दार्चुला । दार्चुलामा लोकतान्त्रिक बाम गठबन्धन र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप भएको छ ।
जिल्लाको अपीहिमाल गाउँपालिका—५ ओखलमा झडप हुँदा एमाले तर्फका २ र गठबन्धनका २ गरी ४ जना कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेमा एमालेको तर्फबाट शैल्यशिखर नगरपालिका—९ का २५ वर्षिय सुरेश बादी र मार्मा गाउँपालिका—३का २८ वर्षिय बिरेन्द्र बिष्ट रहेका छन् ।
यस्तै गठबन्धनका तर्फबाट अपीहिमाल गाउँपालिका—६ का २० वर्षिय जहेन्द्र धामी सोही ठाउँका २५ वर्षिय जगत धामी रहेको दार्चुला प्रहरीले जनाएको छ । घाइतेहरुको लटिनाथ अस्पताल मार्मामा प्रचार भइरहेको छ ।
एमाले प्रदेश (ख)का उम्मेदवार रामदत्त जोशीसहितको टोलीलाई गठबन्धनका कार्यकर्ताहरुले अवरोध गर्दा झडप झडप भएको खुल्नमा आएको छ ।
तपाइको प्रतिक्रिया
(Visited 304 times, 1 visits today)