टोखाका माओवादी कार्यकर्ता एमालेमा प्रवेश

काठमाडौं । काठमाडौं क्षेत्र ५ गत स्थानीय तह निर्वाचनमा नेकपा माओवादीबाट टोखा नगरप्रमुखका उम्मेदवार राकेश श्रेष्ठसहित दर्जनौं कार्यकर्ता प्रवेश गरेपछि नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको जित सहज बन्दै गएको छ ।

माओवादीका काठमाडौं जिल्ला कमिटी सदस्यसमेत रहेका श्रेष्ठ २८ कार्यकर्तासहित एमालेमा प्रवेश गरेका हुन् । श्रेष्ठलाई सोमबार एक कार्यक्रमबीच एमाले वरिष्ठ उपाध्यक्ष एवं काठमाडौं क्षेत्र ५ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार पोखरेल, निर्वाचन परिचालन कमिटी संयोजक शान्ति अधिकारी, प्रदेशसभा उम्मेदवार दीपक निरौलालगायतले स्वागत गरे ।

‘कांग्रेस–माओवादी गठबन्धन गलत भएकाले विद्रोह गरेको’ श्रेष्ठले बताए । गत स्थानीय तह निर्वाचनमा टोखा नगरपालिका प्रमुखमा उनले तेस्रो स्थान हासिल गरेका थिए ।

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीमा प्रवेश गरेकालाई उचित जिम्मेवारी दिने बताए । एमाले नेतृत्वमा मात्र देश विकास सम्भव रहेको भन्दै उनले देशलाई माया गर्नेलाई एमालेमा समाहित हुन आह्वानसमेत गरे ।

काठमाडौं क्षेत्र ५ मा दैनिक विभिन्न पार्टीबाट एमालेमा प्रवेश लहर चलेको जनाइएको छ । स्थानीय तह निर्वाचनमा काठमाडौं क्षेत्र ५ का १५ मध्ये ११ वटा वडामा एमाले एक्लैले जित हासिल गरेको छ भने बाँकी ४ वडामा अध्यक्षबाहेकका सदस्य जितेको छ ।

तपाइको प्रतिक्रिया
(Visited 271 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

कोशी बाँधमा अनिश्चितकालिन अनसन

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
काठमाडौं महानगरको ८०.२४ प्रतिशत मतगणना सकियो, कसले कति पायो ?