दार्चुलामा एमाले र सत्ता गठबन्धनका कार्यकर्ताबीच झगडा हुँदा २ जना घाइते

दार्चुला । दार्चुलामा सत्ता गठबन्धनका कार्यकर्ता र नेकपा एमालेका कार्यकर्ताहरुबीच झडप हुँदा दुई जना घाइते भएका छन् ।

आइतबार दिउँसो जिल्लाको नौगाड गाउँपालिका–६ खेडामा प्रचारप्रसारमा खटिएका बाम लोकतान्त्रिक गठबन्धनका कार्यकर्ता र एमाले कायर्कर्ताबीच दोहोरो झडप भएको हो ।

झडपमा गठबन्धनका तर्फका नौगाड गाउँपालिका– ६ का ३५ वर्षीय जयभानसिंह धामी र एमाले तर्फका नौगाड गाउँपालिका– ५ का २४ वर्षीय निरे ठगुन्ना घाइते भएका छन् ।

ठगुन्नालाई सामान्य चोटपटक लागेको छ भने जयभानसिंहको टाउकोमा चोट लागेकाले धनगढी रिफर गरिएको छ । उनको टाउकोको सिटिस्क्यानका लागि धनगढी रिफर गरिएको गोकुलेश्वर अस्पतालले जनाएको छ ।

आइतबार एमाले दार्चुलाले नौगाडको जामीरमा गाउँपालिकास्तरीय चुनावी सभाका गरेको थियो । आमसभामा जाने कार्यकर्तालाई रोक्न खोज्दा झडप भएको एमालेको दार्चुलाले जनाएको छ । गठबन्धनका नेताले भने एमाले कार्यकर्ताले आफ्ना कार्यकर्तालाई कुटपिट गरेको बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 331 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
सस्तोमा पानी खुवाउनेलाई भोट