चुनावी घरदैलोमा काठमाडौं ३ का एमाले उम्मेदवार

काठमाडौं । ४ मंसिरमा हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्ना उम्मेदवारलाई जिताउन काठमाडौं क्षेत्र नम्बर ३ का एमाले कार्यकर्ता सक्रियरुपमा लागिरहेका छन् । उनीहरु १७ कात्तिकदेखि दिनहुँजसो निरन्तर मतदाताको घरदैलोमा पुगी सूर्य चिन्हमा मतदान गरी आफ्ना उम्मेदवारलाई जिताउन आग्रह गरिरहेका छन् ।

सो क्षेत्रमा एमालेबाट प्रतिनिधिसभातर्फ कृष्णबहादुर राई र प्रदेशसभातर्फ १ मा चन्द्रमान लामा र २ मा रामेश्वर फुयाँल चुनावी मैदानमा छन् ।

देशभर प्रमुख राजनीतिक दलहरूबीचमै गठबन्धन भए पनि यो क्षेत्रमा कुनै पनि दलबीच गठबन्धन छैन । प्रतिनिधिसभा सदस्यका लागि आठ जना स्वतन्त्रसहित २३ उम्मेदवार छन् । यहाँ नेपाली कांग्रेसका सन्तोष चालिसे प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । राई र चालिसे दुवै एकपटक जनप्रतिनिधि भएर जनताको बीचमा परीक्षण भइसकेका नेता हुन् । राई यही क्षेत्रबाट निर्वाचित निवर्तमान सांसद् हुन् । उनले २०७४ सालको निर्वाचनमा कांग्रेसकी अम्बिका बस्नेतलाई पराजित गरेर विजयको माला पहि¥याएका थिए । त्यसबेला राईले १९ हजार १६९ मत पाउँदा बस्नेतले १४ हजार ८८४ मत ल्याएकी थिइन् । यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको वडा नं ६, कागेश्वरी नगरपालिकाको वडा नं १, २ र ३ तथा गोकर्णेश्वर नगरपालिकाका सबै वडा पर्छन् ।

चुनाव प्रचारका क्रममा एमाले कार्यकर्ताहरुले आफ्नो राम्रो माहोल देखेका छन् । त्यसैले आफ्ना तीनै जना उम्मेदवार विजयी हुनेमा एमाले विश्वस्त देखिन्छ ।

काठमाडौंको यो ३ नम्बर निर्वाचन क्षेत्रबाट प्रदेशसभा १ मा एमालेबाट उम्मेदवार बनेका चन्द्रमान लामा सो क्षेत्रमा कहलिएका समाजसेवी हुन् । बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षसमेत बनिसकेका उनको कार्यकालमा भएका विकास निर्माणका कामले उनलाई विकासप्रेमी व्यक्तिका रुपमा चिनिने गरिन्छ । तीन वर्ष ३ महिना बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष हुँदा उनले विकास निर्माण, संस्कृतिको जगेर्ना, खेलकुद र फोहोर व्यवस्थापनमा उल्लेख्य भूमिका खेलेका थिए । आफ्नो कार्यकालमा विभिन्न गुम्बा निर्माण, क्रियापुत्री भवन र ढल निर्माण र व्यवस्थापन, सडक निर्माण, विपन्न वर्गलाई छात्रवृत्ति, महिला उत्थानका लागि सिपमूलक कार्यक्रम सञ्चालन गरेका थिए ।

यस्तै कोरोना महामारी नियन्त्रणका लागि पनि उनी सक्रिय रुपमा खटेका थिए । यस्तै उनलाई गुठीहरुलाई पनि सक्दो सहयोग गरेका थिए ।

विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको ढल व्यवस्थापनमा उनले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्ष बनेको तीन महिनामै उनले ढलसम्बन्धी समस्या समाधान गरेका थिए ।

आन्तरिक र बाह्य पर्यटकको ओइरो लाग्ने बौद्धनाथ क्षेत्र परिसरमा ढलको ठूलो सहस्या थियो । पानी परेपछि यो क्षेत्रमा पानी जम्थ्यो । पानी निकास हुन नसक्दा हिड्न पनि समस्या हुन्थ्यो । यस्तै ढलको पनि समस्या थियो । अध्यक्षमा मनोनयन भएको तीन महिनामै उनले यो समस्यालाई स्थायीरुपमै समाधान गरेका थिए ।

बाल्यकालदेखि नै खेलकुदमा विशेष चाख राख्ने उनी कराँते खेल मार्फत राष्ट्रलाई स्वर्ण पदक दिलाउन समेत सफल भएका व्यक्ति हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 146 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

म कहाँको नागरिक हुँ र कसलाई प्रश्न गर्नु भएको हो थाहा छैन : रबि लामिछाने

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
रुकुमपश्चिम सानीभेरी-१ मा माओवादी केन्द्रको प्यानल नै विजयी