पुर्व निर्धारिण गरिने,
समस्या समाधान मुलक सेवा प्रदा गरिने,
Hi-Tec Devicen द्धारा समस्या परिक्षण गरिने
इन्जिनियरिङ्ग सुपरिवेक्षण गरिने,
निर्धारित समय काम पुरा गरिने,
सरसफाई र फोहर व्यवस्थापन समेत गरिने,
नेपालकै सबैभन्दा पुरानो र विश्वनीय कम्पनी,
सेवाका ५ बर्ष सम्म बिशेष वारेन्टी

रिमोडलिङ्ग इन्सपेक्सन

यदि तपाईको घर पुरानो भयो , पुरानो घर घर किन्नु भएको छ वा तपाई आफनो इच्छा अनुसार घरलाई रिमोडेलिङ्ग गर्न चाहनुहुन्छ भने यसको लागि स्किल सेवाले 2D र 3D घरको नक्सा समेत बनाउने गर्दछ ।

तपाई आफुले चाहे बमोजिम घरमा कोठा ,किचन,बाथरुम,स्विमिङ्ग पुल , बगैचा, पार्किङ्ग थपघट गर्न मिल्छ मिल्दैन । मिल्छ भने त्यसलाइ कसरी बनाउदा इन्जियरिङ तवरले उत्तम हुन्छ र मिल्दैन भने पनि त्यसका बिकल्पहरू के के हुन सक्छन भन्ने कुरा यस इन्सपेक्सनबाट थाहा पाउन सकिन्छ यसका साथै Budget Estimation र 2D डिजाइन यस प्याकेजकाे थप फाइदाहरू हुन् ।

फुल इन्सपेक्सन

फुल इन्सपेक्सनमा घरको सम्पुर्ण चेकजाँच गर्ने गरिन्छ । यदि तपाई घर किन्दै हुनुहुन्छ भने घरको फुल इन्सपेक्सन गर्न आवश्यक हुने गर्दछ । जसको कारणले तपाई घरको पुरा अवस्थाको ’boutमा सजिलैसँग जानकारी पाउन सक्नु हुन्छ र आफनो मेहनत र पसिनाको कमाई सहि घरमा लगानी गर्न सक्नु हुनेछ ।

त्यसको लागि स्किल सेवाले फुल इन्सपेक्सन प्याकेज अन्तगर्त तपाईको घरको जाँच गर्ने गर्दछ । यस भित्र तपाईको घरका सम्पुर्ण भागहरुको चेकजाँच गर्ने गरिन्छ जस्तै, भित्ता, जग ,जोइन्ट, बीमहरू, ट्रसहरू, इलिकट्रिकल, प्लम्बिङ्ग वा स्तम्भका आदि ।

कन्सट्रक्सन इन्सपेक्सन

कन्सट्रक्सन आरम्भ गर्दा देखि निर्माण कार्य सम्पन्न नहुदासम्म इन्सेपेक्टरको प्रत्यक्ष निगरानीमा निर्माण गर्ने कार्यलाई कन्सट्रक्सन इन्सपेक्सन भनिन्छ । सुरक्षित आवास निर्माण गर्ने घर निर्माण पश्चात अइपर्ने समस्याहरूकाे निराकरणा गर्ने हेतुले स्किल सेवाले निमार्ण पुर्व र निर्माण अवधिमा प्रत्यक्ष निगरानीमा काम गर्ने गर्दछ । तपाईले यो सेवा प्याकेजको रुपमा पनि लिन सक्नु हुनेछ ।

पेन्टिङ्ग इन्सपेक्सन

घर निर्माण गर्नु जति महत्वपुर्ण कार्य हो घरमा रङ्ग लगाउने काम पनि हो । रङ्ग मानिसको मनोविज्ञानसँग जोडिएको हुन्छ । घरको रङ्गसँग तपाईका मनका भावनाहरु साटिएका हुन्छन ।

यदि तपाइको घरको भित्ता पेन्ट निस्किने समस्या छ र त्यसको समाधान नगरि कनै पेन्टिङ्ग गर्नु हुन्छ भने घर अशोभनीय र भद्धा देखिने गर्दछ । यसको लागि स्किल सेवाले तपाईको बिरामी घरको उपचार गरेर मात्र रङ्ग लगाउने काम गर्दछ ।

कम्पनीका सिइओ रमेश तिमिल्सिनाका अनुसार अहिले कम्पनीले सेवा एप समेत सञ्चालनमा ल्याइएकाे छ । । विभिन्न प्रकारका घर सम्बन्धि सेवा जस्तै प्लम्बिङ्ग, इलेक्ट्रिसियन, वाटरप्रुफिङ्ग आदि जस्ता सेवा स्ेवा एपबाट प्राप्त गर्न सकिने छ । सेवाग्राहीको आवश्यकता मध्यनजर गरेर एप निर्माण गरिएको तिमिल्सिनाको भनाई छ । गुगल प्लेस्टोरबाट सेवा एप डावनलोड गरी गुणस्तरीय सेवा लिन सक्नु हुनेछ ।

तपाइको प्रतिक्रिया
(Visited 370 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
कतै शपथ, कतै परिणामकै प्रतीक्षा