कोरोनापछि नेपथ्यको नयाँ गीत भट्भटे

काठमाडौं । कोरोना कालमा सुस्ताएको नेपालको लोकपप व्यान्ड नेपथ्य बल्ल यतीबेला जुर्मुराएको छ । गत साता दुबईमा कन्सर्ट सम्पन्न गरेको आएको यो व्यान्डले मँसिरको दोश्रो साताबाट पुसको दोश्रो सातासम्म नेपालमा देशव्यापी कन्सर्ट गर्दैछ ।

यही मेसोमा नेपथ्यले नयाँ गीत भट्भटे यतीबेला सार्वजनिक गरेको छ । उन्मुक्त भइ मोटरसाइकल हाँकिरहँदाको अवस्थालाई ‘रोड ट्रिप रक’ भन्दै नेपाथ्यले यो नयाँ गीत ल्याएको हो ।

तीन दसक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बमको कोशेलीको रुपमा भटटट भटटट भट्भटे आयो…गीत ल्याएको हो ।

यो व्यान्डले ६ वर्षअघि कोशीको पानी यो जिन्दगानी गीत दसौं एल्बमको रुपमा ल्याएको थियजो । सो गीतको एउटा गीत गत तिहारअघि सार्वजनिक गरेको थियो । यसरी ६ वर्षपछि भटभटे गीत रेकर्ड गराएर एघारौं एल्बमको पहिलो गीतको रुपमा नेपथ्यलेलाएको छ । एघारौं एल्बममा पनि दसवटा गीत रहने नेपाथ्यले जनाएको छ ।

यो गीतलाई नेपथ्यका लिड भोकलिस्ट अमृत गुरुङले गाएका छन् । उनी कुनै समय स्वयं मोटरसाइकल हाँक्थे । त्यतिबेला उनलाई एकप्रकारको उन्मुक्तता महशुस हुन्थ्यो । खुला आकाश र खुला धर्तीको बीचमै रहेर तीब्र गतिमा अघि बढ्नुले प्रदान गर्ने त्यो सन्तुष्टी थियो । सोही अनुभवलाई अहिले गीतको रुपमा ल्याएको उनको कथन छ ।

यस गीतका रेकर्डिङ इन्जिनियर इमन शाहका अनुसार पाश्चात्य संगीतको परिभाषामा यो गीत ‘क्लासिक रक’ विधा अन्तर्गत पर्छ । गीतको भिडियोमा मोहन पुन मगरको छायाँकन र सम्पादन रहेको छ । नेपथ्यको आधिकारिक यु ट्युब च्यानलमा यो गीतको भिडियो राखिएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 140 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

यस्तो छ– एमडीएमएस खरिद अनियमितताको अन्तरकथा

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
महोत्तरीको बल्वा नगरपालिकामा हवाई फायर