मनि, मसल र माफियाधारीलाई हराऔं

यही ४ मंसिरमा हुन गइरहेको प्रतिनिधि र प्रदेशसभाको निर्वाचनले आगामी ५ वर्षका लागि मुलुक र मुलुकवासीको भाग्यको फैसला गर्नेछ । पाँच वर्षको समय विकास र समृद्धिको बहार ल्याउन पर्याप्त समय हो । त्यसैले, ४ मंसिरको दिन विशेष दिन हो । सो विशेष दिनलाई महोत्सवका रूपमा मनाउँदै योग्य, सक्षम, इमानदार र कर्तव्यनिष्ट व्यक्ति छनोट गर्नु सबै नेपाली नागरिकको परम कर्तव्य हो ।

निर्वाचन नजिकिँदै गर्दा विभिन्नखाले फन्डा फालिन थालेका छन् । निर्वाचनलाई आप्mनो पक्षमा पार्न विभिन्न दल र दलका उम्मेदवारले साम, दाम, दण्ड भेदको नीति अख्तियार गर्न सक्छन् । तर, अब आमनागरिकले शपथ खानैपर्ने भएको छ कि यो चुनावमा मनि मसल र माफियाको प्रयोग गर्नेलाई जुनसुकै अवस्थामा पनि हराउनुपर्छ । निर्वाचन आउन अब नौ दिन मात्रै बाँकी छ । यस अवधिमा मतदाताका रूपमा रहेका नागरिकको विवेक खरिद विक्री हुन सक्छ । पैसाको खोलो बग्न सक्छ । यस्ता कृत्य लोकतन्त्रका लागि खतराको घण्टी हो । मनि मसल र माफियाको प्रयोग गरेर चुनाव जित्नेहरूले लोकतान्त्रिक पद्धति र संस्कारलाई राम्ररी आत्मसात् गर्न सक्दैनन् । ठूलो धनराशी खर्चेर निर्वाचन जितेकाहरूले सत्तामा गएपछि जसरी पनि निर्वाचनमा खर्चिएको रकम आर्जन गर्ने सोच राख्दै सोहीअनुसार परिचालित हुने गर्छन् ।

त्यसरी परिचालित हुन थालेपछि ती उम्मेदवारले जनताले दुःख पाएको, बिहान र बेलुकी जनताको चुलो राम्ररी बल्न नसकेको कुरालाई ध्यान दिँदैनन् । आप्mनै व्यक्तिगत स्वार्थमा लागेपछि जनताका सबै समस्या बिर्सने नै भए । पछिल्ला केही वर्षदेखि हाम्रा राजनीति दलका अधिकांश नेतामा यही प्रवृत्ति हाबी भएर आएको छ । जसका कारण अहिले जनतामा दलप्रति केही वितृष्णा जागेको छ । तर, लोकतन्त्रमा दलको विकल्प दलहरू नै हुन् । विकल्प दिने दल आफंै आमूल रूपमा सच्चिन भने सक्नुपर्छ । दल र तिनका नेता सधैं यसरी नै भ्रष्टाचारको दलदलमा फस्दै जाने हो भने उनीहरूकै कारण लोकतान्त्रिक शासन प्रणाली नै संकटमा पर्नसक्ने निश्चित छ । अहिले देशका कतिपय सहरी क्षेत्रमा दलका उम्मेदवारलाई स्वतन्त्रहरूले कडा टक्कर दिन थालेका छन् ।

दल र तिनका नेताहरू सधैं यसरी नै भ्रष्टाचारको दलदलमा फस्दै जाने हो भने उनीहरूकै कारण लोकतान्त्रिक शासन प्रणाली नै संकटमा पर्नसक्ने निश्चित छ

गत स्थानीय तहको निर्वाचनमा ठूला दलका उम्मेदवारलाई पराजित गर्दै बालेन र हर्कहरू जन्मिएको विषय सबैलाई प्रस्ट नै छ । सम्भवतः आगामी ४ मंसिरको चुनावमा पनि केही स्वतन्त्रले बाजी मार्नसक्ने देखिएको छ । स्वतन्त्रहरूले जित्ने अवस्था आउनु भनेको ती स्वतन्त्रको लोकप्रियताले गर्दा भन्दा पनि हिजोका दिनमा दलीय व्यवस्थामा नेताहरूले देखाएको भ्रष्ट शैली, अपारदर्शिता र बेइमानीकै उपज हो । यदि, मतपत्रमा नो भोटको व्यवस्था गरिने हो भने स्वतन्त्रहरूले पाउने भनिएको मत नो भोटमा पर्ने निश्चित थियो तर हामीकहाँ नो भोटसम्बन्धी कानुनी प्रावधान हुन नसक्दा दल र नेताहरूप्रति देखिएको असन्तुष्टिको रिस मतदाताले स्वतन्त्रलाई भोट दिएर पोख्ने प्रवृत्ति बढ्दै जान थालेको छ । स्वतन्त्रहरूले मुलुक चलाउन भने सक्दैनन्, उनीहरूले दल र तिनका नेतालाई खबरदारी गरेर सच्चिन आवश्यक खबरदारी गर्न सक्छन् । त्यसैले पनि केही स्वतन्त्रले जित्नुलाई सकारात्मक रूपमा लिनुपर्छ । यसले दल र तिनका नेतालाई केही सबक सिकाउन र सच्चिन मद्दत पु-याउँछ ।

हामीले विश्वमै उन्नत मानिएको भनिएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था स्थापना गर्न सफल भयौं भनेर गर्व गर्ने गरिएको भए पनि पछिल्लो समयमा निर्वाचनमा हुने अनावश्यक खर्च तथा भड्किलो प्रचारका कारण यो शासन व्यवस्थामाथि छोटो समयमा नै प्र्रश्न चिह्न सिर्जना हुन थालेको छ । यसैगरी, पछिल्ला केही वर्षदेखि शासन व्यवस्था बिचौलिया, माफिया र तस्करहरूको जालोमा पर्न थालेकाले पनि त्यसको असर मुलुकको विकास र समृद्धिमाथि परेको छ । माफियाको जालाले शासकहरूलाई जालोयुक्त बनाएपछि मुलुकले राष्ट्रिय स्वार्थ र जनस्वार्थ अनुकूलको कामै गर्न सक्दैन । अहिले त्यस्तै भएको छ । यसैका कारण चुनावको मुखमा ‘नो नट अगेन’जस्ता अभियान जन्मन थालेका छन् । तर, नो नट अभियान सञ्चालन गर्ने सञ्जालहरू भने शंकास्पद हुनसक्ने सहजै अनुमान लगाउन सकिन्छ । कतै यो अभियान बाह्य पक्षसँग सम्बन्ध राखेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने अभियान त होइन ? भन्ने प्रश्न पनि उठ्न थालेका छन् । दलका नेतालाई हजारांैपटक प्रश्न गर्नुपर्छ, लगातार खबरदारी गर्नुपर्छ तर दलको विकल्प भने किमार्थ पनि खोज्नु हँुदैन ।

निर्वाचनमा राम्रा र असल मान्छे छन् भने तीनचारपटक पनि जिताउनुपर्छ तर बद्मास र खराब आचरणका छन् भने सुरुमै हराउनुपर्छ । स्वतन्त्रबाटै निर्वाचनमा उठेका व्यक्तिहरूको ’boutमा पनि तीनपुस्ते विवरण हेरेर मात्रै भोट दिनुपर्छ । अब सबै जनताले भोट दिनुभन्दा अघि सातपटक सोचेर मात्रै दिनुपर्छ । कतै तपाईं हाम्रो भोट माफिया, बिचौलिया र तस्करका मतियारलाई त गइरहेको छैन ? यस विषयमा अत्यन्तै गम्भीर हुन जरुरी छ । कोही नयाँ व्यक्ति आयो भन्दैमा त्यो पुरानोभन्दा ठिक भन्ने भाष्य कसैले पनि बनाउनु हँुदैन ।

निर्वाचनमा राम्रा र असल मान्छे छन् भने तीनचारपटक पनि जिताउनुपर्छ तर बद्मास र खराब आचरणका छन् भने सुरुमै हराउनुपर्छ । स्वतन्त्रबाटै निर्वाचनमा उठेका व्यक्तिको ’boutमा पनि तीनपुस्ते विवरण हेरेर मात्रै भोट दिनुपर्छ

राजनीतिमा हेरिने भनेको उमेर, लिङ्ग, जात केही होइन, राजनीतिमा अबका दिनमा हेर्नुपर्ने मुख्य विषय भनेकै नैतिकता, इमानदारिता र सदाचारिता हो । यी गुण नभएका व्यक्तिलाई कुनै पनि हालतमा भोट हाल्नु हँुदैन । सबैभन्दा विडम्बनामा हिजोका दिनमा चुनाव जितेर गएकामध्ये अधिकांश नै भ्रष्टाचारको दलदलमा डुब्न पुगे । जसका कारण मुलुकमा चारैतिर विकृति र विसंगति छाउन पुग्यो । आमनागरिकमा निराशा र आक्रोश पैदा भइरहेको छ । हाम्रा राजनीतिक दल र तिनका नेताले हिजोका दिनमा आमजनतासमक्ष गएर जनताको पीरमर्कालाई नजिकबाट हेर्ने र जनताले भोगेका समस्या छिटोभन्दा छिटो समाधान गर्ने काम गर्नै सकेनन् । त्यसैले, जनतामा दल र नेताप्रतिको आशा र भरोसामा निकै कमी आएको हो । त्यसको असर ४ मंसिरको चुनावमा देखिने निश्चित छ ।

अहिले, सरकारमा रहेकाहरूले साम, दाम, दण्ड, भेदको नीति अख्तियार गरेर चुनावलाई आप्mनो पक्षमा पार्ने प्रयास गरिरहेका छन् । सरकारी संयन्त्र र राज्यशक्तिको दुरुपयोग गर्ने कामसमेत भइरहेको छ । उनीहरूबाट नै बढी मात्रामा मनि, मसल र माफियाको प्रयोग हुने खतरा छ । यद्यपि, सत्तारूढबाहेकका अन्य जोसुकैले त्यस्तो कार्य गरे पनि त्यो लोकतन्त्रका लागि ठूलो अपराध हुनेछ । यस्तो अपराध कर्ममा लाग्नेलाई चुनावमा जुनसुकै हालतमा पनि हराउनुपर्छ । किनकि, पैसाको खोलो बगाएर चुनाव जित्नेहरूबाट कहिल्यै पनि विकास, समृद्धि र सुशासनको आशा गर्न सकिँदैन ।

तपाइको प्रतिक्रिया
(Visited 65 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

स्याङ्जा क्षेत्र नं २ बाट धनराज गुरूङ विजयी

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – कार्तिक ३०, २०७९