जुम्ला । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) चुनावी सभालाई सम्बाेधन गर्न जुम्ला पुगेका छन्। माथिल्लो कर्णालीका तीन जिल्लामा चुनावी सभा सम्बोधन गर्ने कार्यतालिका अनुसार आज विहान ११ बजे प्रचण्ड जुम्ला पुगेका हुन् ।
पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले एकै दिन तीन जिल्लामा गठबन्धनको चुनावी सभामा सम्बोधन गर्ने कार्यतालिका रहेकाे छ । अध्यक्ष प्रचण्डले जुम्ला, कालिकोट र हुम्लामा आएर चुनावी सभामा सम्बोधन गर्ने कार्यतालिका छ ।
जुम्लामा गठबन्धनको तर्फबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका उम्मेदवार गोमा कुँवर, प्रदेश (क) मा कांग्रेसका प्रदेश उम्मेदवार ललितजंग शाही र प्रदेश (ख) मा नेकपा (एकीकृत समाजवादी)का पदम रोकाया उम्मेदवारको रूपमा छन् ।
तपाइको प्रतिक्रिया
(Visited 136 times, 1 visits today)