काठमाडौं–१ मा प्रकाशमानलाई विरासत जोगाउन हम्मे

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत काठमाडौं क्षेत्र १ को चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ । नेपाली कांग्रेस नेता प्रकाशनमान सिंह लगातार तीनपटक जितेको यो क्षेत्रमा यसपटक नतिजा आँकलन गरिहाल्न सक्ने अवस्था छैन । यद्यपि, सिंहलाई विरासत जोगाउन निकै चुनौती देखिएको छ ।

सत्तारूढ गढबन्धका तर्फबाट उम्मेदवार बन्दै चौथोपटक जित निकाल्ने दाउमा रहेका सिंहलाई नेकपा एमालेका युवा नेता किरण पौडेल, २०७४ का निकटत्तम प्रतिद्वन्द्वी राप्रपाका रवीन्द्र मिश्र, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार वम सिंहका लागि कडा प्रतिस्पर्धीका रूपमा उत्रिएका छन् ।

मिश्र, पौडेल बमबाट कडा टक्कर

यो क्षेत्रमा २१ पार्टी र ११ स्वतन्त्र उम्मेदवार चुनावी मैदानमा छन् । सिंह २०६४, ७०, ७४ सालमा गरी लगातार तीनपटक काठमाडौं क्षेत्र १ मा निर्वाचित भइसकेका छन् ।

२०७४ को निर्वाचनमा सिंह निकटत्तम प्रतिद्वन्द्वी विवेकशील साझा पार्टीका रवीन्द्र मिश्रभन्दा ८ सय १८ मतले मात्रै विजय हासिल गरेका र यसपटक पनि मिश्र राप्रपाबाट प्रतिस्पर्धामा उत्रिएकाले मिश्रले सिंहलाई कडा चुनौती दिन सक्ने आँकलन गरिएको छ ।

६६ वर्षीय सिंहलाई चुनौती दिन नेकपा (एमाले)का ४१ वर्षीय उम्मेदवार किरण पौडेल मैदानमा छन् । पहिलोपटक प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका पौडेल सुरुमै ‘हेभी वेट’ सिंहसँग प्रतिस्पर्धा गर्दै छन् ।

काठमाडौं क्षेत्रमा १ धेरै चर्चित अनुहार प्रतिस्पर्धामा रहेकाले कांग्रेसको मत काटिने र नेकपा (एमाले) तथा युवाका मतबाट आफ्नो जित हुने पौडेलको दाबी छ । पौडेल नयाँ ऊर्जासाथ प्रचारप्रसारमा छन् । उनी नेकपा एमालेको युवा संघ अध्यक्षसमेत हुन् ।

उपप्रधानमन्त्रीसमेत भइसकेका सिंह भने संविधान कार्यान्वयनका लागि आफूलाई मत दिन आग्रह गरिरहेका छन् ।

यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका ३५ वर्षीय पुकार वम ‘न्युटल’ युवाको समर्थन आफूमा रहेको बताउँछन् । आफूभन्दा झन्डै दोब्बर बढी उमेरका सिंहलाई टक्कर दिने उनी बताउँछन् ।

काठमाडांै क्षेत्र १ को परिवर्तन चाहने, विभिन्न अभियानमा सक्रिय व्यक्तिको रोजाइमा पर्दै आएको छ । यसपटक पनि राष्ट्रिय पहिचान बनाएका व्यक्तित्वले यस क्षेत्रबाट उम्मेदवारी दिएका छन् । जसका कारण परम्परागत नतिजा बद्लिन सक्ने आँकलन गरिएको छ ।

गठबन्धका साथ पाएकाले सिंहमा बढी आत्मविश्वास देखिन्छ । तर, स्थानीय तह निर्वाचनमा काठमाडौंबाट स्वतन्त्रका उम्मेदवार विजयी भएकाले दलका नेताले यस निर्वाचनलाई सहज रूपमा भने लिएका छैनन् । थोरै मत काटिँदा नतिजा परिवर्तन हुन सक्ने देखिएको छ ।

सानो भुगोल र सहरी क्षेत्र मात्र भएकाले पनि यहाँका मतदाता उम्मेदवारबाट ‘विकासे अपेक्षा’ राख्दैनन् । यस क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा १०, ११, २९, ३१ वडा पर्छ ।

४५ हजार १८ मतदाता रहेको र चर्चित अनुहार चुनावी मैदानमा रहेकाले थोरै मतान्तरमा विजयी हुने देखिन्छ । २ हजार ५ सय ८८ मतदाता यस क्षेत्रमा थपिएका र यी मतदाता निर्णायक हुन सक्ने आँकलन न गर्न सकिन्छ ।

नेपाल सुशासन पार्टी अध्यक्ष रमेश खरेल पनि यहीँबाट प्रतिस्पर्धा गरिरहेका छन् । नेपाल प्रहरीका पूर्वडीआईजी खरेल ‘विकृति अन्त्य गर्दै सुशासन कायम गर्न उम्मेदवारी दिएको’ बताउँछन् । त्यस्तै, नेपालका लागि नेपाली पार्टीबाट अधिवक्ता बालकृष्ण न्यौपानेले पनि यसै क्षेत्रबाटै उम्मेदवारी दिएका छन् ।

क्षेत्र १ मा २९ वर्षीय खुमकला लामिछाने सबैभन्दा ‘कान्छी’ र प्रकाशनमान सिंह ज्येष्ठ उम्मेदवार हुन् । २०७४ को निर्वाचनमा सिंहले १० हजार ९ सय ३६, मिश्रले १० हजार १ सय १८ मत ल्याए र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अनिलकुमार शर्माले ५ हजार ३ सय ३६ मत प्राप्त गरेका थिए ।

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका उम्मेदवार प्रकाश नायजुले भने प्रकाशमान सिंहलाई सहयोग गर्ने भन्दै उम्मेदवारी निस्क्रिय पारेका छन् । यस क्षेत्रमा गठबन्धबाट प्रदेश (क)मा प्रदेशसभा सदस्यका लागि कांग्रेसका दीपेन्द्र श्रेष्ठ उम्मेदवार दिएका छन् । उनी यसअघि पनि विजयी भएका हुन् ।

काठमाडौं क्षेत्र १ का उम्मेदवार सिंहभन्दा उनको अवस्था सहज देखिन्छ । एमालेबाट रामप्रसाद अमागाई प्रतिस्पर्धामा छन् । आठ दलले र सात स्वतन्त्र उम्मेवार छन् ।

त्यस्तै, काठमाडौं क्षेत्र १ (ख)मा एमालेका गणेशप्रसाद दुलाल चुनावी मैदानमा छन् । उनी २०७४ मा पनि निर्वाचित भएका थिए । यसपटक भने उनलाई गठबन्धका उम्मेदवार नेपाली कांग्रेसका सुरजचन्द्र लामिछानेले चुनौती दिने आँकलन गरिएको छ । यहाँ ९ दल र ६ स्वतन्त्र उम्मेदवार छन् ।

तपाइको प्रतिक्रिया
(Visited 178 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

प्रत्यक्षतर्फ प्रदेशसभा: ३३० मा कांग्रेस १११ स्थानसहित पहिलो

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९