दुबईमा नेपाली दर्शक नचायो नेपथ्यले

काठमाडौं । कोभिड पछि पहिलो पटक कन्सर्टमा उत्रिएको नेपालको लोक पप नेपाथ्य ब्यान्डले दुवईमा रहेका नेपालीहरुलाई आफ्नो गीत संगीतबाट नचाएको छ । नेपथ्यका मुख्य गायक अमृत गुरुङका अनुसार युनाइटेड अरब इमिरेट्सको दुवईको ‘अल नासेर लिजरल्याण्ड’मा आईतबार बेलुका नेपथ्यले तेश्रोपटक आफ्नो प्रस्तुत भएको थियो ।

नेपथ्यले पहिलो गीत नै दर्शकलाई उफार्नेगरि हो रामा रामा…बाट कन्सर्ट सुर गरेको थियो । गीतमा नेपाली दर्शकहरु खुलेर नाचे । कार्यक्रममा कृतिम हिउँ पारेर गायक अमृतले भेडाको उन जस्तो गीत प्रस्तुत गर्दा दर्शक झनै पुलकित भए ।

यस्तै उनले तेश्रो गीत नेपथ्यको सर्वकालीक गीत छेक्यो छेक्यो देउराली डाँडा सुनाएर दर्शकलाई निरन्तु नचाए । यतिबेलासम्म भने जो कोही पनि ननाची बस्ने नसकेको आयोजक पक्षको कथन छ ।

दर्शक नाचेको देखेपछि गीत गाउँदै गरेका गायक अमृत गुरुङले सोधे, ‘तपाइहरुलाई तपाइको देशको माया लाग्छ?’ दर्शकले एक स्वरमा ‘लाग्छ’ भन्दा उनी झन खुसी भए । अनि चौथो गीत लामपाते सुरती…प्रस्तुत गरे । यो गीतमा पनि दर्शक नाच्न पछि परेनन् । कार्यक्रममा एक पछि अर्को गीत चरी म¥यो सिसैको गोलीले, यो जिन्दगानी, शिरफूल शिरैमा जस्ता गीतहरु पनि अमृतले सो कन्सर्टमा सुनाए ।

घरपरिवार छाडेर खाडीको तातो मरुभूमिमा कमाउन आएकाहरुको पीडादायी कथा अंकित भिडियोलाई पृष्ठमा देखाउँदै ब्याण्डका अन्य कलाकारले मै मरि जाउँला, जीवन छोट्टो छ गीत गाउँदा भने दर्शक स्तव्ध भए । उनीहरुले आफ्नो दुखलाई यो गीतसँग साट्ने अबसर पाए । यतिबेला उनीहरुले कलाकारलाई तालीले साथ दिए । अर्को गथीत आमाको कोखमा बास मात्रै पाएँ नि, कुन देशको मरन हौ हजुरले पनि दर्शकलाई गम्भिर तुल्यायो ।

दर्शक केही गीतमा भावुक भएपछि अमृतले कार्यक्रममा उत्तरार्धमा नैना ताल नैना ताल लगायतका केही रमाईला गीत सुनाएर दर्शकलाई फेरी नचाए ।

मुलुकको राजनीतिमा धेरै उथलपुथल भएता पनि नेपालीको अवस्थामा कुनै परिवर्तन नआएको उल्लेख गर्दै अमृतले यसरी विदेशमा बसेका नेपालीहरु फर्केपछि सबै मिलेर एकदिन जनस्तरबाटै मुलुकको भाग्यरेखा फेरिने आशा लिएको छु भने । उनको भनाईलाई दर्शकले तालीले साथ दिए ।

सो क्रममा उनले गाउँ गाउँबाट उठ– बस्ती बस्तीबाट उठ, मै नाचे छमछमी, तालको पानी माछीले खानी, रेशम हो जस्ता गीत पनि प्रस्तुत ग-यो । अन्तिममा रातो र चन्द्रसूर्जे गीत प्रस्तुत गर्दै दर्शकमाभ देशको मायाँ झल्काउँदै नेपाथ्यले यसपटकको दुबईको कन्सर्ट आईतबार सम्पन्न गरेको थियो । बुधबार नेपाल फर्कने यो व्यान्डले मँसिरबाट नेपालमा देशव्यापी कन्सर्ट गर्ने भएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 54 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९