७ लाख घरधुरीमा वर्ल्ड लिङ्कको इन्टरनेट

काठमाडौं । वर्ल्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको इन्टरनेट सेवा जडान गर्ने घरधुरीको संख्या ७ लाख नाघेको छ । देशकै ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनीका रूपमा रहेको वल्र्डलिंकले गत सोमबार राति ९ बजेर १२ मिनेटमा सात लाखको कोसेढुंगा पार गरेको हो ।

३० भदौ २०५२ मा स्थापना भएको वल्र्डलिङले नेपालमा इन्टरनेट सेवा दिन थालेको २७ वर्ष पूरा भइसकेको छ । २०७४ जेठमा एक लाख ग्राहक संख्या पूरा गरेको वल्र्डलिङले त्यसको साढे पाँच वर्षमा थप नयाँ छ लाख ग्राहक थपेको हो । देशभर १५० भन्दा बढी शाखा कार्यालय रहेको वर्ल्डलिङ्कमा हाल पाँच हजार भन्दा बढी कर्मचारी कार्यरत छन् ।

देशका सातै प्रदेशका ७३ जिल्लामा वल्र्डलिङको इन्टरनेट सेवा पुगिसकेको छ । बाँकी रहेका दार्चुला, बैतडी, मनाङ र मुस्ताङमा समेत चाँडै नै आफ्नो सेवा विस्तार गर्ने कम्पनीले जनाएको छ ।

देशको कूल इन्टरनेट ट्राफिक मध्ये ४२ प्रतिशत वल्डलिंकमार्फत जाने गरेको छ । कम्पनीले देशका १४ हजारभन्दा बढी स्थानमा वाईफाई एक्सप्रेसमार्फत फ्रि वाईफाई समेत उपलब्ध गराइरहेको छ ।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार एउटा इन्टरनेट कनेक्सन औसतमा ४.३ प्रयोगकर्ताले प्रयोग गर्ने गरेका छन् । त्यस आधारमा नेपालमा वल्र्डलिङको इन्टरनेट सेवा प्रयोग गर्ने ग्राहकको संख्या ३० लाख २४ हजारभन्दा बढी रहेको देखिन्छ ।

तपाइको प्रतिक्रिया
(Visited 108 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

चुडामणि शर्माविरुद्ध ११ अर्ब हिनामिनाको मुद्दामा साक्षी झिकाउन आदेश

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – माघ २०, २०७९
सर्लाहीकाे बसवरीयामा जसपाको खाता खुल्यो, अध्यक्षमा राम सिहासन निर्वाचित