रोचक बन्दै रौतहट–३ को निर्वाचन

रौतहट । रौतहटको क्षेत्र नम्बर–३ को निर्वाचन रोचक बन्दै गएको छ । एमाले पार्टीको टिकट गोजीमा राखेर स्वतन्त्रमा उमेदवारी दिएका प्रभु साहलाई नेपाली कांग्रेसका रौतहट जिल्ला सभापति जितेन्द्र यादवले चुनौति दिएका छन् । रौतहट–३ (ख) का प्रदेशसभा सदस्यका उमेदवार समेत रहेका जिल्ला सभापति यादवले प्रतिनिधिसभाको उम्मेदवारमा स्वतन्त्र उमेदवार ओमप्रकाश जयसवाललाई साथसाथै लिएर निर्वाचन प्रचार प्रसार गरिरहेका छन् ।

सत्ता गठबन्धनले प्रभु साहलाई समर्थन गर्ने सहमति गरे पनि यादव अहिले प्रतिनिधिसभाका स्वतन्त्र उम्मेदवार जयसवाललाई लिएर दलबलसहित घरदैलो गरिहेका छन । यो निर्वाचनमा कुनै पनि हालतमा प्रभु साहलाई हराउने अभियानमा रहेको सभापति यादबले बताए । जातको राजतीनिक गर्ने र विकाशको नाममा भ्रष्टचार गर्ने साहलाई यस क्षेत्रका जनताले यस निर्वाचनबाट बिदाइ गर्ने यादबले बताएका छन । साहलाई जनताले राम्रोसँग चिनिसकेको कारण पनि यस निर्वाचनबाट उनको पत्तासाफ हुने सभापति यादवले बताए । यादब २०७० सालको संबिधान सभाको सदस्यमा तत्कालीन क्षेत्र नम्बर ५ बाट बिजयी भएका थिए ।

प्रभु साहलाई प्रदेशसभा उम्मेदवार यादवको चुनौती

स्वतन्त्र उमेदवार जयसवाललाई कांग्रेस सभापति यादबको मात्रै हैन सत्ता गठबन्धनका क प्रदेश सभा सदस्यका उम्मेदवार नेकपा एसका नेता एवं मधेस प्रदेश सरकारका उद्योग, पर्यटन तथा वन राज्यमन्त्री नागेन्द्र यादवको पनि समर्थन रहेको छ । तिनै जना एक साथ संयुक्त ब्यानर बनाएर जनलहर सहित घरदैलो गरिरहेका छन । जबरजस्ती बिचार लादने प्रबृतिका साहको बिदाइ अनिबार्य रहेको राज्यमन्त्री यादबले बताएका छन । यता नेकपा माओबादी केन्द्रका उमेदवार धिरज पटेलपनि चुनाब प्रचार प्रसारलाई ब्यापकता दिएका छन । पार्टीका अध्यक्ष प्रचण्डले प्रभु साहलाई सर्मथन गरेको भएता पनि उनले आफनो उमेदवारी फिर्ता नहुने बताउँदै आएका छन ।

पटेलको पक्षमा माओबादी केन्द्रका पूर्वअध्यक्ष बिन्देश्वर यादब, माओबादी नेता नसरुदिन मिया लगायतको समर्थन पाएका छन । साहको चुनाबी कार्यक्रममा नेकपा माओबादीकी प्रदेश सदस्य देबकी नेपाल, केन्द्रिय सदस्य वहिद अन्सारीले गएर भाषण गर्दै आएका छन ।

तपाइको प्रतिक्रिया
(Visited 113 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

रुपन्देहीमा सत्ता गठबन्धनको क्लिन स्विप, गृहमन्त्रीलाई बोहराले हराए

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९