काठमाडौं ८ मा जीवनराम श्रेष्ठको सम्भावना

काठमाडौं । काठमाडौमा निर्वाचन नजिकिन थालेसँगै र घरदैलो एवम् प्रचारप्रसार वढेसँगै काठमाडौं– ८ मा अंक गणितीय हिसाब पनि गर्न थालिएको छ । सत्तागठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का जीवनराम श्रेष्ठको पकड क्षेत्रको रुपमा रहेको काठमाडौं ८ साँस्कृतिक हिसावले र राजनैतिक हिसाबले पनि कोर एरिया मानिन्छ ।

२०७४ को आमनिर्वाचनमा जितेका जीवनराम श्रेष्ठलाई तत्कालिन प्रतिद्वन्द्धी दल कांग्रेसको पनि साथ भएकाले यो क्षेत्र उनकै पोल्टामा जाने अंकगणितीय हिसाव गर्न थालिएको छ । गत वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको मत परिणाम हेर्दा पनि सो क्षेत्रमा कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रको गठबन्धन नै बलियो देखिएकाले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री आफ्नो जीत निश्चित भएको बताउँछन् ।

गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनको नतिजाअनुसार सो क्षेत्रका आठ वडामध्ये कांग्रेसले चार, नेकपा (एमाले)ले दुई, राप्रपाले एक र नेकपा (एकीकृत समाजवादी) एकमा विजयी भएका थिए ।

सो क्षेत्रमा काठमाडौं महानगरका १३, १५, १९, २०, २३ र २४ वडा तथा नागार्जुन नगरपालिकाका ४ र ५ नं वडा पर्दछ । त्यसमध्ये काठमाडौं महानगरका १९, २०, २४ र नागार्जुनको वडा नं ४ मा कांग्रेसले जीत हासिल गरेको छ । काठमाडौं महानगरभित्र २३ र १३ नं वडामा एमाले विजयी भएको छ । त्यस्तै वडा नं १५ मा नेकपा (एकीकृत समाजवादी) र नागार्जुन–५ मा राष्ट्रिय प्रजातन्त्र पार्टी विजयी भएको छ ।
यसपालिको निर्वाचनमा श्रेष्ठ र एमालेका उम्मेदवार शिवसुन्दर राजवैद्य प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा स्वतन्त्रबाट सुमन सायमीले पनि उम्मेदवारी दिएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट बाग्मती प्रदेशको निवर्तमान प्रदेश सभा सदस्य विराजभक्त श्रेष्ठ पनि चुनावी मैदानमा छन् ।

०७४ निर्वाचनमा जीवनरामले कांग्रेसका स्व नवीन्द्रराज जोशीलाई १३ हजार तीन सय ९७ मत ल्याएर चार सय ४४ को मतान्तरले पराजित गरेको थिए । काठमाडौं ८ का प्रत्याशी श्रेष्ठले यो क्षेत्रको विकासका लागि धार्मिक पर्यटन, सांस्कृतिक पर्यटनमा जोड दिने बताएका छन् । पर्यटनबाट नै स्थानीय जनताको जीवनोस्तर उकास्ने, रोजगारी सिर्जना गर्ने उनको प्रतिवद्धता रहेको छ । उनले भने, ‘यस क्षेत्रमा स्वयम्भु र हनुमानढोका गरी दुइओटा विश्व सम्पदा क्षेत्र भएकाले पर्यटन उद्योगमा समस्या हुन्न पनि ।’ सम्पदा पथपदमार्गलाई आफ्नो जीत पछि अझ व्यवस्थित गरी यो क्षेत्रको बजारीकरण गर्ने उनले बताए ।

राष्ट्रिय खेलकुद परिषदमा विसं २०५३ सालमा पहिलो पटक सदस्य–सचिवका रुपमा नियुक्त भएदेखि उनी राजनीति र खेलकुदमा छाएका थिए । श्रेष्ठ हालको नेपाल ओलम्पिक कमिटीको निर्वाचित अध्यक्ष हुन् ।

एमाले विभाजनसँगै एकीकृत समाजवादीतिर गएका जीवनराम श्रेष्ठ यसपटक सत्तारुढ गठबन्धनका तर्फबाट पुनः सोही क्षेत्रमा चुनावमा उठ्दैछन् । यसपटक सत्तारुढ गठबन्धनको साथ रहेकाले जीवनरामले कांग्रेसको पनि भोट पाउनेछन् ।

उनले भने,‘ काठमाडौँ ८ विशिष्ठ पहिचान बोकेको क्षेत्र हो । यहाँको संस्कृति, यहाँको ऐतिहासिक धरोहर यी सबैको सरंक्षण र सम्बद्र्धन गर्नु आवश्यक छ । मैले यसको विकासको लागि लाग्छु भन्ने दृष्टिकोण अगाडि सारेको छु । यो क्षेत्र ऐतिहासिक धरोहर भएको क्षेत्र हो । यो क्षेत्रलाई एकीकृत विकासको योजनासहित यहाँका सडक, ढल, ,खानेपानी, सडकबत्ती, पर्यावरण र सडक यातायातलाई थप व्यवस्थित बनाउनेदेखि सामाजिक सुरक्षाका कुराहरूलाई अगाडि बढाउँछु ।’

उनले आफ्नो निर्वाचन क्षेत्रभित्र सडक निर्माण, खानेपानी आयोजनाहरु, सांस्कृतिक सम्पदाहरुको पुनर्निर्माण–संरक्षण र विकास, चमती जग्गा एकीकरण आयोजना, मनोरञ्जन पार्कहरु निर्माण, सडक पुल, झोलुङ्गे पुल तथा आकाशे पुलहरु निर्माण तर्फ अधिकांश अघिल्लो चुनावी प्रतिवद्धता पुरा गरेको पनि बताए ।

बाम–लोकतान्त्रिक गठबन्धनको उम्मेदवार समेत रहेका मन्त्री श्रेष्ठले बसन्तपुर–स्वयम्भु– ह्वाइट गुम्बालाई नमूना पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको पनि बताए । विश्वसम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र र स्वयम्भूनाथ चैत्य, जीवित देवी कुमारीलाई राख्ने घर, लाखेघर, पवित्र भूमि सीतापाइला, तलेजु मन्दिर जस्ता सम्पदा र इन्द्रजात्रालगायत विभिन्न जात्रापर्वको प्रचलन रहेको क्षेत्रलाई साँस्कृतिक केन्द्रका रुपमा विकास गर्ने र त्यसको प्रत्यक्ष लाभ स्थानीयबासिन्दाले पाउने व्यवस्था गरिने उनको भनाइ छ। सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउने उनले बताए।

स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गराउने योजना अनुसार आफ्नो क्षेत्रमा स्थानीय पथप्रदर्शक तालिम तथा होमस्टे तालिमलाई अभियानका रुपमा अघि बढाएको उनले बताए ।

तपाइको प्रतिक्रिया
(Visited 161 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

दलहरू सुध्रिएनन् भने राजनीतिक दलहरुप्रति वितृष्णा अझ बढेर जान सक्छ : सीके राउत

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९