अर्घाखाँचीदेखि दिल्लीसम्म सिधा बस सेवा सुरु

अर्घाखाँची । अर्घाखाँचीबाट भारतको नयाँ दिल्लीसम्म नेपाल भारत मैत्री एसी बस सञ्चालनमा आएको छ । पश्चिम नेपाल बस व्यवसायी प्रालिले सञ्चालन गरेको कामना बसको सन्धिखर्क नगरपालिकाका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले उद्घाटन गरेका छन् ।

जिल्लाबाट दिल्लीमा पुग्ने यात्रुहरूका लागि सहजता हुने उनले बताए । यो संगै दिल्ली जाँदा कृष्णनगर र सुनौली गएर अन्य गाडीहरु खोज्नु पर्ने झन्झटको अन्त्य हुनुका साथै पैसाको पनि बचत हुने नगरप्रमुख श्रेष्ठले बताए ।

सोमबार, बुधबार र शुक्रबार गरि ३ दिन सम्म संचालन हुने बस सन्धिखर्कबाट ११ बजे दिल्ली र बुधबार, शुक्रबार र आइतबार दिल्लीबाट ८ बजे सन्धिखर्कका लागि छुट्ने पश्चिम नेपाल बस व्यवसायी प्रालि अर्घाखाँची शाखा प्रमुख कमलप्रसाद भट्टराईले जानकारी दिए। सन्धिखर्क, गोरुसिंगे, नेपालगञ्ज, लख्खिनपुरहुँदै दिल्ली बस पुग्नेछ । बसको भाडादर ३ हजार २ सय नेपाली रहेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 150 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन : रबि लामिछाने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
गोपी हमालले झण्डै दोब्बर मतले जित्न लाग्नुको कारण यस्तो छ