एउटा गुरूकाे संस्मरण : गाउँबाटै पहिलाे पटक क्याम्पस जाने केटी भगबती

सुनसरी । भगबती चौधरीका गुरु कृष्ण कुँवरले कुराकानीको सुरुमै जोसिलो पारामा भने “चौधरी समूदायमा यत्तिकी हिम्मतिली र जुझारु महिला मैले देखेको छैन ।”

कृष्ण कुँवरलाई अहिले गढी गाँउपालिकामा पर्ने औरावनीमा कुँवर सर भनेर जन जनले चिन्छन् । नचिनुन पनि किन ? उनले त्यहाँको सरस्वती उच्च माविमा ३८ बर्ष पढाए । त्यहि स्कुलबाट पढाउन सुरु गर्नुभएको ३८ बर्ष पछि त्यहि स्कुलबाटै सेवानिवृत भए ।

सुनसरी क्षेत्र नम्बर ३ की एमाले उम्मेदवार भगबती चौधरीलाई कुँवर सरले सरस्वती स्कुलमा कक्षा ८ देखि १० सम्म पढाए । भगबती चौधरीले चुनावी अभियान सञ्चालन गरिरहँदा कुँवर सरले कक्षा ८ देखि १० सम्म पढाउदाको वेला झल्झली यसरी सम्झिए “भगबती औरावनीमा कक्षा ८ मा पढथिन, मधेशाको स्कुलमा गएर एक दिन अग्रेँजीमा फरर भाषण गरिछिन, अँग्रेजी पढाउने उनको गुरु म त मख्खै परेँ नि ! मधेशाका छात्राहरुलाई उ वेलै अँग्रेजीमा भाषण गरेर संगठित पो गरिछिन् ।

बिद्यालयमा खेलकुदका गतिविधि त हुन्थे तर खेलकुद सिकाउने कोचको ब्यवस्था थिएन । भगबतीले बिद्यार्थीहरुलाई के के भनेर प्रभावित गरिन को नि, एक हुल बिद्यार्थी लिएर हेडसरको कक्षमा आइछिन् । उनको माग थियो खेलकुद सिकाउने कोच चाहियो । बिद्यालयले कोचको ब्यवस्था मिलाउनै पर्यो । कोचको ब्यवस्था भएपछि खेलकुदको स्तर उस्किहाल्यो ।”

“केहि अन्याय भयो कि मुकाविला गरिहाल्ने जुझारु स्वभाव थियो भगवतीको” कुँवर सरले अगाडी थपे “कोहि सँग नझुक्ने, अन्याय त सहदै नसहने खालकी थिइन सानै देखि भगबती । उ वेला चौधरी समूदायका छोरी मान्छे खासै बोल्दैन थिए तर भगबती अचम्मकी थिइन,नेतृत्व क्षमता पनि अब्बल थियो ।”

सानै देखि आफनो कामले अरुलाई प्रभावित गर्ने गज्जबको क्षमता छ भगबती चौधरीमा । सबैका कुरा सुन्ने र समेट्ने खुवी रहेको जनाउदै कुँवर सरले सम्झनाका पोकाहरु फुकाउदै गए ।

भगबती चौधरीका हजुरबुबा कुमहरलाल चौधरीले स्थापना गरेको स्कुलमा कुँवर सरले पढाए । भगबती चौधरीले त्यहिँ पढिन् । आफू मात्रै पढने होइन गाँउका अन्य छोरीलाई पढाउनुपर्छ भनेर घर घर पुगेर सानी केटीले भन्ने गरेको अझै सम्झना छ कुँवर सरलाई । “तिनै भगबती चौधरी आफनो गाँउबाट पहिलो पटक क्याम्पस जाने केटी बनिन” कुँवर सरले गर्वका साथ भने ।

“भगबती संविधानसभा सदस्य बनिन, राज्यमन्त्री बनिन ।” सरले जोसिलो पारामा थप्दै गए “दुई दुई पटक यिनलाई अन्याय भएको छ । अदालत गईन अदालतले पनि न्याय दिएन । यसपाली जनताले चुनावमा भगबतीलाई न्याय गर्छन है पक्कै गर्छन ।” कुँवर सरले थपे ।

प्रदेश नम्वर ३ को मात्र होइन देशकै हित चाहने हो भने भगबती चौधरीले जीत्नु पर्ने कुँवर सरकाे भनाइ छ । “मैले मेरो बिद्यार्थी भनेर भनेको हैन है, वास्तविक कुरा हो ।” कुँवर सरले प्रष्टिकरण दिए “यसपाल जित्छिन हेर्दै जानुस । यीनले गाँउ शहर बजारको बिकासमा त पक्कै पनि ध्यान दिन्छिन नै, पिछडिएको वर्ग समूदायको कुरा सुन्छिन र यिनीहरुको हीतमा काम गर्छिन मेरो बिश्वास हो ।”

कुँवर सरले सुनसरी ३ को बिकास चाहने हो भने भगवतीले जीत्नु पर्ने जिकीर गर्नुभयाे । अन्तिममा पनि उनी भन्दै थिए “यत्तिको जुझारु, लगशील वुझक्कड र काम गर्न खोज्ने महिला पाउन गाहो छ है ।”

मंसिर ४ गते हुन गइरहेकाे प्रतिनिधिसभा निर्वाचनमा भगबती चाैधरी नेकपा एमालेकी उम्मेदवार हुन् । सुनसरीलाई मात्र नभएर समग्र देशलाई नै भिजन भएकाे याेग्य नेतृत्व खाेज्ने अवसरका रूपमा निर्वाचनलाई जनताले लिनुपर्ने छ ।

तपाइको प्रतिक्रिया
(Visited 165 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

ओली प्रचण्ड मिले कम्युनिस्ट नेतृत्वको सरकार !

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९