विश्वकप अघि मानेले चोट बोके

लन्डन । साडियो मानेले चोट बोक्दै मैदान छाडेको खेलमा बायर्न म्युनिखले वेर्डर ब्रेमनालाई ६-१ अन्तरले पराजित गरेको छ । मंगलबार रातिको जितसँगै बायर्नले शीर्षस्थानमा चार अंकको अग्रता बनाएको छ । १४ खेल खेलेको बायर्नको ३१ अंक छ । दोस्रो स्थानको फ्रेइबर्गको १३ खेलबाट २७ अंक छ । 

बायर्नको जितमा सर्जी जिनाब्रीले ह्याट्रिक गरे । यसैगरि, जमल मुस्लाला, लिओन गोरेट्जा, माथिस टलले एक एक गोल गरे । पराजित वेर्डरको लागि एन्थोनी जङले एक गोल गरे ।  खेलको २०औं मिनेटमा मानेले घुँडाको चोट बोकेपछि मैदान छाडेका थिए । उनको स्थानमा लेरोय साने मैदान प्रवेश गरेका थिए । 

माने सम्मिलित सेनेगलले १३ दिनपछि विश्वकपमा पहिलो खेल नेदरल्यान्डस्विरुद्ध खेल्दैछ । मानेको चोटसँगै सेनेगल दवावमा स्वतः पर्ने देखिन्छ । माने दुई पटक अफ्रिकन फुटबल वर्ष खेलाडी बनिसकेका छन् । मानेको उत्कृष्ट प्रदर्शनमा सेनेगलले इजिप्टलाई पराजित गर्दै पहिलो पटक अफ्रिका कपको उपाधि जितेको थियो । 

तपाइको प्रतिक्रिया
(Visited 168 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

भारत–पाकिस्तानलाई हामीले नलड्न सुझाव दियौंः प्रधानमन्त्री ओली

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
याङवरक–३ मा नेकपा एमालेका उम्मेदवार २ मतको अन्तरले बिजयी