भक्तपुरमा सवारी दुर्घटना, २६ वर्षीय युवकको मृत्यु

काठमाडौं । भक्तपुरमा मोटरसाइकल ट्यांकरमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार सवा ७ बजे भक्तपुर नगरपालिका-१ नगरकोट मोड जय नेपाल चोकमा दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी राजु पाण्डेले बताए ।

कालोपाटीबाट सल्लाघारी जाँदै गरेको बागमती प्रदेश ०२-०३१ प ७८६२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई विपरीत दिशाबाट आउँदै गरेको बा ४ ख ४२६८ नम्बरको पानी ट्यांकरमा ठोक्किएको थियो ।

मोटरसाइकल चालक मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थली बस्ने २६ वर्षीय राजन दुवारीको साढे ७ बजे मृत्यु भएको डिएसपी पाण्डेले बताए ।

यस्तै मोटरसाइकल पछाडि सवार मध्यपुर ठिमी नगरपालिका-३ बस्ने २३ वर्षीय अनिल साह घाइते छन् । उनको भक्तपुर अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा संलग्न सवारीसाधनहरू प्रहरी र ट्यांकर चालक भक्तपुर नगरपालिका-२ ब्यासी बस्ने २८ वर्षीय प्रविण सुवारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 63 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

राजमार्गमा पर्ने भवन भत्काउदैँ इटहरी उपमहानगरपालिका

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ ४, २०७९
त्रियुगाकाे प्रमुखमा कांग्रेस र उपप्रमुख एमाले विजयी, गाईघाटमा एमालेलाई कांग्रेसकाे टक्कर